यस्तो छ बलात्कारी पादरी र ननको मुद्धाको भित्री कथा


भारतको क्याथोलीक चर्चहरु भित्रको बलात्कारका मुद्धाले अहिले भारतमा ठूलै हलचल निमत्याएको छ । छिमेकी राष्ट्र नेपाल पनि बिदेशी धर्म र संस्कारको यो दौडमा निकै अघि पुगिसकेको छ, कतै हाम्रा नेपालको चर्चका भित्ताहरु भित्र पनि यस्तै धेरै घटनाहरु घटेका या घट्ने त छैनन ? भगवानका प्रतिमुर्ति बनेर आशनमा बस्ने धर्मगुरुहरु अहिलेको समयमा निकै बिवादमा तानिँदै गएका छन् । आँखा चिम्लेर मान्छे पछ्याउने या बिचार अनि ब्यशहारलाई आत्मसाथ गर्ने लगायत धर्मका धेरै आयामहरु आज प्रश्नको चौघेरो भित्र आएका छन् ।
आज भारतकै केसमा केन्द्रित हुन चाह्यौं ।

भारतको कोचीमा बिशोप फ्रान्सको मुलकल आफ्नो चर्चका सदस्य डार्लीका छोराको प्रथम कम्यूनियन वर्षगाँठ भव्य कार्यक्रमका बिच आयोजना गर्ने तरखरमा थिए । कम्यूनियन भनेंको ईसाई धर्ममा होली वाइन र रोटी खुवाएर रोटीलाई जिससको हाड र मासु अनि वाइनलाई रगतको प्रतिबिम्ब मानी जिससको आस्था आत्मसाथ गर्ने औपचारीक कार्यक्रम हो ।

डार्लीले यस कार्यक्रममा एकजना नन (अर्थात चर्चकी सेविका जसलाई सामान्य भाषामा सिस्टर पनि भन्दछौं जो अबिवाहित र सेवामा आजिवन समर्पित मानिन्छन ) लाई आँखाभरि आँशु लिएर रोएको देखिन् । डार्लीले त्यो आँशुलाई खुशीको आँशु र भक्तिको प्रतिक मानिन तर पछि त्यस आँशु पछाडिको रहस्य सबै छताछुल्ल भयो ।

यस धर्ममा एउटा शब्द छ, समोन अर्थात एकजना धार्मिक अगुवाले आफ्ना सदस्यहरुलाई र अनुयायीलाई जिससको आदेश प्रतिनिधित्व गर्दे आज्ञा दिन सक्दछन्, आदेश दिन सक्दछन् । यसै गरि त्यहाँका बिशोप अर्थात बिशिष्ट पादरी मुलाकलले ति ननलाई आफ्नो क्वाटरमा बोलाएर अर्थात समोन गरेर प्रभुको आदेश पालन गर्नुपर्ने आदेशका साथ बलात्कार गरेका रहेछन । डार्ली जसले आफ्नो छोराको कम्यूनियन त्यो चर्चमा बिनम्रता र सहृदय गरेकि थिइन उनले ननको दिदिबाट पादरीमथिको यो आरोप सुनेपछि छाँगावाट खसे झैं भइन् । अहिले चर्चभित्रका यस्ता हजारौं विश्वब्यापी घटनाहरु सुनेर विश्व समुदाय उदेकमा छ । शताव्दीदेखि कतिजना समोन गरिए अनि चर्चका भित्ताले के के भक्ति र प्रताडना देखे, लेखाजोखा कसैसंग छैन ।

भारतको यहि चर्चको केसमा पनि वर्षौदेखि अन्य ननहरुसंग आफ्नो पीडा पोख्दा सम्म पनि अरु ननहरु पादरीको भक्तिलाई प्रश्न गर्ने साहस र मतमा नआएको पीडित ननकी दिदि बताँउदछिन् । एकवर्षमा ति नन ५४ वर्षका बिशोपबाट १३ पटक समोन भइन, १३ पटक बलात्कृत भइन । यता डार्ली पनि पहिले पादरीलाई भगवानको स्वरुपमा हेर्ने तर अहिले आएर आफूलाई कम्यूनियनमाथि नै शंका लाग्न थालेको बताँउदछिन् । यस हिसाबमा मैले मेरो सानो छोरालाई धर्म र चर्चका बारेमा के सिकाउने ? उन्को प्रश्न छ ।

विश्वव्यापी धर्मको आकलन गरौं जहाँ अमेरिका र यूरोपहरुमा चर्चभित्र मान्छेहरुको उपस्थिती र आस्था दिनानुदिन घट्दो देखिन्छ । यस अवस्थामा धर्मावलम्बीको सख्याँ बढाउन भ्याक्टीकनले बिकासोन्मुख देशहरुमा धर्मपरिवर्तनलाई आधार बनाएर धर्मावलम्बीको सख्याँ बढाइरहेको देखिन्छ । नेपालमा पनि निकै परियोजनाहरु धर्मको बिस्तारका लागि ४० सौं वर्षअघिबाट शुरु भएको देखिन्छ । प्रजातन्त्र, स्वास्थ, सरसफाई, एचआईभी लगायत बिभिन्न नाममा आएका रकमले गरिबी र सिमान्तकृत वृतभित्र रहेका मान्छेलाई धर्मको उपहार दिइरहेको छ ।

पछिल्लो समय होलीवाइन काण्डमा सिद्धहस्त राजनितिज्ञ र सरकारनै मुछिएपछि नेपाली सत्ता र प्रतिपक्षहरुको पनि धर्मको ब्यापारमा भएको चाख र फाइदाको राम्रै लख काटिएको छ । भारतमा नै भर्खरै केरलाको पथनामटिठा भन्ने ठाँउबाट ४ जना पादरीहरु पक्राउ परेका छन् । उनीहरुको यौनअपराध पुष्टि नै भइसकेको छ । हामी धर्मको बिरोध गर्दैनौं तर धर्मको नाममा हुने अपराध र प्रताडनाको बिरोधमा कडा उभिन्छौं । विश्वभर अब प्रश्न उडिरहेको छ कि के अबच र्चहरुको संरचना परिवर्तन गर्ने हो त ?

लाइभमाण्डु


Loading comments...