Lifestyle Portal
  •   १६ चैत्र २०७९, बिहीबार

वग्दादी मारिएका ठाँउमा सर्वसाधरणहरुको लाश भेटियो

१४ कार्तिक २०७६, बिहीबार ११:१४


अमेरिकी सेनाले आईएसका मुख्य वग्दादीलाई मारेको घटनाले अहिले निकै चर्चा पाइरहेको छ तर यस्का साथै वग्दादीलाई मारेको भनिएको ठाँउमा सर्वसाधरण निहत्था मान्छेहरुको पनि लाश भेटिएको खबरको पुष्टि भएको छ ।

३ जना महिलाहरु, एक जना किशोरी र ३ जना पुरुषहरुको लाश वग्दादी मारिएको ठाँउबाट बरामद गरिएको छ, एउटा प्रतिवेदनकम अनुसार ११ जना सर्वसाधरण यस अपरेशनका क्रममा घाइते पनि भएका थिए । सिरियाको इदिव शहरको बरिशा गाँउलाई पूर्णरुपमा ध्वस्त पारिएको छ, अमेरिकी राष्ट्रपति ट्रम्पले भनें वग्दादीलाई कुकुरसरह मारिएको आफ्नो ४५ मिनेट लामो वक्तव्यमा शानका साथ बताएका छन् ।

वग्दादीले आफूसंग भएको विष्फोटक भेस्ट पड्काएर आफ्नो परिवार र आफ्नो समेत ज्यान लिएका हुन्, अमेरिकी सेनाको विशेष टुकडी र सेनाका कुकुरहरुले उनलाई टनेलमा पछ्याइरहेको बताइन्छ । पछि मारिएका व्यक्ति वग्दादी नै हुन भनी डिएनए को स्याम्पल म्याच गरेर हेरिएको थियो ।

यो पनि पढ्नुहोस्
मुख्य अपरेशनमा अमेरिकाद्वारा आईएसआएस – ISIS नेता अल बग्दादी मारिए

लाइभमाण्डु

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले वाग्मती सभ्यताको जगेर्ना गर्ने काम पहिलो प्राथमिकतामा हुनुपर्ने बताएका छन् । बुधबारबाट सुरु

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकारको आर्थिक सहयोगमा काठमाडौंस्थित मदन भण्डारी स्मृति कलेजका लागि निर्मित कलेज भवनको आज

काठमाडौं– सडकपेटी नै कब्जा गरेर सञ्चालन गरिएका वर्कसपलाई काठमाडौं महानगरपालिकाले कारबाही गरेको छ। बुधबार महानगरले बिजुली बजारको आर्क ब्रिजबाट देब्रेतर्फ

मिति २०७९।११।०१ गते अं.१६;५० बजेको समयमा काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं.१६ माछापोखरी चोक स्थितमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन,