Lifestyle Portal
  •   १३ चैत्र २०७९, सोमबार

प्रधानमन्त्री ओलीको स्वास्थ्यबारे निजी चिकित्सक डा. दिव्या सिंहद्वारा विज्ञप्ति जारी

५ भाद्र २०७६, बिहीबार १६:५१


काठमाण्डौ, ५ भाद्र २०७६ । प्रधानमन्त्री केपी शर्मा ओली नियमित स्वास्थ्य परिक्षणका सिलसिलामा आज अपरान्ह १:३० बजे थाई एयरबाट धर्मपत्नी राधिका शाक्यलगायतका सहयोगी, निजी चिकित्सक र सुरक्षाकर्मीका साथ सिंगापुरका लागि प्रस्थान गर्नुभएको छ ।

सम्माननीय प्रधानमन्त्रीका निजी चिकित्सक डा. दिव्या सिंहले जारी गर्नुभएको जानकारी पत्रमा लेखिएकोछः
अघिल्लो पटक २०७६ साउन १८ गतेदेखि २७ गतेसम्म सिंगापुरको न्यासनल युनिभर्सिटी हस्पिटल (एसएनयू) मा उहाँको स्वास्थ्य परिक्षण गरिएको थियो । त्यसै क्रममा मृगौलासम्बन्धी एण्टीबडीको मात्रा केही बढी देखिन गएको थियो । एण्टीबडीलाई शरीरबाट निस्कासन गरी निराकरण गर्ने उपचार बिधिलाई निरन्तरता दिन उहाँ फेरी त्यसतर्फ जान लाग्नुभएको हो । सिंगापुरमा रहँदा न्यासनल युनिभर्सिटी हस्पिटलमैं नेपाली चिकित्सकका साथमा त्यहाँका विज्ञहरुको टोलीले उहाँको मृगौलाको थप परिक्षण र क्षमता अभिवृद्धिका लागि आवश्यक उपचार समेत गर्नेछ ।

सिंगापुरमा उहाँको स्वास्थ्यका सम्बन्धमा नयाँ र उल्लेखनीय जानकारी प्राप्त भएमा हामी मिडियामार्फत आमनेपाली दिदीवहिनी तथा दाजुभाइहरुलाई अवगत गराउने नै छौं ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

भारतीय राजदूतावास, काठमाडौंले मिति २०७९ चैत्र १० गते इण्डिया हाउस परिसरमा एक समारोहको आयोजना गरी ५८ औं भारतीय प्रविधिक तथा

भारतकी राष्ट्रपति श्रीमती द्रौपदी मुर्मु र राष्ट्रपति रामचन्द्र पौडेल बीच टेलिफोन संवाद भएको छ। हाल केरला भ्रमणमा रहनुभएकी भारतीय राष्ट्रपति

वीरगञ्ज र यस वरपरका क्षेत्रको आर्थिक विकासको लागि केही लेख्न मन लागेको छ। यस लेखमार्फत मैले लेख्न खोजेको वा भन्न

काठमाडौँ । चालु आर्थिक बर्षका लागि काठमाडौँ महानगरपालिकाले लिएको क्षेत्रगत नीति कार्यान्वयन समीक्षा गर्न प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले विभागीय