Lifestyle Portal
  •   २३ जेष्ठ २०८०, मंगलवार

खण्डग्रास चन्द्रग्रहण के हो?

३१ असार २०७६, मंगलवार २२:०८


नेएसो, काठमाण्डौ अषाढ, ३१ । भोलि मंगलबार अर्थात आज मध्यराति, गुरुपुर्णिमाको राति १:४६ बजे देखि करिब २ घण्टा ५८ मिनेट सम्म खण्डग्रास चन्द्रग्रहण लाग्दैछ । मौसमले साथ दिएमा उक्त समयमा नेपालका सबै भागबाट पृथ्वीको साधन छाँया चन्द्रमामा आंशिक रुपमा परी ग्रहण लागेको देख्न सकिनेछ।

अंग्रेजी क्यालेण्डर अनुसार यो ग्रहण जुलाई १७ तारिक बिहान र नेपाली क्यालेण्डर अनुसार श्रावण १ गते मध्य रातमा पर्छ । नेपाली क्यालेण्डर अनुसार सुर्योदय देखि सुर्योदयसम्मको समयलाई एक दिन गणना गर्ने र अंग्रेजी क्यालेण्डरले मध्यरात देखि मध्यरातसम्मको समयलाई एक दिन गणना गर्ने भएको हुँदा यस्तो भएको हो।

ग्रहण सम्बन्धि महत्वपुर्ण समयः
खण्डग्रास ग्रहण सुरुः राति ०१ः४६
मध्य खण्डग्रास ग्रहणः राति ०३ः१५
खण्डग्रास ग्रहणः राति ०४ः४४

चन्द्रग्रहण अवलोकन गर्न चाहनेहरुले निर्धक्क भएर आफ्नो घर वा घर छेउमा रहेको खुल्ला चौरबाटै नाङ्गो आखाले चन्द्रग्रहण अवलोकन गर्न सक्नेछन् । वैज्ञानिक मूल्य र मान्यता अनुसार चन्द्रग्रहण हेर्दा कुनै हानी नोक्सानी नगर्ने कुरा यहाँहरु सबैमा जानकारी गराउन चाहन्छौं ।

मंगलबार राति १ बजेर ४६ मिनेटमा सुरु हुने खण्डग्रास ग्रहणले चन्द्रमालाई ढाक्दै जाने क्रममा राति ३ बजेर १५ मिनेट जाँदा अत्यधिक ढाक्नेछ। यदि पुरै ढाक्ने भएको भए यसलाई खण्डग्रास नभनेर खग्रास भनिन्थ्यो। अवलोकनकर्ताले १ बजेर ४६ मिनेट देखि २ घण्टा ५८ मिनेट सम्म अर्थात् ४ बजेर ४४ मिनेट सम्म चन्द्रमाको केहि भागलाई तामा रंगमा देख्न सक्नुहुनेछ। यस अवधिलाई नै खण्डग्रास भनिन्छ।

ग्रहण सम्बन्धि थप जानकारी चाहिएमा मोबाइल नम्बर ९८४३७०८२४८ (कार्यालय) वा ९८१८७३४३२६ (व्यक्तिगत) मा सम्पर्क गर्न सक्नुहुन्छ । नेपाल एस्ट्रोनोमिकल सोसाइटीका अध्यक्ष सुरेश भट्टराईद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

अथवा पुरानो बानेश्वर, काठमाण्डौमा अवस्थित नेपाल एस्ट्रोनोमिकल सोसाइटीको आधिकारीक इमेल ठेगाना [email protected] अथवा वेबसाईटः www.nepalastronomicalsociety.org मार्फत् पनि जानकारी प्राप्त गर्नसक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाण्डौ । काठमाण्डौमा गत आइतबार सम्पन्न भारतको प्रतिष्ठित ‘क्याप्टिभेटिङ क्रिएसन अवार्ड २०२३’को छैठौं संस्करणमा वरिष्ठ कलाकार हरिवंश आचार्य, विशिष्ट संगीतकार

‘मेरो गाउँ, मेरो ठाउँ’ भिडियो च्यालेन्ज २०२३ का लागि विभिन्न दस विधामा ७० वटा वृत्तचित्र मनोनयन भएका छन् । देशैभरबाट

सोलुखुम्बु — नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले सोलुखुम्बुमा ध्यान केन्द्र र गुम्बाको शिलान्यास गर्नुभएको छ। बुद्ध जयन्तीका अवसरमा राजदूत

जारी फिल्म सुखद रुपमा चलिरहेको छ । हिजो छोरीको स्कुल जानु पर्ने थियो ब्यस्तताले जान पाईन । नानीको आमालाई छोरीसँग