
यूएई र साउदी अरबका बिदेश मन्त्रीको ईमरान खानसंग भेटघाट
२० भाद्र २०७६, शुक्रबार २१:२६
गत बुधवार यूएई र साउदी अरबका बिदेश मन्त्रीहरु पाकिस्तानमा प्रधानमन्त्री ईमरान खानलाई भेट्न पुगेका छन् । यस विषयमा पाकिस्तानी समाचार एजेन्सी खालिद टाइम्सको रिपोर्ट हामी साभार गर्दैछौं ।
यूएईका बिदेश मन्त्री शेख अब्दुल्लाह बिन नायह र साउदी अरबका बिदेश मन्त्री अदेल अल जुबेर हिजो रावलपिण्डिको नुरखान एयर बेसमा आ-आफ्ना जेटबाट उत्रेका हुन् । गल्फका दुई शक्तिशाली देशका विदेशमन्त्रीले पाकिस्तानको एक दिने भ्रमणमा पाकिस्तानका प्रधानमन्त्री, सैन्य प्रमुख लगायत अन्य केहि उच्चपदस्त अधिकारीहरुलाई पनि भेटेको खबर छ ।
यमनको हाउथी बिद्रोही बिरुद्ध रियादको कदममा पाकिस्तानले सहयोग र समर्थन नगरेपछि पाकिस्तान र गल्फ देशहरुको समबन्ध बिग्रेको बताइएको थियो । फेब्रुअरीमा साउदी अरबका राजकुमार मोहम्मद बिन सल्मानले पनि पाकिस्तानको भ्रमण गरेका थिए जतिबेला साउदीले पाकिस्तानलाई २० विलियन बरावरको सैन्य सहयोग दिने पनि सम्झौता भएको थियो । पाकिस्तान साउदी अरबको मुख्य सैन्य सहयोगी पनि मानिन्छ भने यूएईका विदेशमन्त्रीको तर्फबाट पनि के कस्ता वार्ता भए भन्ने विषयमा पाक मिडियाहरु लगभग मौन पाइएका छन् ।
—
लाइभमाण्डु
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाण्डौ । काठमाण्डौमा गत आइतबार सम्पन्न भारतको प्रतिष्ठित ‘क्याप्टिभेटिङ क्रिएसन अवार्ड २०२३’को छैठौं संस्करणमा वरिष्ठ कलाकार हरिवंश आचार्य, विशिष्ट संगीतकार
‘मेरो गाउँ, मेरो ठाउँ’ भिडियो च्यालेन्ज २०२३ का लागि विभिन्न दस विधामा ७० वटा वृत्तचित्र मनोनयन भएका छन् । देशैभरबाट
सोलुखुम्बु — नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले सोलुखुम्बुमा ध्यान केन्द्र र गुम्बाको शिलान्यास गर्नुभएको छ। बुद्ध जयन्तीका अवसरमा राजदूत
जारी फिल्म सुखद रुपमा चलिरहेको छ । हिजो छोरीको स्कुल जानु पर्ने थियो ब्यस्तताले जान पाईन । नानीको आमालाई छोरीसँग