
फोटो नेपालमा छठका तस्बिरहरु
१५ कार्तिक २०७६, शुक्रबार १३:४२
जाजल्यमान सूर्यको आराधना गर्दै अस्ताँउदो र उदाँउदो दबुै सूर्यलाई अर्घ दिएर छठ पर्व मनाइन्छ । सुमेरु पर्वतको एकातिर रहेको सिन्धु घाँटी सभ्यताले भारतवर्षमा विशेष दर्शन र संस्कार स्थापना गरेको छ, यस सभ्यताको केन्द्रमा चन्द्र सूर्य रहेको छ । प्रकृति, चन्द्र सूर्य र शक्तिको उपासनाका साथै भक्तिभाव अनि समर्पणको प्रतिक पूर्विय दर्शनमा छठ पर्व एउटा मौलिक, अलौकीक अनि अद्भूत चाड हो ।
परापूर्व काल देखिनै समान बिधी र परम्परा अनुरुप छठ पर्व गरिंदै आएको इतिहास छ । रिग्वेद को सूर्य अनुष्ठान बिधी अनुरुप नै यस पर्वको अनुसरण हुँदै आएको पनि बताइन्छ । महाभारतमा द्रोपती ले छठ पूजा गर्दा गाएको सस्कृतको कविता पनि सूर्य अनुष्ठान गर्ने जाप भएको बताइन्छ । त्यतिबेलाको ईन्द्रप्रस्थ राज्य जून अहिलेको दिल्ली भएको ठाँउमा रहेको थियो, त्यस राज्यका सन्त धौम्यको सल्लाहमा पाण्डवहरुले छठ पूजा गरेको अनि सूर्य देवको कृपाले पाण्डवहरुको दुख्ख अन्त्य भएर राज्यसत्ता पूनः पाएको जनउक्ति छ ।
परापूर्व कालमा रिसीहरु धेरै बर्षसम्म केही नखाई तपस्या गरेर बाँचन सक्दथे, यसरी निराहार निर्जल तपस्या बस्दा तपस्वी हरुले सूर्यको किरणबाट उर्जा प्राप्त गर्दथे । यसरी सूर्यको उर्जालाई शक्तिका रुपमा बदल्न तपस्वीहरुले छठ लगायतका अनुष्ठान बिधीहरु गर्ने गरेको उल्लेख गरिन्छ ।
अर्कोतर्फ छठ पर्वलाई रामायणसंग पनि जोडिएको छ, राम र सीता अयोध्या आएपश्चात दुबै मिलेर छठ पर्व लिएको र सूर्य देवको अनुष्ठान गरेको बताइन्छ । १४ बर्षको वनवास पछि फर्किएका सीता राम ले कार्तिक शुक्ल पक्षमा छठ अनुष्ठान गरेपछि सनातन सस्कारमा छठ अनुष्ठान अभिन्न पर्वका रुपमा भएको मानिन्छ ।
मिथिला जनकपुरको परिवृत मा लेखिएको अनि गाइने यस छठ पर्वको गीत को नेपाली अनुवाद यस प्रकार हुन्छ ।
गंगासागरको घाटमा म पनि अर्घ दिन्छु, ए छठ माता
म कुनै अर्को घाट जान्न, ए छठ माता
नागंलो लिएर, नरिवल लिएर अर्घ दिन्छु, ए छठ माता
फुल चढाएर अर्घ दिन्छु, ए छठ माता
केरा किन्न नरिवल किन्न, स्याउ किन्न बजार गए हेर छठ माता
त्यही भयो धेरै ढिला ए छठ माता
भूलचुक हाम्रो हिसाबन गर ए छठ माता
हाम्रो अर्घ हेरिदेउ माता, ए छठ माता
गंगासागर को घाटमा म पनि अर्घ दिन्छु, ए छठ माता
म कुनै अर्को घाट जान्न, ए छठ मातानेपाल पर्यटन वोर्डले तस्वीरहरु मार्फत नेपालका पर्यटकिय गन्तव्य, सभ्यता, परम्परा अनि संस्कारलाई देखाउन अनि विश्वसामु चिनाउन फोटो नेपाल नामक डिजीटल थलोको प्रयोग थालनी गरेको छ र यस थलोमा छठ पर्वका केहि मौलिक र अदभूत तस्वीरहरु पनि राखिएको छ । हामी आज आफ्ना प्रयोगकर्ताहरुलाई यस फोटो नेपालका केहि छठ पर्वसंग समबन्धीत तस्वीरहरु देखाउन चाहन्छौं, अनि सबैजनालाई छठ पर्वको हार्दिक शुभकामना ।
फोटो नेपालको लिङकमा जानका लागि यहाँ थिच्नुहोस
शव्दः
सुयोग ढकाल
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
‘मेरो गाउँ, मेरो ठाउँ’ भिडियो च्यालेन्ज २०२३ का लागि विभिन्न दस विधामा ७० वटा वृत्तचित्र मनोनयन भएका छन् । देशैभरबाट
सोलुखुम्बु — नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले सोलुखुम्बुमा ध्यान केन्द्र र गुम्बाको शिलान्यास गर्नुभएको छ। बुद्ध जयन्तीका अवसरमा राजदूत
जारी फिल्म सुखद रुपमा चलिरहेको छ । हिजो छोरीको स्कुल जानु पर्ने थियो ब्यस्तताले जान पाईन । नानीको आमालाई छोरीसँग
कीर्तिमानी आरोही फुर्वा बने युरोपकै ठूलो राष्ट्रिय निकुञ्जको सद्भावना दूत कीर्तिमानी आरोही फुर्वा तेन्जिङ शेर्पालाई इटालीस्थित युरोपकै ठूलो राष्ट्रिय निकुञ्जले