Lifestyle Portal
  •   ३० बैशाख २०७८, बिहीबार

जापानको हागाविज आँधी

२९ आश्विन २०७६, बुधबार ११:३७

टाइफुन हागाविजको काराणले जापानमा करिब ६६ जनाको मृत्यु भइसकेको छ । यस तुफानका कारण अत्याधिक वर्षा भएर नदिका सतह बढ्न गएको र आसपासका क्षेत्रहरु सबै तहसनहस पारिदिएको छ ।
अझै पनि उद्धारकर्ताहरु भग्नावशेषबाट जिवितको उद्धारमा लागिरहेका छन् । जापानी टिभी एनएचके का अनुसार करिब १ लाख घरहरुलाई क्षती पुगेको र घरहरु बगेका छन् भनें ९०० घरहरु आशिंक रुपमा या पूर्णतया नष्ट भएको छन् ।

मगंलवार यता मात्र १५ जना हराइरहेका छन् भनें २०० भन्दा बढिलाई गम्भीर चोटपटक लागेको छ । शनीबारबाट यस हागाविज नामको आँधीले जापानका तटिय क्षेत्रहरुमा बिध्वशं मचाउन शुरु गरेको छ, क्योडो समाचारका अनुसार करिब १३८,००० घरहरुमा पानीको सुबिधा नरहेको र अझै पनि करिब ३४ हजार घरहरुमा बिजुलीबत्तिको सुविधा काटिन गएको बताइएको छ ।

अहिलेसम्म मापन नगरिएको वर्षा यस टाइफुनपछि भएको छ जस्ले गर्दा यसै हप्तामात्र वार्षिक हुने वर्षाको करिब ४० प्रतिशत वर्षा भइसकेको खबर छ । केहि क्षेत्रहरुमा त २४ घण्टा भित्रै ३ फिट बढि पानी जम्मा भएको छ । २०० भन्दा धेरै खोलाहरुमा बाढी आएको खबर छ ।

लाइभमाण्डु

प्रतिक्रिया दिनुहोस !
Loading comments...
सम्बन्धित खबरहरु

बिश्वब्यापी महामारीको रूपमा बिश्व लाइनै पुर्ण प्रभाव पारेको अवस्थामा म पनि यश बाट प्रभावित भइ आज १४औ दिनमा आइसोलेसनबाट बाहिर

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीले कोभिड–१९ को रोकथाम, उपचार र नियन्त्रणका लागि नयाँ कदम आवश्यक रहेको बताएका छन्। मन्त्रालयले मंगलबार

काठमाडौं । मौजुदा संकट निवारणका निम्ति जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले सर्वदलीय सरकार गठनको अवधारणा अघि

काठमाडाैं । कोरोना भाइरसको महामारी नियन्त्रण गर्न नेपालमा अन्तर्राष्ट्रिय हवाई उडानमाथिको प्रतिबन्ध आउँदो जेठ १७ गते सम्म लम्बिएको छ ।