रोपाँईको मेलो


धान रोप्दै अनि खेतालाहरुको लस्करै गीत अनि भाकाहरुले पसिना र पीडा बिर्साउदथें तर आजभोली सुस्तरि रोपाईंंका भाकाहरु हराँउदैगएका छन् । नेपाली रोपाईहरु बास्तवमा अरबका मरुभुमीमा हुन थालेका छन् । चामलका साटो पैसो फल्दछन र रेमिट्यान्सका भकारीहरुमार्फतभित्रीन्छ भन्नेपनि सुनिन्छ । जे होस् जसो होस् असारका भाकाहरु अनि रोपाईंका सारहरु आज हामीले लाइभमाण्डु मार्फत केही शब्दले व्याख्या गर्न जादैछौं ।

धेरै अगाडी जब नेपाली शाषनको बागडोर सिंहदरबार र नाराहनहिटीमा नभई हनुमान ढोकामा थियो तब देखि चलेको एउटा भाका, जुननेपालले भुल्न हुँदैन त्यसलाई धेरैपछि नेपालीजनको समक्ष प्रस्तुत गर्न चाह्यौं ।

हनुमान ढोका उघारी हेर्दा लागेछ असार
न जिब्रो तितो न थुतुनो टर्रो, गुलियो कसार

स्मरण रहोस् नेपाली जीवनशैलीमा चामललाई भुटेर अनि पागमा डुबाएर बनाएको कसारको महत्व हरेक शुभकार्यसँग छ । रोपाईमारोपेको धान लाई चामल बनाएपछि मात्र कसार हुने भएकाले कसारको उल्लेख रोपांईमै गरिएको हुन सक्छ ।
हनुमान ढोकाका शाषकलाई पनि समावेश गरिएको यो भाका आँउदा पुस्ताले बिर्सन हुँदैन ।

चामल त पाक्यो गुदुमा गुदु

तिउन त लसुन
गरीबको घरमा के खानु छ र ?
बात मारी बसुँ न

चामलकै ब्याख्या र गरिबी जोडेको यो भाका अधिकांश रुपमा दोहोरीमा पनि प्रयोग गरिन्छ । बात पनि भात जत्तिकै मिठो हुन्छभनिएको यो भाका पनि रोपांईमा सुनिन्छ है ।

रोपेर धान गएर खाँउला दुधिलो मकै खीर
मानो रापेर उब्जाउँला मुरी, केलाई लिन्छनै पीर

यो भाका पनि आशलाग्दो छ । दुधिलो मकै र खीरलाई उब्जनीसँग जोडीएको यो भाका पनि स्मरणीय छ ।
बास्तवमै रोपांईमा खाने खाजाहरु पनि उत्तिकै महत्वपूर्ण हुन्छन् । छाता या घुमराडी ओढेर खेतको आलीमा खाइने खाजालाई तराईमाभनें जलख्वाई पनि भनिन्छ ।

श्रावण ले टेक्ने बेला हुन थालीसक्यो । छिटै रोपाँई सकियोस् ।
बर्षभरि खाने र पाल्ने धान लागोस् । हामीसबै नेपालीलाई शुभकामना

सुयोग ढकाल


Loading comments...