
उत्कृष्ट नेताका ५ सर्वोत्तम नेतृत्वदायी गुणहरु
८ पुष २०७५, आईतवार १२:४८
कसलाई उत्कृष्ट नेता भन्ने ? भाषण या व्यबहार या दुबै कुराहरु ? या अन्य कुराहरु ? यी नै कुराहरुलाई मध्यनजर गर्दै,आउनुहोस बिश्वभरिका सर्वोत्तम राज नेताहरुको गुणलाई बिष्लेषण गरेर तयार गरिएको उत्कृष्ट नेतृत्वका ५ गुणहरुका बारेमा चर्चा गरौं ।
यस आलेख बेलीफीट नामक अग्रेजी पत्रिकाले निकालेको नेतृत्व संसमरण बिशेष बाट साभार गरिएको हो ।
१. ईमान्दारीता
राजनितीमा सदैव ईमन्दारीता अपनाउनु एकप्रकारको जोखिम पनि हो तथापि आफ्ना गल्ती अनि कमजोरीहरु औंल्याएको मा धन्यवाद दिने र स्वीकार गर्ने गुणलाई राजनेताको प्रथम गुणका रुपमा लिइन्छ ।
ईमान्दारीताले अरुहरुको बिश्वास जित्न अनि चरित्र बनाउन पनि मद्धत गर्दछ तर राजनितीमा ईमान्दारीताको सही अनि ईमन्दार उपयोग जरुरी छ ।
ईमान्दार नेताहरु हक्की, निडर अनि आफ्ना वरिपरिका मान्छेहरुवाट अत्याधिक आदर पाँउने खाले हुन्छन् । ईमान्दार नेताहरु गल्तीको साहसीक जिम्मेवारी आँफैले लिने हुन्छन भने अरुहरुलाई आरोप लगाउने खालका हुँदैनन् ।
२. दयालु
दयालु भन्नाले अरुहरुको पीडाको आत्मसाथ र सदैव ति पीडालाई कम गर्न संरचना अनि प्रणालीको बिकास गर्ने सोच भएका नेतृत्व भन्ने बझ्न सकिन्छ । यसरी अरुहरुको पीडा अनि दुख्ख कमगर्ने ज्ञान भएका नेतृत्वको ज्ञान सीपमा बदलीन समय लाग्दैन । हुन त कतिले राजनीतीमा दयालाई कमजोरीका रुपमा पनि हेर्दछन् तर दया बिनाको नेतृत्व अधिनायकबादको शुरुवात हुनसक्दछ । समाज अनि राष्ट्रका औसत व्यक्तिको पीडा बुझेर त्यसअनुरुप कार्य गर्दै पीडा हटाउन अनि मुद्धाहरु सम्बोधन गर्न नेतृत्वमा दयालुपना हुन जरुरी हुन्छ ।
३. बिचारउन्मुख
नेतालाई नेतृत्व गर्नका लागि बिचारले अरुहरु वाट अलग्ग बनाँउदछ । नेता र नेता बीचको फरक भनेकै उनीहरुको बिचार को फरकपना हो ।
यस्ता बिचारहरुमा नैतिकता र समानता र पारदर्शिताहरु प्रधान रहन्छन । बिचारप्रधान राजनेताहरु अझ धेरै बिश्वासयोग्य हुन्छन किनकि उनीहरुलाई व्यक्तित्व भन्दा पनि बिचारले बिश्वसनीय बनाँउदछ । कोट प्यान्ट लगाएर फरर अग्रेजीमा भाषन दिनसक्ने नेताभन्दा बिचारलाई उजागर गर्दै धारणालाई प्रमाणीत गर्दै सामान्य जीवनशैली बिताउने नेताको बिश्वसनीयता बढि हुन्छ ।
नेता तबमात्र नेता हुन्छ जब उसका अनुयायीले उसलाई निरपेक्ष बिश्वास गर्दछन् । पैसा, गाडी लगायत अवसरका कुनै रवाफहरुको लालसा बिनापनि कुनै नेतालाई कार्यकर्ताले बिश्वास गर्दछन् भने त्यो नेतामा बिचारप्रधानता अनि पारदर्शिता पक्कै रहेको हुन्छ ।
