Lifestyle Portal
  •   २४ जेष्ठ २०८०, बुधबार

भरतपुर महानगरपालिकाले जारी गर्यो विज्ञप्ती


५ भाद्र २०७६, बिहीबार १८:४३


काठमाण्डौ, ५ भाद्र २०७६ । पत्रकार शालिकराम पुडाशैनीको आत्महत्या सम्बन्धमा भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल तथा उनका पिता पूर्व प्रधानमन्त्री पुष्पकमल दहाल विरुद्ध वभिन्न टिकाटिप्पणी हुन थालेपछि भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले प्रेस वक्तव्य जारी गर्नुभएको छ ।

जारी विज्ञप्तिको पुरा पाठ जस्ताको तेस्तैः

सामाजिक सञ्जालमा उत्पन्न विभिन्न मिति २०७६ श्रावण २० गते भरतपुर महानगरपालिका वडा नं १ पोखरा बसपार्क स्थित होटल कङ्गारुमा मृत अवस्थामा फेला परेका पत्रकार शालिकराम पुडाशैनीको मृत्युका सम्बन्धमा सम्बन्धित निकायहरुबाट भईरहेको अनुसन्धानका विषयलाई लिएर उत्पन्न असहज परिस्थितिप्रति भरतपुर महानगरपालिको गम्भीर ध्यानाकर्षण भएको छ ।

कुनै पनि व्यक्तिको अस्वभाविक मृत्यु हुनु दुःखद विषय हो । अस्वभाविक मृत्युको कारणका लागि निष्पक्ष छानविन गर्नु राज्य र सरकारको दायित्व हो । कुनै पनि मुद्दामा अनुसन्धान गर्ने जिम्मा प्रहरीको, अभियोजन गर्ने दायित्व सरकारी वकिलको कार्यालयको र न्याय निरुपण गर्ने दायित्व सम्मानित अदालतको भएको हुँदा यस सम्बन्धमा निष्पक्ष, सत्यतथ्य छानविन गरी ‘दोषी नछुटुन र निर्दोष नपरुन’ भन्ने मान्यताका आधारमा शीघ्र न्यायिक निरुपणका लागि महानगरपालिका सम्बन्धित पक्षसँग आग्रह गर्दछ ।

यसै सन्दर्भमा उक्त घटनाको अनुसन्धानका क्रममा रहेका व्यक्तिहरुका विषयलाई लिएर कतिपय व्यक्तिहरुबाट सडक एवं सामाजिक सञ्जालको दुरुपयोग गरी घटनासँग कुनै सरोकार नै नभएका राज्यका उच्चपदस्थ नेतृत्व र भरतपुर महानगरपालिकाका प्रमुख प्रति कपोलकल्पित, मनगढन्ते, अनर्गल तथा भ्रामक विचारहरु सम्प्रेषण गर्ने, अपशब्द प्रयोग एवं गालीगलौज गरी व्यक्तिको वैयक्तिक स्वतन्त्रता माथि मानमर्दन गर्ने र अराजक परिस्थिति सिर्जना गर्ने प्रवृत्ति देखिनु दुखद् कुरा हो । घटनासँग कुनै पनि सम्बन्ध नभएका व्यक्ति एवं संस्थाहरुलाई जोडेर अनावश्यक टिकाटिप्पणी र घटनालाई विषयान्तर नगर्न महानगरपालिका सम्बन्धित सबैसँग अनुरोध गर्दछ ।

अन्त्यमा सडक एवं सामाजिक सञ्जालमा हाल देखापरेका अस्वभाविक, प्रायोजित तथा अनर्गल प्रचारको भ्रममा नपर्न भरतपुर महानगरपालिका आम नागरिकहरुमा हार्दिक अपिल गर्दछ भनी भरतपुर महानगर प्रमुख रेनु दाहालद्वारा प्रेस विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाण्डौ । काठमाण्डौमा गत आइतबार सम्पन्न भारतको प्रतिष्ठित ‘क्याप्टिभेटिङ क्रिएसन अवार्ड २०२३’को छैठौं संस्करणमा वरिष्ठ कलाकार हरिवंश आचार्य, विशिष्ट संगीतकार

भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतकी राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेटवार्ता भएको छ । भारतको राष्ट्रपति भवनमा

भारतको चारदिने औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतका उपराष्ट्रपति जगदीप धनखडसँग शिष्टाचार भेटवार्ता भएको छ । भारतको

चार दिने औपचारिक भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको विकास र समृद्धिको प्रमुख साझेदार भारत भएको बताउनुभएको छ