Lifestyle Portal
  •   १९ चैत्र २०७९, आईतवार

अमेरिकामा एउटा नेपाली साँझ

३१ असार २०७६, मंगलवार १६:४३


अमेरिकामा रहेका नेपालीहरु पर्यटन अनि कला साहित्यमा बिशेष चाख राख्दछन्, पर्यटनमा बिशेष चाह अनि संरक्षण संवर्धनमा अमेरिकामा नेपाली परराष्ट्र कार्यलय अनि गैरआवासीय नेपालीहरुको अर्थपूर्ण सहभागिता र नेतृत्वमा बिभिन्न कार्यक्रमहरु भइरहेका हुन्छन् ।

नेपाल पर्यटन वोर्ड, नेपालीज अमेरिकन फाउण्डेशन र न्यू योर्क यो जनरल काउन्सलेटको संयुक्त आयोजनामा अमेरिका न्यू योर्क मा एउटा अद्भूत नेपाली साँझ आयोजना भएको छ । नेपालीज अमेरिकन फेस्टीवल कन्फरेन्सको चौंथो श्रृखलाको रुपमा नेपाली पर्यटन, कला र परम्पराको प्रदर्शनी गरिएको उक्त कार्यक्रममा अमेरिकी समाज र नेपाली गैरआवासीय संगठन लगायत अन्य बैदेशिक कुटनितिक पदाधिकारीहरुको पनि उपस्थिती रहेको थियो ।

अमेरिकी मेट्रोपोलिटन म्यूजियम अफ आर्टका क्युरेटर जोन गाई, हार्वड विश्वविधालयका प्राध्यापक माइकल विटजार्ड लगायत पाटाका न्यूयोर्क च्याटपर प्रमुख एलिजावेथ चिन, पर्यटन वोर्डका सिनियर अफिसर दिवाकर बिक्रम राना, नेपाली काउन्सलर पुष्प राज भटराई अनि रिमोट ल्याण्डसकी संस्थापीका क्याथरिन हेयल्डसको पनि प्यानलिस्टका रुपमा उपस्थिती रहेको थियो । प्रमुख अतिथिका रुपमा नेपाल सरकारका शिक्षा मन्त्री गिरिराज मनी पोखरेलको उपस्थिती रहेको थियो भनें पर्यटन वोर्डका दिवाकर बिक्रम रानाको पनि बिषयगत प्रस्तुति रहेको थियो ।

नेपाली खानाको परिकारका साथ कार्यक्रममा नेपाली मौलिक संगीत पनि बजाइएको थियो । न्यूयोर्क टाइम्स, फोर्बस लगायतका विश्वस्तरिय पत्रिकाहरुको संवाददाताको उपस्थितिमा भएको यस कार्यक्रमको संयोजन भनें अमित पी शाहले गरेका थिए । कार्यक्रममा मिस नेपाल अमेरिका दिलासा न्यौपानेको पनि उपस्थिती रहेको थियो ।

लाइभमाण्डु

उक्त कार्यक्रमको नेपालको तर्फबाट संयोजन भनें अमित उपाध्यायले गर्नुभएको हो ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले वाग्मती सभ्यताको जगेर्ना गर्ने काम पहिलो प्राथमिकतामा हुनुपर्ने बताएका छन् । बुधबारबाट सुरु

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकारको आर्थिक सहयोगमा काठमाडौंस्थित मदन भण्डारी स्मृति कलेजका लागि निर्मित कलेज भवनको आज

काठमाडौं– सडकपेटी नै कब्जा गरेर सञ्चालन गरिएका वर्कसपलाई काठमाडौं महानगरपालिकाले कारबाही गरेको छ। बुधबार महानगरले बिजुली बजारको आर्क ब्रिजबाट देब्रेतर्फ

मिति २०७९।११।०१ गते अं.१६;५० बजेको समयमा काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं.१६ माछापोखरी चोक स्थितमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन,