धक्का


कुनै सम्बन्धको मिठास नै यस्तै हुन्छ,
जस्लाइ आँफु भन्दा पनि बढि माया गरिन्छ,
तर आफ्नो भन्ने हक हुँदैन ।

कतैबाट एक्कासी धक्का आयो, म झसंग भइ सडकपेटीबाट बाटोमा झरेँ । गाडीहरु जोर विजोर गरी चल्ने भएकाले यात्रुहरुको निकै ठुलो भिड थियो । म पनि त्यसै भिडमा सडकको पेटिमा गाडीको प्रतिक्षामा थिएँ । सयौँ जनाको भिडमा पनि आँफुलाइ एक्लै अनुभुति भइरहेको थियो । कसैको बारेमा सोच्दै थिएँ जो महिनौ भइसकेको थियो भेटघाट नभएको अनि बोलचाल पनि नभएको । सामान्य फेसवुकको कुराले गर्दा बोलिचालीमा विप्लब बा लागेको थियो ।

घण्टौँ कुरा गर्ने, अनि सवै कुरा शेयर गर्ने मान्छेको आजभोली अत्तो पत्तो नहुँदा केहि कुरा हराएको अनुभुति भने भइनै रहने रहेछ ।

धक्का लाग्ना मेरो मुखबाट अकस्मात आँखा देख्दैनस भन्ने शब्द निस्क्यो । म उति बेलै पछाडी फर्किएँ । धक्का उसैको थियो जस्को बारेमा सोचेर म टोलाइ रहेको थिएँ । उ एकोहोरो मलाइ हेर्दै हिँड्यो तर उसका पाइला भने रोकिएनन् । म निश्चित थिएँ उस्ले मलाइ चिनेरै धक्का दिएको हो । मलाइ अघिको धक्का भन्दा उसको त्यो ब्यवहारको धक्काले बढि असर गरेको थियो ।

म अकस्मात तर्सिएँ । दिमाख एकाएक कुराहरु खेल्न थाले । के मैले गल्ती गरेँ ? के मैले केहि नभन्नु पर्ने कुरा भनेँ ? उसंग सरी भन्न नपाउँदै उ हिड्यो, खास मैले गर्नु पर्ने कुरा चाहीँ के हो ? उ मसंग जानिजानी ठोकियो कि अन्जानमा ठोकियो ? के उस्ले गल्ती गर्यो ? एकछिन बोलेर गएको भए पनि उस्को के नै जाने थियो र ?

के उस्लाइ बोल्न मन थियो ? कि थिएन ? यदि नबोल्नु थियो त मलाइ धक्का दिनु आवस्यक थियो ? फेरी बोल्न मन भएको भए बोल्नु पर्ने, के त्यो धक्कामा माया थियो ? जे होस उस्को धक्का मलाइ प्यारो लागेको थियो । लामो समय पछि भएपनि एक पटक उस्को मुहार देख्दा उर्जा उत्पन्न भएको अनुभुति गरेको थिएँ ।

अजिव माया
अजिव मन

https://sabdafulbari.blogspot.com/2018/12/blog-post.html

Loading comments...