
संचारकर्मी दिनेश डिसी “प्रबल जनसेवा श्री”बाट सम्मनित
३ आश्विन २०७६, शुक्रबार १८:२२
काठमाडौँ : राष्ट्रिय जीवनका कुनैपनि क्षेत्रमा प्रशंसनीय काम गर्ने नेपाली नागरिक वा नेपालको हितमा विशेष योगदान पुर्याउने विदेशी नागरिकलाई जनसेवाश्रीे मानपदवी यो बर्षको विभिन्न कलाकार समेतलाई प्रदान गर्न लागिएको छ । अवार्ड पाऊनेमा नेपाल चलचित्र निर्देशक समाजका निवर्तमान अध्यक्ष, सिनेमा सर्कल नेपालका अध्यक्ष समेत रहेका आवाजको दुनियाको साथी ऊपनामले चिनिने कलाकार, चलचित्र निर्देशक एंव रेडियो कान्तिपुरका स्टेशन म्यानेजर दिनेश डिसी, नायक निखिल ऊप्रेती, नायीका श्वेता खड्का, वरिष्ठ कलाकार वसुंधरा भुशाल, भुवन चन्द, शुरेश अधिकारी, स्व खुशीराम पाख्रिङ, नारायण देवी प्रधान, एक नारायण भण्डारी आदि रहेका छन् ।
नेपाल सरकारको नियम बमोजिम पॉच प्रकारका जनसेवा श्री पदक हुने गर्दछन् ।
(क) प्रथम श्रेणी – सुप्रसिद्ध प्रबल जनसेवा श्री ।
(ख) द्वितीय श्रेणी – प्रसिद्ध प्रबल जनसेवा श्री ।
(ग) तृतीय श्रेणी – सुप्रबल जनसेवा श्री ।
(घ) चतुर्थ श्रेणी – प्रबल जनसेवा श्री ।
(ङ) पञ्चम श्रेणी – जनसेवा श्री ।
यसमध्ये अधिकांश कलाकार क्षेत्रका ब्यक्तित्वले तृतीय र चतुर्थ श्रेणीको प्राप्त गर्नुभएको हो ।
जनसेवाश्री मानपदवी चतुर्थ श्रेणी प्राप्त गरेका दिनेश डिसी सरकारबाट सर्प्राईज खुशी मिलेको बताऊछन् ।
कस्तो हुन्छ प्रवर जनसेवा श्री मानपदवी ?
यस मानपदवीको प्रतीक समूहमा मण्डन र पट्टिका हुनेछन् ।
(क) मण्डन : यो मण्डनको अग्रभाग अष्टकोणयुक्त हुनेछ । यसको व्यास ७ सेन्टिमिटर को हुनेछ । चारवटा कोणहरुमा सात–सातवटा चाँदीका किरणहरु हुनेछन् । चारवटा कोणहरुमा तीन–तीनवटा चारपाटे चाँदीका किरणहरु हुनेछन् । किरणहरुको मध्यभागमा ३.६ सेन्टिमिटर व्यास भएको बाहिरी वृत्त र २.४ सेन्टिमिटर व्यास भएको भित्री वृत्त हुनेछन् । बाहिरी वृत्तभित्र रातो मिनामा वृत्तको माथिल्लो भागमा यस मानपदवीको आदर्श वाक्य “सेवा नै परम धर्म” र तल्लो भागमा यस मानपदवीको नाम “जनसेवाश्री” लेखिएको हुनेछ । मध्यभागमा सुनको पृष्ठभूमिमा सुनबाट बनेको नेपालको नक्सा र राष्ट्रिय झण्डा अंकित हुनेछ । यो मण्डन पट्टिकाको साथमा लगाइनेछ ।
(ख) पट्टिका : पट्टिका : पट्टिका : रेशमले बनेको यो पट्टिकाको चौडाई ३.८ सेन्टिमिटर हुनेछ । बीचमा पहेलो, पहेलोको
दायाँबायाँ रातो र रातोको दायाँबायाँ सेतो धर्काहरु र दुवै किनारामा निलो धर्काहरु हुनेछन् ।
संविधान दिवसको अवसरमा पदवी पाऊने सम्पुर्ण कलाकार तथा अन्य क्षेत्रका सम्पुर्ण ब्यक्तित्वहरूमा हार्दिक बधाई एंव शुभकामना ।
जनसेवा श्री तेस्रो र चौथो पाऊने कलाकारिता क्षेत्रका प्रतिनिधिहरू
भुवन चन्द
बसुन्धरा भुसाल
भैरव बि थापा
नारायण देवी प्रधान
दिनेश डिसि
मनोज गजुरेल
निखिल उप्रेती
बद्रि पंगेनी
धिरज राई
जसमाया गुरुङ
टंक आचार्य
नारायण ओली
स्वेता खड्का
राम कृष्ण दुवाल
चेत नारायण राई
सुरेश अधिकारी
एकनारायण भण्डारी
धर्मराज गुरुङ
शान्तिराम राई
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाण्डौ । काठमाण्डौमा गत आइतबार सम्पन्न भारतको प्रतिष्ठित ‘क्याप्टिभेटिङ क्रिएसन अवार्ड २०२३’को छैठौं संस्करणमा वरिष्ठ कलाकार हरिवंश आचार्य, विशिष्ट संगीतकार
भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतकी राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेटवार्ता भएको छ । भारतको राष्ट्रपति भवनमा
भारतको चारदिने औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतका उपराष्ट्रपति जगदीप धनखडसँग शिष्टाचार भेटवार्ता भएको छ । भारतको
चार दिने औपचारिक भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको विकास र समृद्धिको प्रमुख साझेदार भारत भएको बताउनुभएको छ