Lifestyle Portal
  •   १० आश्विन २०७८, आईतवार

दशैंको टीकाको मन्त्र नेपालीमा पनि भनौं है

१२ आश्विन २०७६, आईतवार ०७:१०

दशैंमा टीका ग्रहण गर्दा मान्यवरहरुले भनेंर लगाउने आर्शिवाद अनि त्यसको महत्व संस्कृत भाषामा पढिन्छ, टीका लगाँउदै पढिने यस्ता मन्त्रहरु को सरल अनुवाद नेपालीमा नभनिदिँदा कैयन संस्कृत नबुझ्ने पुस्ताहरु मन्त्रको बिशेषता र ज्ञान बाट बञ्चीत छन् । हामीमध्य पनि धेरैले धेरै पटक यस मन्त्रोच्चारण संगै टीको नथापेका कहाँ हौं र ? तथापि अर्थ भनें खासै थाहा नहुन सक्छ, हैन र ?
महिला अनि पुरुषहरुका लागि बेग्लाबेग्लै मन्त्र रहेका छन् जसमा पौराणीक चरित्रहरु संग दाँजेर ति अनुसारका गुणहरु टीका ग्रहण गर्ने व्यक्तिमा होस् भनि आशिष दिईन्छ । यसपालाको दशैंबाट यी मन्त्रहरु लाई सरल नेपाली भाषामा सबैले बुझ्ने गरि पनि दोहोर्याउने पो हो कि ?
अर्थ नबुझेसम्म त महत्व पनि त थाहा हुँदैन् ।

पुरुषका लागि

आयुर्द्रोणसुते श्रीयं दशरथे शत्रुक्षयं राघवे ।
ऐश्वर्य नहुषे गतिश्च पवने मानञ्च दुर्योधने ॥
शौर्य शान्तनवे बलं हलधरे सत्यञ्च कुन्तीसुते ।
विज्ञान बिदुरे भवति भावताम किर्तिश्च नारायण ॥

द्रोणको छोराको जस्तो आयू होस् , अर्थात द्रोणका छोरा अस्वस्थामा हुन् । एक पटक अस्वस्थामाले अभिमन्यूकी पत्नी उत्तरालाई हतियार प्रहार गरेका हुन्छन्, यसको श्रापमा भगवान कृष्णले उन्लाई ३ लाख बर्षसम्म बाँच्नै पर्ने तथ्यबाट श्रापित गरेका छन् । यस भनाई बाट द्रोणका पुत्रको जस्तो आयू त एउटा प्रत्यक्ष कथन मात्र हो, अर्को तर्फ जीवनको मुल्य अनि असल कर्म गर्न पनि प्रेरित गरिएको छ ।

दशरथको जस्तो श्रीसम्पती होस् अनि राम अर्थात राघवको जस्तो शत्रुलाई परास्त पार्न सक्ने क्षमता होस् भनिएको हो ।

ऐश्वर्य नहुषे अर्थात नुहष स्वर्गका निमित्त राजा हुन् । देवराज ईन्द्रको अनुपस्थितीमा नहुषले स्वर्गमा राज गरेका हुन्छन् । आफ्नो राजकाजमा अत्यन्त बिलासी जीवन बाँचेका नहुषको जस्तो सुख ऐश्वर्य होस् भनिएको हो । रोचक कथन के छ भनें नहुषले ईन्द्र देव कि श्रीमती सचीको भोग गर्ने लालसा राखेका हुन्छन् र यो दुस्साहसकालागि उन्लाई पृथ्वीमा हजारौं बर्ष किराका रुपमा बाँच्न पर्ने श्राप लागेको हुन्छ ।
ऐश्वर्य को सिमा अनि सत्यताको वकालत पनि नहुष को उदहारणले सबैलाई यस मन्त्र मार्फत गरेको छ ।
पवन अर्थात वायूको जस्तो गति होस् भनेंर अपेक्षा गरिएको छ । घर भन्दा पर हुनुहुन्छ भनें पनि यि नेपालबाट शहने हावाका झोंकाहरुले हामीलाई अनि तपाँईलाई शिघ्रादिशिघ्र देशको माया प्रवाह गरिरहेछन् ।

