Lifestyle Portal
  •   २१ असार २०७९, मंगलवार

बिट कोईन जस्ता क्रीप्टोकरेन्सी , के र कसरी हुन्छ प्रयोग ?

९ आश्विन २०७६, बिहीबार ११:३८

गएका शताब्दीहरुमा अर्थतन्त्रले भौतिक रुपमा छुन मिल्ने, अनुहार भएका कागज अनि धातुका मुद्रँहरु देखेको छ । सुस्तरि डिजिटल प्रविधीको शुरुवात संगै भर्चुअल मुद्राहरुको अवधारण र केही प्रयोग शुरु भएको हो । क्रिप्टोकरेन्सी पनि यस्तै भर्चुअल मुद्राका स्वरुपहरु हुन् । भर्खरै नेपालमा यस्ता करेन्सीहरु रोक लगाएको कुराहरु आएका छन्, आउनुहोस् जानौं यस्ता करेन्सीहरु का बारेमा ।

क्रिप्टोग्राफी बाट क्रिप्टोकरेन्सी हुन गएको हो, क्रिप्टोग्राफी भनेंको भौतिक जानकारीहरु लाई अरुले थाहा नपाउने गरि डिजिटल फर्ममा क्रयाक गर्न नमिल्ने गरि राख्ने तवर हो । यसरी डिजिटल रुपमा यस्ता करेन्सीहरु को विनिमय र हस्तान्तरण हेरिने र नियन्त्रण गरिने हुन्छ ।
क्रिप्टोग्राफी दोश्रो बिश्वयुद्ध ताका सैनिकहरु को सञ्चार गर्न, युद्धपोतहरु बिच कुराकानी गराउन अकं लगायत अरुले नबुझिने पालसी भाषा मार्फत जानकारी आवतजावत गराउन गरिएको प्रविधी हो । सुस्तरि क्रिप्टोग्राफी ले गणीत र सञ्चारको अदभूत नवप्रवर्तन ल्याउन सफल भयो, सञ्चारको डिजीटल एराको शुरुवात नै यही क्रिप्टोग्राफी बाट भएको भन्दा फरक नपर्ला ।
शरुमा कागजमा मुद्रा, अनि बैंकका चेक लगायत एटीम, डेबिड अनि क्रेडिट कार्ड लगायत अनलाईन पेमेन्ट सम्म आएको अर्थतन्त्रका लागि क्रिप्टोकरेन्सी नौलौ स्वरुप हो ।

नेपालमा मात्र नभई बिकसीत बिभिन्न देशरुमै पनि यो अवधारण नौलो रुपमा हेरिएको छ, कत्ति देशको साईबर कानुनले सोच्दै नसोचेको परिवेशसम्म क्रिप्टोकरेन्सीको परिवृत फैलिएको छ ।
बिश्वको प्रथम क्रिप्टोकरेन्सी चाँही सन् २००९ बाट शुरु भएको बिटकोइन हो । अहिले सरर गुगलमा हेर्ने मात्रै हो भनें पनि करिश ९०० हाराहारीमा क्रिप्टोकरेन्सी हरु पाइन्छ ।

क्रिप्टोकरेन्सी हरुले कसरी काम गर्दछ ?

बैकंमा नाम र विवरणहरु प्रयोग नगरि सरल र बिश्वसनिय हिसाबले पैसा राख्न र कारोवार गर्न यस्ता मुद्राहरु बनाइएको हो । बहुवितरणीय सार्वजनिक लेजरका रुपमा व्लकचेन लाई प्रयोग गरिन्छ ।
यो प्रविधी अत्यन्त बिकेन्द्रीत हुन्छ र यस्ता व्लकचेनमा कारोवारी आँफैले कारोवारका विवरणहरु रेकर्ड गर्दछन् ।
अचम्मको कुरा त के हो भनें बिश्वको पहिलो क्रिप्टोकरेन्सी बनाउने कम्यूटर जिनियस सातोशी नाकोमोटो को हुन भन्ने कुरा अहिलेसम्म कसैलाई प्रमाणका साथ थाहा छैन् ।

