Lifestyle Portal
  •   १३ चैत्र २०७९, सोमबार

बेलायतले आम निर्वाचन घोषणा गर्यो, कसरी हुन्छ त्यहाँ मतदान तथा विजेताको चयन

१३ कार्तिक २०७६, बुधबार १५:४१


बेलायत । प्रधानमन्त्री जोनसनले मुलुक र बेलायत ईयूबाट बाहिरिने ब्रेक्जिटबारे निर्णय लिने अधिकार जनतालाई दिइनुपर्ने कुरा उठाउनुका साथै डिसेम्बरमा हुने आमनिर्वाचनले ब्रेक्जिट सम्झौताका लागि आफ्नो नेतृत्वलाई नयाँ जनादेश प्राप्त हुनुको साथै अहिले संसदमा जारी गतिरोध समेतको अन्त्य हुने प्रधानमन्त्रीको विश्वास छ।

बेलायती संसदको तल्लो सदन ‘हाउस अफ कमन्स’ले समयअगावै आमनिर्वाचन गराउन लागिपरेका नवनिर्वाचित प्रधानमन्त्री बोरिस जोनसनको प्रस्तावलाई बहुमतले पारित गरेसँगै यही डिसेम्बर महिनाको १२ तारिखमा आमनिर्वाचन हुने भएको हो ।

बेलायतले सन् १९२३ यता आमनिर्वाचन गरेको थिएन र यो झण्डै १०० वर्ष पछि २०१९ को अन्तिम् महिना डिसेम्बरमा हुन गइरहेको छ ।

बेलायतमा मतदान कसरी हुन्छ?
आमनिर्वाचनका बेला बेलायतका ४ करोड ६० लाख मतदाताहरूलाई ६५० निर्वाचन क्षेत्रहरूमा आ-आफ्नो क्षेत्रबाट सांसद निर्वाचित गर्न जनतासँग अपिल गरिन्छ ।

बेलायतको मतदान सम्बन्धी कानुन अनुसार कुनैपनि बेलायती नागरिक जो १८ वर्ष पुगेको अथवा त्योभन्दा माथिको उमेरकाहरूले मतदान गर्न पाउनेछन् । मतदाताहरुमा अर्को रोचक कुरा के छ भने यसमा बेलायती नागरिक मात्र नभई राष्ट्रमण्डल (कमनवेल्थ) वा आयरल्याण्ड गणतन्त्रका निश्चित योग्यता पुगेका सूचीकृत मानिसहरू समेत मतदानका लागि योग्य नागरिकमा पर्दछन्।

बेलायतको विगतको विभिन्न निर्वाचनको यदि सहभागिता बारे अनुमान लगाउने हो भने युवाहरूको तुलनामा त्यहाँका वयस्क मतदाताहरूले मतदानमा सहभागी हुँदै आएका छन् । सन् २०१७ को निर्वाचनमा २० – २४ वर्ष उमेर समूहका ५९% मतदाताद्वारा मत खसेको थियो भने ६० – ६९ उमेर समूहका ७७% मतदाताहरु मतदानमा सहभागी भएका थिए।

त्यहाँ यता जस्तै तोकिएका स्थानीय निर्वाचन केन्द्रहरूमा गएर मतदाताहरुले मतदान गर्ने गर्दछन् र मतदानका लागि मतदान केन्द्रहरूको रुपमा स्थानीय विद्यालय तथा चर्चहरूलाई तयार गरिएको हुन्छ।

मतदाताहरूले मतपत्रमा आफ्नो रोजाइको उम्मेदवारको नामसँगै रहेको स्थानमा क्रस चिन्ह लगाउँछन् र सिलबन्दी गरिएको मतपेटिकामा आफ्नो मत खसाल्छन् ।

मतदान पछि विजेताहरुको चयन प्रक्रिया कस्तो छ?
प्रत्येक निर्वाचन क्षेत्रमा सबैभन्दा बढी मत प्राप्त गर्ने उम्मेदवार ‘हाउस अफ कमन्स’ अर्थात् बेलायतको प्रतिनिधिसभाका लागि निर्वाचित हुन्छ।

जित हासिल गर्नका लागि एकजना उम्मेदवारले आफ्नो प्रतिद्वन्द्वीहरूभन्दा बढी मत ल्याए पुग्छ। तिनीहरूले आफ्नो निर्वाचन क्षेत्रको कूल मतदाता संख्याको आधाभन्दा कम मत प्राप्त गरेपनि फरक पर्दैन । अधिकांश सांसदले कुनै न कुनै राजनीतिक दलको प्रतिनिधित्व गरेका हुन्छन् तर केही स्वतन्त्र उम्मेदवारका रूपमा पनि निर्वाचनमा सहभागी भएका हुन्छन् ।

प्रतिनिधिसभामा आधाभन्दा बढी अर्थात ३२६ को संख्यामा सांसद विजयी भएको पार्टीले सामान्यतया सरकार गठनका लागि अवसर प्राप्त गर्दछ । बेलायतको निर्वाचन प्रणाली अनुसार राष्ट्रिय मत संख्याको ५०% भन्दा निकै कम मत प्राप्त गर्ने निर्वाचनमा सहभागी पार्टीहरू समेत सत्तामा सहभागी हुनसक्छन् । यदि कुनै पनि पार्टीसँग सांसद संख्याको बहुमत नभएको अवस्थामा सबैभन्दा धेरै सांसद भएको दलले अरू एक वा एकभन्दा बढी दलसँगको साझेदारीमा गठबन्धन सरकार समेत बनाउन सक्नेछ ।

प्रधानमन्त्री मतदाताको प्रत्यक्ष मतदानबाट चयन नभएर विजयी पार्टीका सांसदहरूले रोज्ने गर्दछन् । बेलायतकी महारानीले सांसदहरूको सिफारिस बमोजिम प्रधानमन्त्री नियुक्त गरेर निर्वाचन पछि प्राप्त जनमतको अन्तिम निर्णयमा तोक लगाउने कार्य हुनेगर्दछ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकारको आर्थिक सहयोगमा काठमाडौंस्थित मदन भण्डारी स्मृति कलेजका लागि निर्मित कलेज भवनको आज

काठमाडौं– सडकपेटी नै कब्जा गरेर सञ्चालन गरिएका वर्कसपलाई काठमाडौं महानगरपालिकाले कारबाही गरेको छ। बुधबार महानगरले बिजुली बजारको आर्क ब्रिजबाट देब्रेतर्फ

मिति २०७९।११।०१ गते अं.१६;५० बजेको समयमा काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं.१६ माछापोखरी चोक स्थितमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन,

एजेन्सी सीउल, १९ पुस उत्तर कोरियाली नेता किम जोङ उनले दोस्रो शक्तिशाली सैन्य अधिकारी पाक जोङ चोनलाई पदमुक्त गरेको कोरियाली