४.आत्मबिश्वास
आत्मबिश्वासको कमी भएका नेतृत्वले भोली गएर सदन र संसदमा जनताको मुद्धालाई बुलन्दीका साथ उठाउन सक्दैनन ।नेतृत्वले आफु र आफ्नो नेतृत्वकला दुबैमा बिश्वास गर्न र जगाउन जरुरी हुन्छ । आत्मबिश्वास भाषन या घोषणापबले मात्र देखाउदैन, आत्मबिश्वास बिचार, जुझारुपना अनि ससाना व्यबहारले देखाँउदछ ।
५. लचकता
राजनीती भनेकै एकप्रकारको लेनदेन जस्तो हुन्छ जहाँ नेतृत्वले जनताका मुद्धा अनि समस्या लगायत बिकासका लागि लचकतासाथ प्रस्तुत हुन पर्दछ । असल राजनेताले सबैपक्षका कुराहरु ध्यानपूर्वक सुनेर सर्वमान्य बिन्दुमा पुगेर सबैपक्षको जीतजीत परिस्थिती सिर्जना गर्न जरुरी हुन्छ । यि कार्य गर्नका लागि लचकता जरुरी हुन्छ, अरुहरुको बिचारको आदर अनि आफ्नो बिचारको महत्व दुबै एकैफेर दर्शाउन लचकता जरुरी हुन्छ । यो गुणले आफ्नो गल्ती सुधार गर्दै पून गल्ती नदोहोर्याँउदै अघि बढ्न नेतृत्वलाई प्रशस्त स्थान दिन्छ ।
नेपाली परिपेक्ष्यमा अनुभव, उमेर र अभिव्यक्तिलाई नेतृत्वको मुख्य गुण मान्ने चलन अझै पनि छ, राम्रो भाषन गर्ने या लेख्न अनि बोल्न सक्ने अनुहारहरु राम्रो नेतृत्व नहुन सक्दछन् । त यसो भन्दा लुकेर बस्ने अनि नबोल्ने या नलेख्ने अनुहारहरु सबै असल नेतृत्व हुन भन्ने मनसाय पक्कै हैन तर राम्रो अनुहार र परिवृतीभीत्र लुकेका कमअसल नेतृत्व छान्ने कार्य भने गरिन नेपालमा बाँकी नै छ । समस्याको बिष्लेषण र नवप्रवतनात्मक रुपले समाधानका उपाय खोज्न सक्ने नेतृत्व आजको आवश्यक्ता हो, नेतृत्वको सही र गलत समग्र देशको हीत र अहीतले निर्धारण गर्नुपर्दछ ।
तालीको भोका भन्दा गाली सुनेर अघि बढ्न सक्ने नेतृत्वको जरुरी छ, त्यसैले सक्षम नेतृत्वलाइ समर्थन गरौ !
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाण्डौ । काठमाण्डौमा गत आइतबार सम्पन्न भारतको प्रतिष्ठित ‘क्याप्टिभेटिङ क्रिएसन अवार्ड २०२३’को छैठौं संस्करणमा वरिष्ठ कलाकार हरिवंश आचार्य, विशिष्ट संगीतकार
‘मेरो गाउँ, मेरो ठाउँ’ भिडियो च्यालेन्ज २०२३ का लागि विभिन्न दस विधामा ७० वटा वृत्तचित्र मनोनयन भएका छन् । देशैभरबाट
सोलुखुम्बु — नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले सोलुखुम्बुमा ध्यान केन्द्र र गुम्बाको शिलान्यास गर्नुभएको छ। बुद्ध जयन्तीका अवसरमा राजदूत
जारी फिल्म सुखद रुपमा चलिरहेको छ । हिजो छोरीको स्कुल जानु पर्ने थियो ब्यस्तताले जान पाईन । नानीको आमालाई छोरीसँग