चन्द्रमा! युवा वैज्ञानिकलाई आउने तीन प्रश्न


यो हप्ता मलाई सामाजिक संजाल, ईमेल र फोनमार्फत् धेरैले सोध्नुभयो:
१) चन्द्रमामा नेपाली वैज्ञानिक कहिले हिड्नेछन्?
२) चन्द्रमामा अहिले सम्म कुन कुन देश पुगे?
३) चन्द्रमाबाट कसरी फर्किए? आदि।

यी सबै प्रश्नहरु चन्द्रावतरणको स्वर्णजयन्तीमा अवसरमा संसारभर (नेपाल लगायत १२७ देशमा) भईरहेका गतिविधिहरूको प्रभावले सथहमा आएका प्रश्न थिए। यो सार्वजनिक चासोको विषय भन्ने मेरो बुझाईमा यता फूरी एकपटक सबैले देख्नेगरी लेख्ने प्रयत्न गर्दैछु।

अब उत्तरतिर लागौं
१) चन्द्रमामा नेपाली वैज्ञानिक कहिले हिड्नेछन्?
चन्द्रभुमिमा हालसम्म १२ जनाले पाईला टेकेको प्रमाण भेटिन्छ। ती प्रमाण विभिन्न स्वरुपमा छन् जस्तै फोटो, भिडियो, रेडियो कुराकानी (अन्तरिक्षयात्री तथा पृथ्वीमा भएका मिसन कन्ट्रोलबिचका संवाद्) अनि चन्द्रमाबाट ल्याईएका त्यहाँका चट्टान/माटो। ती १२ जना मध्ये १ जना मात्र वैज्ञानिक थिए, अन्तरिक्षयात्री ह्यारिसन स्मिथ। उनी क्यालिफोर्निया ईन्टिच्युट अफ टेक्नोलोजीका भुगर्भशास्त्र/भुगर्भविज्ञान (Geology) का प्राध्यापक थिए। यस अर्थमा नेपालको दौड लामो छ तर असम्भव भने होईन। सबै लागिपरे हाम्रै जीवनकाल वा आउँदो पुस्ताहरुसम्म त पक्कै पुगिएला। तर लागि नपर्ने तर आफ्नै जीवनकालमै चाहिने भए भन्न सकिएन। ज्ञान/विज्ञान एकै पुस्तामा पूर्णहुने र प्रतिफल टाईहाल्ने कुरा होईन। यो त भण्डारण हुने र एक पुस्ताबाट अर्को पुस्तामा सहि तरिकाले हस्तान्तरण हुदैं जाँदा नतिजा दिने कुरा हुन्। विज्ञान आफैमा एउटा संस्कृति हो। संस्कृति २-३ पुस्तामै परिपक्व हुने कुरा नि होईन, यसलाई समय लाग्छ। उद्देश्य त महाकवि देवकोटाले दिस्कनुभएकै हो बाँकी गृहकार्य त्यही स्तरमा हुन नसक्या मात्रै हो। त्यसैले नेपाली चन्द्रमामा एक दिन हिड्नेछन् तर म त्यो दृश्य हेर्न तपाईँ हामी त्यो दृश्य हेर्न रहौंला नरहौंला त्यो भविश्यकै गर्भमा रह्यो।

२) चन्द्रमामा अहिले सम्म कुन कुन देश पुगे?
चन्द्रमामा हालसम्म अमेरिकी अन्तरिक्षयात्रीहरु मात्रै पुग्न सके। माथीको उत्तरमा भनिएका १२ जना अन्तरिक्षयात्रीहरु सन् १९६९-१९७२ मा चन्द्रमा हिडडुल गरेका थिए अनि विभिन्न वैज्ञानिक परिक्षणहरु गरेका थिए।

१) चन्द्रमाबाट कसरी फर्किए?
संभवत: यो प्रस्नले गर्दा मानिसहरु चन्द्रावतरणको कुरालाई मिथ्या भन्न/मान्न प्रेरित भएका छन्। नेपालमा मात्र होईन संसारभर अमेरिका लगायत देशमा। यो जान्नको लागि रकेट टेक्नोलोजी/ईन्जिनियरिङ्ग बुझ्नुपर्ने हुन्छ। भौतिकविज्ञान त झन नजानी हुँदै भएन। न्युटनका नियम, चाप, कार्य, उर्जा जस्ता भौतिक वैज्ञानिक सिद्धान्तहरुलाई बुझ्नुभन्दा रटेर परिक्षा पास गर्दै अध्ययनमा अब्बल कहलिएका विद्यार्थी, उच्चशिक्षा हासिल गरेका व्यक्तित्व वा प्राध्यापक नै किन नहुन्, चन्द्रावतरणको प्रसंगमा स्कुले पाठ्यपुस्तकमा नै भएका केही भौतिकविज्ञानका सिद्धान्तद्वारा बुझ्न सहज कुरा मनन नगरी प्रस्न सोधे कुनै आश्चर्य नगर्दा हुन्छ। यानका केही नियम छन् उडान भर्दा ती नियमहरु पुरा गरेरै चन्द्रमामा विचरण गरी ती अन्तरिक्षयात्रीहरु पृथ्वी फर्किएका हुन्।

यदि तपाईँ आफ्नो खगोल विज्ञान तथा अन्तरिक्ष विज्ञान संम्बन्धि जानकारीको भारीलाई गह्रौ बनाउन चाहनुहुन्छ भने www.youtube.com/NASONepal मा रहेका भिडियो हरु हेर्न सक्नुहुन्छ। विकास अरूको खोंट औंल्याएर होईन, स्वयंको सबलीकरणबाट संभव छ। धन्यवाद्!


सुरेश भट्टराई
अध्यक्ष
नेपाल एस्ट्रोनोमिकल सोसाइटी


Loading comments...