संसारले मानेको एउटा भिलेनः रोवर्ट मुगावेको मृत्यु


आधूनिक जिम्बाबेको आधारहरु तय गर्नका लागि एउटा आधारस्तम्भ मानिएका रोवर्टमुगावेको मृत्यु भएको छ । कुनै दिन जिम्बाबे जानु भयो भनें एकफेर राजधानीको बिच बिचमा भएका मकैका खेतहरुको पार्क हेर्न नभुल्नु होला । मान्छेहरुको आत्मियता, एकरुपता अनि शान्ति जिम्बाबेको पहिचानहरु हुन् । जिम्बाबे एउटा यस्तो देश जस्लाई मुगावेले बनाए अनि ध्वस्त पनि पारे । मुगावेलाई अकंल बबका नामले पनि चिनिन्छ ।

२१ फेब्रुअरी सन् १९२४ मा जन्म भएका मुगावेको ६ सेप्टेम्बर सन् २०१९ मा मृत्यु भएको हो । सन् १९८० देखि १९८७ सम्म जिम्बाबेका प्रधानमन्त्री र सन् १९८७ देखि २०१७ सम्म राष्ट्रपतिका रुपमा उन्ले शाषन गरे । सन् १९७० देखि १९८० सम्म आफूलाई मार्कसिस्ट लेनीनीस्ट बताउने मुगावेको राजनैतिक बिचारधारा त्यसपछि बदलाव भएर आफूलाई सोसलीस्ट बताउन थाले । अफ्रिकन नेशनलीस्ट मुगावेका बिचारधारालाई मुगावेइज्म पनि भनियो ।

ग्रामीण गाँउमा जन्म भएका गरिब परिवारका मुगावेले घाना र रोडिसियामा बिधालय शिक्षकका रुपमा पनि काम गरे, सन् १९६४ देखि १९७४ सम्म ब्रिटिश कोलोनाइजरहरुले यिनलाई सरकार बिरोधी बिचार व्यक्त गरेकाले कारागारमा राखे । जेलबाट निस्केपछि यिनले मोजाम्बीकमा गएर जानु राष्ट्रवादी फन्ट नामक दस्ता तयार गरेर उपनिवेशक बिरुद्ध अनि स्वतन्त्रताका लागि लड्न शुरु गरे । बेलायतसंग ल्यान्सटर संझौता गरेपछि जिम्बाबेमा स्वतन्त्र चुनाव गराईयो जुन सन् १९८० को कुरा हो र यस चुनावमा मुगावेको जानु नेशनलीस्ट पार्टी भारी मतले बिजयी भयो ।

यि नेताले स्वास्थ र शिक्षामा बिशेष लगानी गर्दै जिम्बाबेको सामाजिक संरचनामा ब्यापक काम गरे । सन् १९८२ देखि १९८७ सम्म गुकुरहुण्डी भन्ने ठाँउमा भएको १० हजार बढिको नरसंहार देखि कगों युद्धमा सेना परिचालनका बिषयमा पनि मुगावेको क्रुरता मानिन्छ । यसका साथै अफ्रिकामा क्रान्तिकारी भूमिसुधार नीति अन्र्तगत सेता अप्संख्यकहरुको जमिन काला रैथानेहरुलाई पूर्नवितरण गराउन मुगावेले एकसमयमा सबै जनतालाई आफ्नो जमिन आँफैं खोसेर लिन समेत आव्हान गरिदिए ।

आफ्ना उदेकलाग्दा तर ब्यवहारीक भनाई र रणनितिका लागि मुगावेलाई सदैव संझना गरिनेछ । ९४ वर्षको उमेरमा हिजो अस्ति यिनले अन्तिम श्वाँस फेरे । यिनका भनाईहरु आज पनि सामाजिक सञ्जालमा सर्वत्र व्याप्त हुन्छन्, जस्तै सेता वर्णका मान्छेलाई नमरुन्जेलसम्म विश्वास गर्न सकिँदैन जस्ता थुप्रै अन्य उपनिवेशक सेता प्रति उन्का भनाईहरु आज पनि अफ्रिकामा एउटा अमिट छाप छाडेर बसेका छन् ।
पहिलो श्रीमती स्याली र एउटा छोरा भएका मुगावेकी श्रीमती स्याली घानामा रहेकी बेला यिनका एउटै छोराको मलेरियाका कारणले सन् १९६६ मा मृत्यु भएको थियो, त्यतिबेला मुगावे जेलमा थिए ।

श्रीमतीलाई आमई अर्थात देशकी मुख्य महिला भनेंर मुगावेले सम्वोधन गर्दथे तथापि स्याली बिदेशी भएकीले देशभित्र यिनको चर्चा र बिरोध दुबै हुन्थ्यो । पछि मुगावेले ह्याफ्रोनसंग बिवाह गरे र फेरि सन् १९८७ मा आफूभन्दा ४१ वर्ष कान्छी निजि सहायकसंग यिनको प्रेम भयो जस्लाई पछि सन् १९९२ मा ह्याफ्रोनको मृत्युपछि मात्र यिनले बिवाह गरे । ग्रेस मुरुफु नामक यि सहायकबाट यिनले मुगावे जुनियर नामक छोरा र बोना नामक छोरी र चटुगा बेलारमीन नामक अर्को छोराको जन्म भयो । यि तिनै जना र स्वयम आमा पनि सरकारी सम्पतिमा आफ्नो धाक जमाँउदैं अत्यन्त सभ्रान्त जिवन गुजार्नका लागि जिम्बाबेमा प्रसिद्ध छन् । विश्वका सर्वाधिक बिबादास्पद नेताका रुपमा मुगावे २१सौं शताव्दीका महान क्रान्तिकारी मुगावे पछिल्ला समयमा आफ्ना पूँजिवादी आशक्तताका लागि पनि निकै चर्चित छन् । परमात्माले यिनलाई आफूमा समाहित गरुन् ।

सुयोग ढकाल
लाइभमाण्डु


Loading comments...