
के लेखिएको छ महराको ‘राजिनामा पत्रमा?’
१४ आश्विन २०७६, मंगलवार १३:५८
प्रतिनिधि सभाका सभामुख तथा नेकपाका प्रभावशाली नेता कृष्ण बहादुर महराले प्रतिनिधि सभाका उपसभामुखको नाममा पत्र लेख्दै आजैको मितिदेखि छानविन प्रक्रिया नसकिदासम्मका लागि भन्ने आशयको राजिनामा दिनुभएको छ ।
संसद सचिवालयको महिला कर्मचारीद्वारा ‘महराले मदिरा सेवन गरी बलात्कार गरेको’ भन्ने आरोप लागेका प्रतिनिधि सभाका सभामुख कृष्ण बहादुर महराले केही बेर अघि राजीनामा दिएका छन् ।
हिजो अपरान्हबाटै विभिन्न मेडियामा आएका समाचार पश्चात महराको सचिवालयले चरित्र हत्या जस्तो आशयको हिजै प्रेस विज्ञप्ती जारी गरेको थियो । आज बिहानै सत्तारुढ दल तथा नेकपाका अध्यक्षद्वयले यस विषयमा लामो समय छलफलमा जुटेका थिए । नेकपा कै सुझावमा महराले राजिनामा दिएका हुन् ।
संघिय संसद नेपाल प्रतिनिधिसभाको लेटरप्याडमा सभाभुखले सही छाप गरी सार्वजनिक गर्नुभएको राजिनामा पत्रमा के लेखिएको छ ?
माननीय उपसभामुख
प्रतिनिधि सभा
सिंहदरबार, काठमाण्डौ ।
विषयः राजीनामा सम्बन्धमा
हिजोदेखि विभिन्न सञ्चार माध्यममा मेरी चरित्रमा गम्भीर प्रश्न उठाई लगाइएको आरोपबारे सत्यतथ्य, निष्पक्ष र स्वतन्त्र छानविनका लागि अनुसन्धान गर्न सहज होस् भनी नैतिकताका आधारमा आजकै मितिदेखि छानविन प्रक्रिया नसकिदासम्मका लागि राजिनामा दिएको छु ।
मितिः २०७६।०६।१४
कृष्ण बहादुर महरा
सभामुख
—
राजिनामा पत्र जस्ताको तेस्तैः
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतकी राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेटवार्ता भएको छ । भारतको राष्ट्रपति भवनमा
भारतको चारदिने औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतका उपराष्ट्रपति जगदीप धनखडसँग शिष्टाचार भेटवार्ता भएको छ । भारतको
चार दिने औपचारिक भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको विकास र समृद्धिको प्रमुख साझेदार भारत भएको बताउनुभएको छ
प्रधानमन्त्री पुष्पकमल दाहल प्रचण्डले आफ्नो चार दिवसीय भारत भ्रमणका क्रममा आज दोस्रो दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसंग दिल्लीमा भेटवार्ता गर्नुभएको