Lifestyle Portal
  •   ८ चैत्र २०७९, बुधबार

कलेजको मनपरी !

३ भाद्र २०७६, मंगलवार १७:००

लोकप्रिय

सुरुमा चै हाम्रो कलेज यस्तो छ, उस्तो छ भन्दै भर्ना लिन्छ । अनि सुरु हुन्छ विद्यार्थी लुट्ने काम !

सुरुमै College Dress को सेट भन्दै १० हजार रुपैया लिन्छ । अनि सेटमा चै दुइटा सर्ट, दुइटा पाइन्ट, कोट र हाफ स्विटर हुन्छ, जुन बाहिर बनाउने हो भने ४ हजार नि पर्दैन !

पहिलो दुई चार हप्ता राम्ररी पढाइ नि हुन्छ । दुई हप्ता पढाएर test लिन्छ । तर अर्को पटक चै test लिदैन । सोच्दा हुन किन दुख गर्नु र ?

Pactical File कलेजले नै छाप्छ अनि किन्न लगाउछ, बाहिर १०० रुपैयाँ नपर्ने Practical file लाई कलेज Fee मा एउटा फाइलको ४०० रुपैयाँ जोडेर पठाउछ ।

अनि त्यसपछी First Terminal Exam आउँछ, तोकिएको पैसा नबुझाइ कुनैपनि हालतमा Exam मा भाग लिन दिदैन । अझ भन्छ, विद्यार्थीको लागि लिएको Exam हो !

दशै बिदामा दशै होमवर्क दिन्छ, तर बिदा सकिएपछी सो होमवर्क चेक गर्दैन । सोच्दा हुन, ह्या किन चेक गर्नु र ? बेक्कारको टाउको दुखाइ !

First Terminal को रिजल्ट आउँछ, कोहि पास हुन्छन् त कोहि फेल ! पास भए त ठिकै छ, फेल हुनेलाई ६०० तिराएर Exam दिन लाउछन । एउटामा फेल भए नि ६०० रे, ५ ओटा मै फेल भए नि ६०० रे ! अनि भन्छ, यो त विद्यार्थीको लागि हो । अझ फेल भयो भन्दैमा अनिवार्य कलेज ट्युसनको त कुरै नगरौ, मासिक ४ हजार रे दैनिक ३ घन्टा पढाएको ।

फेरि अर्को Terminal Exam आउँछ अनि सुरु हुन्छ, यहि लुट्ने क्रम जारी हुन्छ

अन्तिममा बोर्ड Exam को फर्म भर्न भन्दै फेरि पैसा माग्छन्, परिक्षा बोर्डले प्रति ब्यक्ति ६०० भनेर तोकेको हुन्छ, कलेजले १२०० सम्म उठाउछ्न ।

Absent भएको Fine को त कुरै नगरौं !

१२ मा पढ्दा ११ लाई Welcome program गर्नुपर्यो भनेर विद्यार्थी सग हजार/हजार रुपैयाँ उठाउछन । अनि विद्यार्थीको पैसाले हलमा कार्यक्रम गर्छन् । शिक्षकहरु छोरा-छोरी समेतलाई बोलाएर खुवाउछन, विद्यार्थीबाट उठाएको पैसाले ।

ल्याबमा Test Tube, अन्य सामानहरु झुक्किएर फुटाए पनि तिर्न लगाइहाल्छन । सामानहरु, प्रयोग गर्दा गर्दै फुट्ने त हो नि । के गर्नु ? दोब्बर, तेब्बेर मूल्य Fine लगाइदिन्छन । स्वयम् मैले एक दिन Chemistry lab मा Practical गर्दा Burrate भन्ने कुरा छुने बित्तिकै झ्यापै फुट्यो ! मेरो नाम लेख्न लगाए, १०-१२ दिन पछि बिल आयो (Refundable deposit void) भन्दै ! ५ हजार refundable deposit थियो, जुन +२ सक्काएपछी फिर्ता दिने भनेर भर्ना गर्ने बेला तिराइएको थियो । अब मैले त्यो नपाउने भए रे !

११ को रिजल्ट आयो, पास भए त ठिकै छ फेल हुने जतिले अब १२ मा पुरै फिस तिर्न पर्ने रे ! जुन कुरा विद्यार्थीलाई यस अघि कहिल्यै भनिएको समेत हुँदैन ।
१२ सक्कियो, अब कलेजको अन्तिम लुट्ने बेला आयो, अनि character certificate को लागि भन्दै ५ सय देखि ३ हजार सम्म माग्छन् प्रति ब्यक्ती !

९ महिना जति पढाएर १२ महिनाको फिस लिने, दशै तिहार, एक महिना बिदा गरेपनि पैसा चै असुल्ने, Pre Board पछि कलेज नै बिदा हुने । जम्मा जम्मी कलेज ३६५ दिन लाग्यो कि लागेन होला, तर कलेज फिस चै ३६५ × २ को बराबर नै तिरियो है !

यो शिक्षा हो कि व्यापार ?

यतिको लुट देख्दा पनि मेरो, तिम्रो अनि हामी सबैको मुख बन्द छ !

#dedicated
ex +2 Students

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकारको आर्थिक सहयोगमा काठमाडौंस्थित मदन भण्डारी स्मृति कलेजका लागि निर्मित कलेज भवनको आज

काठमाडौं– सडकपेटी नै कब्जा गरेर सञ्चालन गरिएका वर्कसपलाई काठमाडौं महानगरपालिकाले कारबाही गरेको छ। बुधबार महानगरले बिजुली बजारको आर्क ब्रिजबाट देब्रेतर्फ

मिति २०७९।११।०१ गते अं.१६;५० बजेको समयमा काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं.१६ माछापोखरी चोक स्थितमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन,

विरगञ्ज, १४ पुस छिमेकी मुलुक भारतमा कोभिड–१९ को संक्रमण फैलन थालेपछि वीरगन्ज नाकामा उच्च सतकर्ता अपनाइएको छ । इनरुवा नाकामा