यसरी क्रिप्टोकरेन्सी बाट कारोवार गर्दा सरकार या संयन्त्र कसैलाई कारोवारको बारेमा थाहा हुँदैन जसले गर्दा लागुऔषध कारोवारी लगायत अन्य गैरकानुनी धन्दाका कारोवारीहरु लाई रकम लिनदिन सहज हुने भय रहन्छ ।

क्रिप्टोकरेन्सी का एकाईहरु माइनिगं भन्ने प्रक्रियाबाट तैयार गरिन्छ, अत्यन्त जटिल गणीतीय प्रक्रिया र हिसाब बाट तयार गरिने यस्ता करेन्सीलाई स्थानीय स्टोर या दलाल मार्फत खरिद गरेर आफ्नो भर्चुअल खल्तीमा राख्न सकिन्छ ।
यदि क्रिप्टोकरेन्सी को प्रयोग बढेर जाने हो भनें शेयर कारोवार लगायत बन्ड अनि थुप्रै कारोवार हरु यसै मार्फत हुने र अन्ततोगत्वा बैकं लगायतका बित्तिय संस्थाहरु नै बाइपास हुने संभावना पनि छ ।

यस बिषयमा स्पष्ट संग नबोलेको नेपाली कानुनी परिवेश र अर्थव्यबस्थामा अहिले भनें क्रिप्टोकरेन्सी बन्द गर्ने नियम ल्याइएको छ । नेपालीहरुको पनि मौन रुपमा यस करेन्सीमा लगानी भएको कुरा भनें जगजाहेर नै छ ।
बैंकमा खाता खोलेपछि मात्र केही रकम लिएर पैसा कारोवार हुने चलन लाई क्रिप्टोकरेन्सी ले बिना खाता र नाम या विवरणको पूर्ण जानकारी बिना नै एउटा अन्जान व्यक्ति या नामले कारोवार गर्न सहज बनाएको छ ।
क्रिप्टोकरेन्सी भर्चुअल्ली सबैका लागि हरदम उपलव्ध छ । यसो भन्दैमा क्रिप्टोकरेन्सी फाईदा जनक नै छ भन्ने छैन्, मानिस बीचको नभई कम्प्यूटर र डिजीटल आधारमा गरिने यो कारोवार उत्तिकै जोखिम पूर्ण छ ।
भोली आफ्नो लगानी हराएमा कहाँ जाने रु कसलाई भन्ने ?
क्रिप्टोकरेन्सी मा यो सुबिधा न्यून छ ।
स्मरण रहोस् यसअघि पनि बिभिन्न नेकवर्किगं व्यवसाय र मुनाफाको लोभमा नेपालीहरु को धेरै लगानी डुबेको छ ।
बिश्व मानचित्रमा क्रिप्टोकरेन्सी को बैधानिक र फाईदाजनक प्रयोग हुन शुरु भएमा नेपालमा पनि यसलाई स्वागत गरिन जरुरी छ अन्यथा केहीसमय बुझ्न पर्ने देखिन्छ ।
रातारात धनी हुने सपनामा भएका सम्पती पनि दाउमा नलगाऔं, क्रिप्टोकरेन्सी नेपालमा बन्देज लगाइएको छ ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

लोकप्रिय पोखरेली सांगीतिक ब्यान्ड ‘कन्दरा’ र ‘नेपग्याज्म लाइभ इभेन्ट’ (एनएलई) कम्पनीबीच व्यवयसायिक सम्झौता भएको छ । २०७९ असार ७ गते

भारतका माननीय रेल मन्त्री र माननीय पर्यटन मन्त्रीले आज संयुक्तरुपमा दिल्ली रेल्वे स्टेसनमा हरियो झण्डा देखाई भारत र नेपाल जोड्ने

भारतीय सांस्कृतिक सम्बन्ध परिषद्का अध्यक्ष डा. विनय सहस्रबुद्धेले यही मिति २०७९ जेठ ३१ देखि असार २ गते सम्म काठमाडौं भ्रमणका

भारत सरकारको अनुदान सहयोगमा निर्माण भएको श्रीफौद सिंह जनता मावि, लालबन्दी नगरपालिका–१७, रानीगञ्ज, सर्लाही जिल्लाको दुईतले भवनको उद्घाटन सम्पन्न भएको