नेपालीलाई अपमान गर्ने भारतीय सांसदको अर्को ट्वीट, गाली गर्नेलाई भनिन् ‘नक्कली नेपाली’
भारतको आम आदमी पार्टीकी सांसद अल्का लाम्बाले नेपालीलाई अपमानित गर्दै ट्वीट गरेपछि आज बिहानैदेखि उनको आलोचना भइरहेको छ । यही बीचमा उनले अर्को ट्वीट गरेकी छिन् । उनले नयाँ ट्वीटमा आफ्नो आलोचना गर्नेलाई ‘नक्कली नेपाली’ भनेकी छिन् ।
नयाँ ट्वीटमा उनल लेखेकी छिन् – ‘हाम्रो देशको प्रधानमन्त्रीले जबदेखि आफूलाई चौकीदार भन्न थाले त्यसपछि नेपालीहरुलाई चौकीदार शब्द गाली लाग्न थालेको छ । जबकि चौकीदार शब्दमा एउटा विश्वास भरोसा लुकेको छ । त्यसै कसैले आफ्नो सबथोक कसैलाई सुम्पेर चैनले निदाउँछ । नक्कली नेपाली मात्र भक्तजस्तो भाषा बोल्न सक्छन् । चिन्ता छैन ।’
हमारे देश का प्रधानमंत्री जब से खुद को चौकीदार कहने लगा है,तब से नेपाल के लोगों को चौकीदार शब्द गाली लगने लगा है,जब कि चौकीदार शब्द में एक विश्वास-भरोसा छुपा है,यूँ ही नही कोई अपना सब कुछ किसी को सौप पर चैन से सोता है,
फ़र्जी नेपाली ही भक्तों वाली भाषा बोल सकते हैं।
चिंता नही:). https://t.co/Cvs21BkuEp— Alka Lamba (@LambaAlka) March 12, 2019
यस अघि उनले नेपाललाई अप्रत्यक्षरुपमा चौकीदारहरुको देश भनी पेचीलो ट्वीट गरेकी छिन् । प्रधानमन्त्री छान्न संवेदनशील बनौं तर चौकीदार त नेपालबाट पनि मगाउन सकिन्छ भन्ने उनको ट्वीट अहिले विवादमा परेको छ । सरसरती हेर्दा उनी नरेन्द्र मोदीलाई चौकीदारको हिसाबमा व्यगं गर्न चाहन्थिन तर नेपालको सार्वभौमीकतामा उनको ट्वीटले एउटा पेच भनें हानेको छ ।
प्रिय #भारतवासियों
“कृप्या इस बार #प्रधानमंत्री चुनियेगा,#चौकीदार तो #नेपाल से भी मंगवा सकते हैं”.नेपाल के #चौकीदार #चोर नही होते ;).#LokSabhaElections2019
— Alka Lamba (@LambaAlka) March 12, 2019
उनले यस्तो ट्वीट गरेपछि सामाजिक सञ्जालमा उनको व्यापक आलोचना भइरहेको छ । भारतीय कँग्रेसकी नेतृ रहेकी लाम्बाले पार्टी परित्याग गर्दै सन् २०१३ मा आम आदमी पार्टीमा आबद्ध भएकी थिइन् । उनी दिल्लीको चाँदनी चोकबाट सांसद पदमा निर्वाचित भएकी थिइन् । उनी गो इन्डिया फाउन्डेसन नामक गैरसरकारी संस्थाकी अध्यक्ष पनि हुन् ।