त्यसै गरि दुर्योधनको जस्तो मान होस् , दुर्योधनले आफूले हार्ने जान्दाजान्दै पनि आफ्नो बचन अनि मानका लागि महाभारत युद्ध लडेका हुन् । आफ्ना मानका खातिर रत्तिभर पनि नझुक्ने दुर्योधनको यो प्रवृतिलाई पनि मन्त्रले समावेश गरेको छ ।
सूर्यका सुत अर्थात सूर्य पुत्र कुन्तीको जस्तो दान गर्ने मनशाय र भाव होस् भनिएको हो । जन्मदै लगाएर आएका कवच पनि ईन्द्रलाई दान दिएका अनि त्यही दानका कारणले कमजोर भएका कर्ण को युद्धमा पराजय र बिरगती हुनजान्छ ।
हलधर अर्थात हलो बोकेर हिड्ने बलरामको जस्तो बल होस् भनिएको हो । भीम, दुर्योधन लगायत अन्य धेरै पौराणीक पात्रहरुका कुस्ती गुरु बलरामको बलको चर्चा शास्त्रहरुले यथेस्ट गरेको छ । कुन्ती पुत्र यूधीस्ठीरको जस्तो सत्यता होस् भनिएको छ, उनले जीवनकालमा केवल एकफेर मात्र झुठो बोलेका भनिएको छ । स्मरण रहोस् हिन्दु धर्मशास्त्रमा सत्य भन्नाले सत्यता मात्र नभईकन पवित्र जिवनशैली पनि हो ।

अन्तमा बिज्ञानका लागि प्रसिद्ध एकजना कलाकौशलताका धनी बिदुर लाई संवोधन गरिएको छ । उनी जस्तै कला, दर्शन अनि सिपमा कौशल रहनु भन्दै माथि उल्लेखित सबैजनाको गुण कायम होस् भनिएको हो ।

महिलाको लागि
जयन्ती मङ्गला काली भद्रकाली कपालिनी ।
दुर्गा क्षमा शिवा धात्री स्वाहा स्वधा नमोऽस्तु ते ॥
जयत्वं देवी चामुण्डे जय भूतार्तिहारिणि ।
जय सर्वगते देवि कालरात्रि नमोऽस्तु ते ॥

यस मन्त्रलाई आरोग्य मन्त्र पनि भनिन्छ ।

मंगलगुण कि देवी अनि सदासर्वदा विजयी जयन्तीप्रति हार्दीक नमन ।
जिवन र मृत्यू की नियन्त्रक काली माता जो समयको परिधी बाहीर छिन्, उनी प्रति नमन र मानव खप्पर को माला लगाएकी कपालिनी प्रति हार्दीक नमन
दुर्गतीको नाश गर्ने दुर्गा प्रति नमन अनि एकाकार र सर्बशक्तिमान शिव प्रति नमन । क्षमा की देवी क्षमा प्रति नमन, र सबै जीवकी दाती धातृ प्रति नमन, हरेक यज्ञ र दानपुण्य कि देवी स्वाहा प्रति नमन, मानवका हरेक यज्ञ दानपुण्य कि संक्ल्प देवी स्वधाप्रति नमन । सबैजना देवीलाई हार्दीक नमन

यस पालाको दशैंमा मन्त्र मात्र नभट्याएर आँउदा पुस्तालाई अर्थ पनि बताउने थाल्ने कि ?
दशैं शुभ होस्
जमरा र अक्षताको शुभ प्रभाव कायम रहोस्

सुयोग ढकाल

प्रतिक्रिया दिनुहोस !
Loading comments...
सम्बन्धित खबरहरु

काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाभित्रका स्वास्थ्य मापदण्ड पूरा गरेका विद्यालयले १० असोजदेखि भौतिक रूपमा विद्यार्थीलाई उपस्थित गराएर पठनपाठन गर्ने सक्ने भएका

काठमाडौंः सरकारले विदेशी पर्यटकका लागि क्वारेन्टिनको व्यवस्था हटाएको छ। कोरोनाको विरुद्धको भ्याक्सिन लगाइसकेका पर्यटकका लागि सरकारले क्वारेन्टिन बस्नु पर्ने नियम

काठमाण्डौ । मुलुक बजेटविहीन हुने निश्चित भएको छ । सरकारले ल्याएको प्रतिस्थापन विधेयक संसदमा विचाराधीन रहेको र र अघिल्लो सरकारले

भूमिका तिमल्सिना/काठमाण्डौ । दशैं नजिकिँदै गर्दा खाद्य व्यवस्था तथा व्यापार कम्पनीले उपत्यकाका लागि खसीबोका तथा च्यांग्रा ल्याउने तयारी थालेको छ