
आज गुरु नानक जयन्ती
७ मंसिर २०७५, शुक्रबार ०६:०१
आजको दिन गुरु नानक अर्थात शिख धर्मावलम्विका गुरुको जन्मदिन हो । उनी सिख धर्मका संस्थापक, सिखहरुका आदि गुरु थिए। उनलाई उनका अनुयायीहरु गुरु नानक, गुरु नानक देवजी, बाबा नानक र नानकशाह भन्ने गर्छन । उनको जन्मदिन विश्व भरि कात्तिक पूर्णिमाका दिन मनाइन्छ । शिखहरूको दैनिक पूजाआजाको पवित्र स्थल गुरुद्वारामा धर्मावम्विहरुको प्रभातफेरिका साथ आजको दिनको प्रारम्भ गरिन्छ र यस्तो प्रभातफेरिमा विभिन्न प्रकारका मन्त्रोच्चारण गर्दै भजन गाउँदै गुरुको महिमा वर्णन गरिन्छ । विहानको समय यसरी गरिने भजनलाई ‘असा दि भार’ भनिन्छ । यस्ता भेलाहरुलाई ‘अमृत भेला’ भनिन्छ र ‘अमृत भेला’ पछी ‘लगांरु’ अर्थात नि:शुल्क सामूदायिक भोजन गर्ने गराउने चलन हुन्छ र यस्ता भोजहरु गुरुद्वाराका स्वंसेवकहरुले आयोजना गर्दछन् । यस्ता भोजहरु आयोजना गरेर कुनै पनि जात, वर्ण, लिंग वा समूदायका मान्छेहरूलार्इ त्यसमा सहभागी हुन छुट हुन्छ । यो सामाजिक सहुष्णिताको एउटा अद्भूत उदाहरण त हो नै भक्ति र सेवाको मार्गमा समाजका सबैजना समान छन् भन्ने सन्देश पनि दिएको छ ।
विशेषगरि दुई दिन अगाडिदेखिनै पवित्र ग्रन्थ ‘गुरु ग्रन्थ साहिब’को ४८ घण्टासम्म अध्ययन गरेर गुरुपर्वको दिन विधीविधान अनुरुप समापन गरिन्छ । यस्तो निरन्तर हुने धार्मिक अध्यनलाई ‘अखण्डपथु’ भनिन्छ ।
यसैक्रममा गुरुपर्वको एकदिनअघि नगर किर्तन गर्ने चलन छ जसमा विभिन्न सांस्कृतीक झाँकीहरु निकालिने गरिन्छ । जसमा गुरुग्रन्थ साहिबको झुलुवा (पालकी) बोकेर भजन किर्तन गर्दै नगर परिक्रमा गरिन्छ । यस्तो झाँकीहरुमा सिख समूदायको परम्परागत हतियारहरु जस्तैः भाला, तरवारहरु, पञ्जाबि फलामे चक्कु आदिको प्रदर्शन र त्यससंग सम्बन्धित अात्मरक्षामा अाधारीत पारम्परीक खेल देखाइने गरिन्छ ।
रात्रिकालिन भजनकिर्तनलाई ‘रहरास साहिब पाठ’ भनिन्छ । भारतको पञ्जाव, हरियाणा, चन्दिगढ लगायतका ठाँउमा अत्यन्तै उत्साह र उत्सर्गकासाथ यो विशेष दिन मनाइन्छ भने संसारका हरेक कुना कन्दरामा रहेका शिख समूदायहरुले आजको दिनलाई हर्षका साथ मनाउने गरेकाछन् ।
नेपालमा पनि धेरै ठाँउमा गुरुद्वारा रहेकाछन्, ति सम्पूर्ण स्थानमा अनेक कार्यक्रमको आयोजना गरी गुरू नानकलार्इ सम्झिइने गरिन्छ । काठमाण्डौको कुपण्डोलमा पनि गुरुद्वारा रहेको छ, आजको दिन त्यहाँ भेलाभएका शिख लगायत अन्य धर्म र सम्प्रदायका मान्छेहरुको पनि उत्साहजनक संलग्नता सहभागीता देख्न पाइन्छ ।
यस संसारलाई अझै धेरै गुरु नानकहरु जस्ता महान गुरुहरु र महान वचनको खाँचो छ, सत्यमार्ग अवलम्वनगर्ने धैर्यता अनि भक्तिमार्गप्रतिको अटल आशा सदासर्वदा कायम होस् । सम्पूर्ण शिख समूदायमा यस विशेष दिनको शुभकामना । सबैको जय होस् ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकारको आर्थिक सहयोगमा काठमाडौंस्थित मदन भण्डारी स्मृति कलेजका लागि निर्मित कलेज भवनको आज
काठमाडौं– सडकपेटी नै कब्जा गरेर सञ्चालन गरिएका वर्कसपलाई काठमाडौं महानगरपालिकाले कारबाही गरेको छ। बुधबार महानगरले बिजुली बजारको आर्क ब्रिजबाट देब्रेतर्फ
मिति २०७९।११।०१ गते अं.१६;५० बजेको समयमा काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं.१६ माछापोखरी चोक स्थितमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन,
विरगञ्ज, १४ पुस छिमेकी मुलुक भारतमा कोभिड–१९ को संक्रमण फैलन थालेपछि वीरगन्ज नाकामा उच्च सतकर्ता अपनाइएको छ । इनरुवा नाकामा