
प्रधानमन्त्री नेतेनयाहुकी श्रीमती पाइलटसंग रिसाएपछि
४ भाद्र २०७६, बुधबार १३:२१
ईज्रेलको खबर हो जहाँ प्रधानमन्त्री नेतेनयाहुकी श्रीमती साराले हवाइजहाजभित्र मच्चाएको सनसनीपूर्ण खबरले अहिले निकै चर्चा पाएको छ । ईआई एइआई फ्लाइटको युक्रेनका लागि बिमान धावनमार्गमा अघि बढ्यो र जहाजभित्र विश्वकै शक्तिशाली र प्रभावशाली देशमध्य एक ईज्रेलका प्रधानमन्त्री र उनकी पत्नी थिइन् । जब ककपीटवाट स्वागत मन्तव्य क्याप्टेनले भनें तब उन्ले प्रधानमन्त्रीकी श्रीमतीलाई उल्लेख गरेनन, यस कुरालाई सारा नेतेनयाहुले आफ्नो अपमान ठानेर स्वयम ककपीटमा पुगेकी हुन् ।
प्रधानमन्त्री श्रीमती रिसाएर ककपीटमा पुगेपछि पाइलटले फेरि अर्को एनाउन्समेन्ट गरेर कुरा सच्चाएका थिए, प्रधानमन्त्री कार्यलय प्रवक्ताले यसलाई असमझदारी र अन्जानको भूल भनेंका थिए । २० वर्षपछि ईज्रेली प्रधानमन्त्री युक्रेन जाँदै थिए, यसअघि नेतेनयाहु सन् १९९९ मा आफ्नो पहिलो कार्यकालका दौरान यूक्रेन पुगेका थिए । नेतेनयाहुकी श्रीमतीको ककपीटमा नै गएर पाइलटलाई हप्काउने दम्भको बिशेष बिरोध भइरहेको पनि छ ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाडौँ — काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले वाग्मती सभ्यताको जगेर्ना गर्ने काम पहिलो प्राथमिकतामा हुनुपर्ने बताएका छन् । बुधबारबाट सुरु
नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकारको आर्थिक सहयोगमा काठमाडौंस्थित मदन भण्डारी स्मृति कलेजका लागि निर्मित कलेज भवनको आज
काठमाडौं– सडकपेटी नै कब्जा गरेर सञ्चालन गरिएका वर्कसपलाई काठमाडौं महानगरपालिकाले कारबाही गरेको छ। बुधबार महानगरले बिजुली बजारको आर्क ब्रिजबाट देब्रेतर्फ
मिति २०७९।११।०१ गते अं.१६;५० बजेको समयमा काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं.१६ माछापोखरी चोक स्थितमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन,