
रुसी सेनाको गोलीवारीको काला कर्तुतहरुको खुलासा
१७ कार्तिक २०७६, आईतवार १४:१७
अक्टोबर २५ मा सामसुदिनोभ नाम गरेका रुसी सेनाले आफ्नै प्लाटुनका ८ जना सेनालाई गोली हाने, उनका पिताले यस घटनालाई सेनाले गरेको षड्यन्त्र भन्दै पत्याउन मानेका छैनन । मेरो छोरा एउटा सामान्य र औसत केटा थियो, यो उस्ले गरेको हैन, सेनाभित्र धेरै षडयन्त्र भइरहेको छ, उन्का पिता सलिमले बताए ।
सेनाको प्रतिवेदनमा रामिल सामसुदिनोभले आफ्नो बन्दुकमा भएको सबै गोलीहरु सकाए, जस्मा २ जना गम्भीर घाइते भए भनें ८ जनाको ज्यान गयो । बिहान ६ बजेर २० मिनटमा भएको घटनाको केहि समयमा नै बन्दुकधारी रामिललाई नियन्त्रणमा लिइयो । साइब्ेरियाको पूर्वि भागमा चिता भन्ने ठाँउमा पनि यस्तै प्रकारको घटना भएको सेनाको प्रतिवेदन छ ।
रुसी सेनाको पछिल्लो दशकको घटनाक्रम हेर्ने हो भनें सेनाभित्रैको मास शुटिगं सबैभन्दा धेरै अनुशासन विपरितको कार्य देखिन्छ । साइबेरियामा त न्यूक्लीयर प्लान्टको सुरक्षार्थ संवेदनशील अलर्टमा रहेका सेनाहरुमा यो घटना भएको पाइएको छ, यो अत्यन्त संवेदनशील र विश्वलाई नै असर पार्न सक्ने न्यूक्लीयर लिकको घटना हुनसक्ने संभावना हो ।
सेनाहरुले आफ्नो नियन्त्रण गुमाउने गरि तनाव झेल्नुपरेका कारणले यस्तो भएको पनि अड्कल गरिएको छ यद्धपि अधिकांश रुसीहरु सेनाको प्रतिवेदन र घटनाक्रमलाई पत्याउन चाहन्नन ।
डिमीट्री पेस्कोघ राष्ट्रपति पुटिनका प्रवक्ता हुन्, यस्तै प्रश्नहरुमा राष्ट्रपतिको आधिकारिक धारणाको माग के छ भनी प्रश्न गर्दा पेस्कोभले मास शुटिगंको घटना पिडादायी भएको यद्धपि राष्ट्रपतिले यस विषयमा बोलीरहन नपर्ने बताएका छन् ।
अधिकांशको शकां चाँही सेनाभित्र बुलिगंको घिनलाग्दो खेल चलिरहेको छ जस्मा सहन गर्न नसकेर प्राइभेट अर्थात पहिलो दर्जाका सेनाहरु नवप्रवेशीहरुले यस्ते कदम उठाएर आफ्नै सिनियर र अन्य बुलिगं गर्नेहरु माथि बन्दुक चलाइरहेका छन् । रुसी सेना भनें यो मान्न तयार छैन ।
पूर्वि साइबेरियामा कार्यरत एक सैनिकले पहिचान नखुल्ने शर्तमा बताए अनुरुप उन्का सिनियरले शारीरीक र आर्थिक शोषण गर्ने, खानाको पनि पैसो लिने र अन्य धेरै शोषण र तनाव दिने गरेको बताएका छन् । अझ सुत्न नदिने र हरेक रात केहि न केहि काममा अड्काइदिने गरेकाले उनि अनिन्द्राका कारणले एकपटक त डिप्रेशनको ओखती समेत खानुपर्ने अवस्थामा पुगेका थिए ।
उनका अनुसार उनी अहिले रामील जस्ता नवप्रवेशी सेनालाई आरोप लगाउन चाहन्न, हरेक मान्छेको सहनशिलताको एउटा हद हुन्छ र त्यसलाई पार गरेपछि यस्ता घटनाहरु घट्ने गर्दछन् ।
गत हप्ता स्थानीय नागरीक संगठनका प्रतिनिधिले सेना ब्यारेक भित्र महिला सेनालाई शारीरीक र्दुब्यबहार गरिएको घटना पनि सार्वजनिक गरिएको थियो । यि महिला सेनाको नाम भ्यालेन्टीना मर्दोभा हो, यिनी पनि रामील कार्यरत ब्यारेकमा नै काम गर्थिन । यिनका अनुसार रामीललाई बिहानदेखि बेलुकासम्म नै बोलीबचनले र्दुब्यबहार गरिन्थ्यो । साँझमा सिनियर अफिसरले ट्वाइटेट सफागर्न दिएको आदेश नमानेपछि यिनलाई ट्वाइलेटको कम्वोडमा मुख हालेर यातना दिइएको थियो । मर्दोभासंग एउटा भिडियो फुटेज पनि थियो जस्मा सेना अफिसरहरुले नयाँ सेनाका क्याडरहरुलाई दिएको यातना देखिन्थ्यो, कतिपय अफिसरहरुले त लाइन लागेरै प्राइभेटहरुमाथि मुतेका घटना पनि देखिन्छन् ।
रामीलका बुवा आफ्नो छोरालाई कुन परिस्थितीमा त्यसो गराउन बाध्य बनाइयो, बुझ्न चाहन्छन् । उनी सेनाभित्रको संस्थागत दुराचारको कुरा जरैबाट बुझ्न र फाल्न चाहन्छन् र आफ्नो छोराको झैं घटना अब नहोस् भन्ने चाहन्छन् । स्मरण रहोस् विश्वभरिकै सर्वाधिक शक्तिशाली र अनुशासित सेनामा गनिने रुसी सेनाहरुमा भएको यस्ता घटनाक्रमले विश्वकै ध्यानाकर्षण गराएको छ ।
(ओलिभर क्यारोलले द ईन्डिपीन्डेन्टमा लेखेका शब्दहरुको सरल नेपाली अनुवाद सुयोग ढकालले गर्नभएको हो)
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाण्डौ । काठमाण्डौमा गत आइतबार सम्पन्न भारतको प्रतिष्ठित ‘क्याप्टिभेटिङ क्रिएसन अवार्ड २०२३’को छैठौं संस्करणमा वरिष्ठ कलाकार हरिवंश आचार्य, विशिष्ट संगीतकार
‘मेरो गाउँ, मेरो ठाउँ’ भिडियो च्यालेन्ज २०२३ का लागि विभिन्न दस विधामा ७० वटा वृत्तचित्र मनोनयन भएका छन् । देशैभरबाट
सोलुखुम्बु — नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले सोलुखुम्बुमा ध्यान केन्द्र र गुम्बाको शिलान्यास गर्नुभएको छ। बुद्ध जयन्तीका अवसरमा राजदूत
जारी फिल्म सुखद रुपमा चलिरहेको छ । हिजो छोरीको स्कुल जानु पर्ने थियो ब्यस्तताले जान पाईन । नानीको आमालाई छोरीसँग