Lifestyle Portal
  •   २० जेष्ठ २०८०, शनिबार

तिनाँउ किनारको गीतमा लुकेका फरक सांगितीक वासना

१ आश्विन २०७६, बुधबार १५:२९


भर्खरै बटौली वोलको गीतको म्यूजिक भिडियो सार्वजनिक गरिएको छ । नेपाली गाँउघरका जीवनशैलीलाई टपक्क टिपेर गीतमा कथा बनाएर ढाल्न खप्पीस नविन चौहानको निर्देशनमा एउटा हेर्नलायक र शानदार म्यूजिक भिडियो बनेको छ ।

सिनेमेट्रोग्राफिक एफेक्टहरु केहि पनि नहालीकन बनाइएको यो भिडियोमा विपीन कार्कीको जिवन्त अभिनय छ । रामायण, स्वस्थानी लगायत भागवत देखि दोहोरीर रोदीघरसम्मका नेपाली समाजका आयामहरुमा गीतसंगितलाई कथासंग जोडेर गीतीकथाका रुपमा पस्किने चलन थियो, अहिले आएर यो चलनमा गीतलाई कथासंग जोडेर भिडियोका रुपमा पस्किने चलन बढ्दो छ । बटौलीमा यस्तै केहि कुरा छ जुन अधिकांश नेपाली गीतका भिडियोहरुमा देख्न पाँइदैन्, दृश्य, परिवेश र परिवृतिले गीतलाई पूर्णत नेपाली बनाइदिएको छ ।
बटौली अर्थात बुटवल, तिनाँउ किनारको शहर अनि तिनाँउ किनारको यस गीतमा नेपाली समाजमा पच्ने सभ्य यौन चाहका कुराहरु देखाइएको छ । गीतको कथा र प्रस्तुतिमा धेरै नौलोपना पनि छ, गीत शुरु हुन अगावै देखाइएका दृश्यहरुले पात्र र पात्रको उदेश्य स्थापीत गरेपछि सलल गीत बगेको छ । तानसेन परतिरको एउटा सामान्य गाँउको चित्रण गरिएको ठाँउबाट विपिन कार्की आफ्नी सानैमा बिवाह भएकी र माइतमा १२ वर्षदेखि बसिरहेकी श्रीमती लिन जान्छन् । उन्मा भएको श्रीमतीको माया र वयस्क स्वरुपमा हुने यौन चाहनालाई यति मजाले दर्शाइएको छ कि सैयौँ विदेशी गीतका शव्द र एनीमेशन र एफेक्ट हालिएका भिडियोहरु पनि यसका अगाडि केहि देखिँदैन । सामान्य गाँउले परिवेशमा देखिएका विपिन र उन्की अनस्क्रिन श्रीमतीको अभिव्यक्ति यति मिठो छ कि मानौं पारिजातका उपन्यासका पन्नाबाट पूर्ण पात्रहरु भर्खरै निस्केका छन् । यौन शव्दलाई बेचेर अनि उत्तेजक अभिव्यक्तिको खेती गरेर भिडियो अनि चलचित्र चलाउने हरुका लागि यो गीत वलियो जवाफ हो, यहाँ छोरा बुहारी ल्याउन एक दिन पनि कुर्न सक्ने अवस्थामा छैन र बुवालाई सोझै म कुर्न सक्दिन भन्दिन्छ, सुन्दा सहजै पच्छ अनि सभ्य पनि छ ।

बुवाले छोराको मधुमासका लागि घरमा नयाँ कोठा बनाँउदै हुन्छन्, छोरा उक्त कोठामा श्रीमतीको उपस्थिति देख्नका लागि आतुर छ ।
ससुराली कोट र झोला भिरेको छोराले आफू पनि चुरोट तान्दै अनि श्रीमतीलाई पनि चुरोट दिएर घर फर्कदैं छ । केहि मिनटको गीतमा ५० वर्षको नेपाली जिवनका हरेक पाटाहरु देखिएका छन्, डोकोबाट चाउचाउ चोर्ने र पसलबाट सेल चोर्ने बच्चाहरुको रमाइलो देखि बाटोमा बटुवाहरु वास बस्दाको आभाससम्म यस गीतमा छ ।

यतिका धेरै कुराहरु गीतमा राखेर भिडियो निर्माण गर्ने निर्देशकको महत्वाकाँक्षा साकार पनि भएकै देखिन्छ । यौनका चाहनालाई सभ्यरुपमा पस्कनु गीतको बेजोड सबल पक्ष हो है, केशि मिनटको गीतमा सग्लो नेपाल देखिन्छ, मौका पर्दा हेर्नुहोला । तिनाँउ किनारको गीतमा सांगितिक पक्ष पनि उस्तै अब्बल छ भनें अर्को मिठो पक्ष यसको शव्द हो । टपक्कै नेपाली भाकामा अटाउने शव्द र नेपाली परिवेशको भिडियो गीतमा यसरी सिन्क भएको छ कि मानौं श्रावणको महिनामा आकाशमा वादल घुले झैं घुलेका छन् । शहरको बस देखि गाँउको रससम्म यो गीतमा स्पष्ट देखिन्छ, एकफेर हेर्न नभुल्नुहोस् ।

सुयोग ढकाल

पुरा भिडियो हेर्नको लागि

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

‘मेरो गाउँ, मेरो ठाउँ’ भिडियो च्यालेन्ज २०२३ का लागि विभिन्न दस विधामा ७० वटा वृत्तचित्र मनोनयन भएका छन् । देशैभरबाट

सोलुखुम्बु — नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले सोलुखुम्बुमा ध्यान केन्द्र र गुम्बाको शिलान्यास गर्नुभएको छ। बुद्ध जयन्तीका अवसरमा राजदूत

जारी फिल्म सुखद रुपमा चलिरहेको छ । हिजो छोरीको स्कुल जानु पर्ने थियो ब्यस्तताले जान पाईन । नानीको आमालाई छोरीसँग

कीर्तिमानी आरोही फुर्वा बने युरोपकै ठूलो राष्ट्रिय निकुञ्जको सद्भावना दूत कीर्तिमानी आरोही फुर्वा तेन्जिङ शेर्पालाई इटालीस्थित युरोपकै ठूलो राष्ट्रिय निकुञ्जले