मध्यम वर्गिय परिवारको बिधार्थीको पीडा


सम्म त बा आमाले दुस्खजिलो गरेर पढाईदिएका हुन्छन , मेलापात धानेर बस्तु भाउ पालेर दुई तीन जना छोराछोरी लाई आफ्नो एक छाक टारेर खुवाई पिलाई हुर्काएका हुन्छन !

त्यो कलिलो उमेरमा,
कस्लाई के नै थाहा हुन्छ र परिवारको बास्तबिक पीडा
साथी भाइहरु संगै खेल्दै हुर्कियो, घर व्यबहार हेर्नू पर्दैन थियो, सकेको काम सघायो, आफू लाई चाहिएको कुरा माग्यो, बा आमाले दिन सकेनन भने रोई दियो घुर्कायो ,

स्कुल मा साथीभाइहरु सग see पश्चात् म पनि राम्रै कलेज पढ्छु, राम्रै विषय छानेर पढ्छु भन्दै भविष्य बारे सोच्यो, घरमा के पढाउन सक्छन आफ्ना बा आमा ले त्यो थाहा नभए पनि शहर पसेर राम्रै कलेज मा बिज्ञान लिएर पढ्छु भन्ने अठोट लिग्यो !

तर… जब घरबाट महङ्गो कलेज पढाउन नसक्ने , बिज्ञान पढ्दा लाग्ने खर्च भर्न नसक्ने , भन्ने प्रस्ताव आउँछ ! बिस्तारै इच्छा र रहर हरुको निर्मम हत्या गर्नु बाहेक कुनै उपाय हुदैन हामी मध्यम वर्गियका छोरा छोरीहरु सग !

sacrifice को अर्थ त्यो Dictionary मा के होला र जति हामी मध्यम वर्गिय परिवार का छोराछोरीले जानेका हुन्छौ र !

राम्रो कलेज पढ्ने ,
इच्छा लागेको विषय पढ्ने सपना सबै पैसा मा पुगेर अड्किन्छ ! यो हैन कि जहाँ इच्छा त्यहा उपाय भन्ने कुरा तर कुनै इच्छा हरुमा भाग्य तगारो बनेर बाटो छेकी दिन्छ !

परिवारको दुस्ख देखेर शहर छिर्यो, शहरकै कुनै सरकारी क्याम्पस मा भर्ना गर्यो अनि पड्यो सबै भन्दा सस्तो विषय आफ्नो इच्छा बिपरित , फेरि सरकारी क्याम्पस पढाइ कम राजनीति ज्यादा हुने , गरिब को छोरो केही हुन्छ कि भन्दै कहिले पार्टी को झन्डा बोकेर पछाडि पछाडी हिड्यो, कहिले नेताको भासण सुन्न दिन भरिको समय बर्बाद गराई दियो ! तर पैसा पावरको दलदलमा सोझा बिद्यार्थी लाई बलिको बोका बनाई आफू सत्तामा पुग्ने ती नेता हरु बिहान दिउसो बिद्यार्थीका लागि आवाज उठाउथ्ये, र रात परे पछि बियर का बोतल उठाउदै ती कुरा बिर्सिन्थ्ये !

२० रुपैयाँको चना मा एक ग्लास चिया पिएर घरको दु :ख सम्झी क्याम्पसको अन्तिम कक्षा छोडेर साहु को काम गर्न हतार हतार कलेज लगाएर गएको ड्रेस मै काम गर्न पुग्ने हामी क्याम्पसको अन्तिम कक्षा पढाउने सर कस्तो थियो भन्ने सम्म थाहा पाउन सक्दैनौ !

आफ्नै साथी हरु बा आमाले किनि दिएको 220 पल्सर मा कलेज कै सबै भन्दा राम्री केटि लाई हालेर दौडिदा, मायाका टुसाहरु हाम्रो मन मा पनि नपलाएका त हैनन !
तर हाम्ले त्यति महँगो माया दिन नै कहाँ पो सक्थ्येउ र कहिले फिल्म हल कहिले महँगो रेस्टुरेन्ट , कहिले शहर वरिपरिका पार्क होटल लान हामी कहाँ पो सक्थ्येउ र,

आँखा ले हेरेर, केही छिन बोलेर, कलेज छेउ कै सस्तो चिया र समोसा पाउने होटलमा हाम्रो मायाको पर्खाई मा कोहि बस्दैन थिए, मन ले चाहेको मान्छे लाई परिवारको स्थिती बताउदा अनायासै एक अर्का लाई छुटाई दिन्थ्यो , हामी मध्यम वर्गिय का छोराछोरी माया प्रेमको बारेमा सोच्न समेत औकात ले भ्याउदैन थियो | पाउने लाई कदर नभए जस्तै, हुनेखाने का सन्तान संग सम्बन्ध टुटेर सबै चोखा प्रेम गर्ने मान्छे लाई एउटै तराजुमा राखेर तुलना गरिन्थ्यो All boys are same , all girl’s are same भन्दै !

बिहान ५ बजे देखि उठेको एक योद्धा , हतार हतार क्याम्पस का पढाइ सकेर हतार हतार काम मा दौडिएर थकित मुद्रामा राती त्यो किचेन र्याक , पानीका भाडा , सानो टेबल र खुट्टे खाट भएको कोठा मा पुग्दा नपुग्दै घर बाट फोन आउथ्यो , बाबू केही खर्च छ भने पठाई दे, तल्लाघरे को महिना मरेको थियो सावाँ तिर्न नसके पनि ब्याज तिर्न पाए हुन्थ्यो, हामी अब काम गर्न नसक्ने भा छौ, सबै तेरै भर त हो नि बाबू भन्दै !

एकै छाक मा दुई छाक लाई पुग्ने गरि बनाएको दुई गाँस भात च्यापेर सुतेका हामी बा ले बनाएको पुरानो घर पिल्लर उठाएर बनाउने सपना देख्न थाल्छौ , आमाका ती उदाङ्गो गला सुन ले सजाई दिने सपना देख्छौ, बहिनीको बिहे राम्रै सग गराई दिने सपना देख्छौ !
अरुका लागि बाच्न सिकेर होला , आफ्ना इच्छा आकाङ्क्षा र रहर हरुलाई निर्मम तरिकाले मार्न राम्रै बाइक चड्ने , राम्रै लुगा लगाउने, राम्रै बनेर हिड्ने , राम्रै गलफ्रेण्ड बनाउने, रहरहरुलाई मार्न कोहि मध्यम वर्गिय परिवारका सन्तान बाट सिकुन

रविन साप्कोटा यम. आर. आर.


Loading comments...