Lifestyle Portal
  •   ५ असार २०७८, शनिबार

कुलेखानीको जलाशय भरिँदै, सतर्क रहन आग्रह

३० असार २०७६, सोमबार १७:०७

लामाे वर्षाका कारण कुलेखानी जलविद्युत आयाेजनाकाे जलाशयको भरिने अवस्थामा पुगेको छ । साेमबार बिहान जलाशयमा पानीको सतह १ हजार ५२५ दशमलव ५७ सेन्टिमिटर पुगेकाे छ । थाहा नगरपालिका क्षेत्रमा धेरै वर्षा भएका कारण आइतबार राति एक्कासी ५ मिटर पानीको सहत बढेको हाे ।

बिधुत प्राधिकारणले सोमबार सूचना जारी गरेर ड्याम खोल्ने तयारीमा रहेकले तल्लाे तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित रहन जानकारी दिएको छ । पानी खपत गर्नका लागि अहिले कुलेखानीका दुईवटै आयोजना संचालन ल्याइएको छ । दुईवर्ष यता कुलेखानीमा पानी भरिएको थिएन ।

जलाशयको क्षमता १ हजार ५ सय ३० मिटर हो । तर, २०७२ को भूकम्पले ड्याम चर्किएको कारणले गर्दा १ हजार ५ सय २७ मिटर मात्रै संकलन गर्ने सुझाव दिएको छ । अहिले प्रतिघण्टा ६० सेन्टिमिटरले पानी थपिदै गएको आयाेजनाले जनाएकाे छ ।

 

प्रतिक्रिया दिनुहोस !
Loading comments...
सम्बन्धित खबरहरु

काठमाडौं । १६ औँ संस्करणको युरोकप फुटबलमा क्रोएसियाले बराबरी खेलेको छ । प्रतियोगिता अन्तर्गत दोस्रो खेलमा क्रोएसियाले चेक रिपब्लिकसँग बराबरी

काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हजार ११८ जना कोरोना संक्रमितको देशका विभिन्न आईसीयू र भेन्टिलेटरमा उपचार भइरहेको छ ।

काठमाडौं । नेपाली कांग्रेसले १४ औँ महाधिवेशन भाद्र १६ गतेदेखि १९ गतेसम्म गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको कांग्रेस

काठमाडौँ– पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै ‍३१ देखि ४० वर्ष उमेर समूहका व्यक्तिहरुमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।