विश्वप्रसिद्ध कृति चण्डालिकाः रविन्द्रनाथ टेगौर


एकैजना ब्यक्तिले दुइवटा देशको राष्ट्रगान लेखेको उदहारण छ भने ति ब्यक्ति संसारमै एकजना ब्यक्ति केवल पंडित रविन्द्रनाथ टेगोर हुन । भारत र वगंलादेश दुबैदेशका राष्ट्रगान रविन्द्रनाथ टेगोरले लेखेका हुन , भारतको जन गन मन वोलको राष्ट्रगान र वगंलादेशको अमर शोनार वागंला उन्कै शब्दहरु हुन । सन १८६१ मा जन्मीएका उन्को मृत्यु सन १९४१ मा भएको हो । सन १९१३ मा एकजना गैर अंग्रेज भएपनि साहित्यमा नोवल पुरस्कार पाउने उनि प्रथम ब्यक्ति पनि हुन । रविन्द्रनाथ टेगोरले आफ्नो कृतीहरु मार्फत विश्वमा विश्वबन्धुत्व र शान्तीको सन्देशहरु दिएका छन्, हिन्दु धर्ममा देखिएको जातिय र अछुत प्रथाको विरोधी रविन्द्रनाथ टेगोर घरिघरि उन्का कृतीहरु मार्फत वुद्धका दर्शन र पाइलाहरु पाठक समक्ष परिचित गराउन सफल देखिन्छन्, आउनुहोस आज तिनै चर्चित लेखक रविन्द्रनाथ टेगोरको विश्व प्रसिद्ध कृती चन्डालिका यहाहरुसमक्ष प्रस्तुत गर्दछौ, केवल लाइभमाण्डुको विश्वमाला अन्तर्गत ।
यस साम्रगीलाई सरल नेपालीमा ब्याख्या र अनुवाल हाम्रो पात्रोका लागी सुयोग ढकालले गर्नुभएको हो ।

यस नाटक मानव मष्तिष्कको असाधारण सोच र अक्सर छनौटको दुविद्धामा पर्ने चाहना र वास्तविक्ताको वरिपरि घुमेको छ । प्रकृती नामक यूवती एउटा अछुत समुदायकी यूवती हुन् र यिनी अछुत गाउँमा आफ्नी अछुत आमासँग वसोवास गर्दछिन । आनन्द एउटा वौद्धमार्गी भिक्षु हो र उ वौद्धमार्गमा जानु अघि एकजना अछुत नै थियो , आफ्नो हातले छोएको र आफूले दिएको पानी एकजना गैर दलित धार्मिक ब्यक्तिले खाएको प्रथम पल्ट अनुभव प्रकृतीले एकदिन पानीको मुहानमा आफूले दिएको पानी आनन्दले खाएपछि मात्र गरेकि हुन र आनन्दको यो खुकुलो हृदयका कारण उनि आनन्दप्रति आकर्षित हुन्छिन । आनन्दले प्रकृतीसग कुराकानी गर्दै समाजले उन्लाई विनाकारण अछुत बनाएपनि उन्ले आफ्नो मनछोटो नपार्न अनुरोध गर्दछन । आनन्दको यो वचनले प्रकृती आफू उनिप्रति आकर्षित मात्र नभई आनन्दलाई आफ्नो मोक्षकर्ताका रुपमा पनि मनमनै आदर्शरुवरुपमा लिन थाल्दछिन ।

आनन्द प्रतिको यो प्रेम आशक्तिमा परिवर्तन हुदै जान्छ । उन्मा आनन्दलाई प्राप्तगर्ने उत्कट चाहना बढदै जान्छ भने अर्कोतर्फ आनन्द एकजना भिक्षु हुन जस्लाई कुनैकुरा, चाहना र कसैको प्राप्तीप्रति मोह हुदैन, उनि नितान्तरुपमा एकजना भिक्षु हुन जस्लाई गृहस्थ जिवन र प्राप्तीसँग कुनै लालसा छैन ।

प्रकृतीकी आमालाई जादुटोना आँउछ अनि उन्को छोरीको विशेष आग्रहमा उन्ले यस्तो जादुटोना गरेर आनन्दको मनमा प्रकृतीप्रतिको आशक्ति भित्राइदिन्छिन, कालो जादुको माध्यमले माया मोह प्राप्ती अनि आशक्ति आनन्दको हृदयमा पस्छ । कालो जादु गर्दै जाँदा प्रकृतीकी आमाले उन्लाई सानो ऐनाको टुक्रा दिएर हेर्न भन्छिन र त्यस्मा प्रकृतीले आनन्दको अनुहार देख्छिन, कालो जादु बढ्दै जाँदा आनन्दको अनुहारमा प्रकृतीले पानी दिदाको जस्तो तेज कम हुन थाल्दछ, आशक्ति माया मोहले उन्लाई विकृत र प्रदुशीत वनाइरहेको हुन्छ । अन्तमा कालो जादुको प्रभावले आनन्द प्रकृतीको ढोकासम्म ढकढक्याउन आइपुग्दा उनि पहिलेजस्तो आनन्द हुँदैनन, उनि आशक्त र तेज विहिन भइसकेका हुन्छन । रविन्द्रनाथ टेगोरले यहाँ आनन्दको अनुहारको विम्व प्रयोग गरेर मान्छेमा रहने धैर्य र भिक्षुहरुमा भएको तेजको कारण अनि आशक्ति विहिन मान्छेको अनुहारमा हुने तेज र धैर्यताको वर्णन गरेका छन् । प्रकृतीले त्यो तेज विहिन आनन्दको प्राप्ती स्वीकार्न सक्दिनन अनि आमालाई आनन्दलाई फिर्ता वोलाउन आग्रह गर्दछिन ।

अब आमाछोरीहरु डराउछन किनकि हिन्दु रितिले उनिहरुलाई विनाकारण र कुनै कुलमा जन्मेकै निराधार कारणमा अछुत वनायो र आज वुद्ध धर्मको भिक्षुलाई उनिहरुले लगाएको कालो जादुका कारण वुद्ध भगवानले उनिहरुलाई थप वेदना र सामाजिक तिरस्कार दिनुहुन्छ र भिक्षुको सराप लाग्नेछ भनेर उनिहरु चिन्तित भएकोमा भिक्षु आनन्दले उनिहरुलाई माफी दिएर फर्किन्छन । पछि आमा छोरी वसेर विचार गर्दछन, उनिहरुलाई विनाकुनै कारण चण्डाल अर्थात अछुत भनाएर समाजले तिरस्कार गर्यो तर आज भिक्षुलाई कालोजादु गर्दासमेत उनिहरुलाई भिक्षुले वुद्धको प्रतिनिधित्वगर्दै माफी दिएर जान्छन् ।

धर्मको आडमा भएको जातीय चलनलाई यो नाटकले घोर विरोध गर्दै वुद्धत्व र मानवता अनि वन्धुत्वको नयाँ आयाम दिएको छ ।
अछुत र छुत जस्तो अमानविय अनि जातिय विभेदजस्तो ससामाजिक विवेदको भत्र्सनागर्दै टेगोरले चण्डालिकामार्फत समानताको लहर प्रस्तुत गरेका हुन ।

सुयोग ढकाल


Loading comments...