Lifestyle Portal
  •   ४ चैत्र २०७९, शनिबार

अन्तराष्ट्रिय खगोल ओलम्पियाडमा नेपाललाई कास्य पदक

१० कार्तिक २०७६, आईतवार १२:२०

लोकप्रिय

रोमानियामा सम्पन्न चौविसौं अन्तराष्ट्रिय खगोल ओलम्पियाडमा नेपालले कास्य पदक जितेको छ।

नेपालमा सम्पन्न छैठौं राष्ट्रिय खगोल ओलम्पियाडमा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरुमध्ये ५ जना विद्यार्थीले यस अन्तराष्ट्रिय प्रतियोगितामा नेपालले कास्य पदक जितेको हो।

 

नेपाल लगायत २० देश सम्मिलित उक्त प्रतियोगितामा नेपालका लागि राहुल रञ्जन साहले कास्य हात पारेका हुन्। साह नेपालमा सञ्चालित छैठौं राष्ट्रिय खगोल ओलम्पियाडको जुनियर तर्फका नेपाल प्रथम हुन्। तीन चरणमा  सञ्चालन हुने राष्ट्रिय खगोल प्रतियोगिताको प्रथम चरणमा जनकपुरको सिद्धार्थ शिशु सदनमा कक्षा १० अध्ययनरत साह हाल माईतिघरस्थित सेन्ट जेभियर्स कलेजमा कक्षा ११ मा अध्ययनरत छन्।

कार्यक्रममा नेपाली टोलीमा नेपालका तर्फबाट टोलीनेता तथा जुरी सुरेश भट्टराई, सहायक टोली नेता रेजा थापा थिए भने जुनियर तर्फ ३ जना र सिनियर तर्फ २ जना विद्यार्थी सामेल थिए ।

नेपालबाट सिनियर तर्फ विश्व आदर्श सेकन्डरी स्कुल, ईटहरीका यमन आचार्य तथा सेन्ट जेभियर्स स्कुल, जाउलाखेलका आकाश गुरुङ थिए भने जुनियर तर्फ सिद्धार्थ शिशु सदन, जनकपुरका राहुल रञ्जन साह, सेन्ट मेरिज स्कुल, जाउलाखेलकी सुरभी लुईटेल तथा सुर्योदय सेकण्डरी बोर्डिङ स्कुल, घट्टेकुलोकी भूमी कायस्थ थिए।

तस्वीर: सुरेश भट्टराई (अध्यक्ष NASO)

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकारको आर्थिक सहयोगमा काठमाडौंस्थित मदन भण्डारी स्मृति कलेजका लागि निर्मित कलेज भवनको आज

काठमाडौं– सडकपेटी नै कब्जा गरेर सञ्चालन गरिएका वर्कसपलाई काठमाडौं महानगरपालिकाले कारबाही गरेको छ। बुधबार महानगरले बिजुली बजारको आर्क ब्रिजबाट देब्रेतर्फ

मिति २०७९।११।०१ गते अं.१६;५० बजेको समयमा काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं.१६ माछापोखरी चोक स्थितमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन,

एजेन्सी न्युयोर्क, १९ पुस अमेरिकी अन्तरिक्ष निकाय नासाले भर्खरै नयाँ कक्ष सुरु गर्दा सूर्यको अनौठो र सुन्दर तस्बिर सेयर गरेको