हेगस्थित साउदी दुतावास भएको गल्लीको नाम खसोग्गी गल्ली राखियो


एक वर्ष अघि टर्कीमा हत्या भएका साउदी मूलका अमेरिकी पत्रकार खसोग्गीको संझनामा नेदरल्याण्ड हेगमा भएको साउदी दुतावास जाने गल्लीको नाम नै खग्गोशी गल्ली राखिएको छ । एम्एनएस्टी ईन्टरनेशनलले आयोजना गरेको कार्यक्रममा उक्त दुतावास जाने नहरको नामलाई खग्गोशी नहर र गल्ली राखिएको हो । साउदी सरकारलाई खसोग्गीको हत्याको आरोपमा न्याय दिलाउन यो कदम एउटा रचनात्मक कदम मानिएको छ ।
उता नर्वेको ओस्लोमा भनें प्रर्दशनकारीहरुले साउदी दुतावास अगाडि खसोग्गी हत्याको एउटा क्राईम सीम ड्रामा देखाउने भएका छन् । अक्टोबर महिनामा खग्गोशी हत्याको वर्ष दिन पुग्दैछ तर यो हत्याकाण्डमा पीडितले भनें न्याय पाएका छैनन । उनको हत्या साउदी अरबी काउन्सुलेटको कार्यालयमा आफ्नो बिवाह दर्ताको कागजपत्र लिन जाँदा भएको हो ।

यो पनि पढ्नुहोस : मैले खसोग्गी मारेको हैनः साउदी राजकुमार


Loading comments...