
तोरी, सूर्यमुखी र ओलिभ तेलको के छ फाईदा र बेफाईदाहरु?
१९ कार्तिक २०७६, मंगलवार २२:३५
कुनै पनि खानेतेल किन्नु भन्दा अगाडि यसमा ३ वटा कुराहरुको मात्रा हेर्नुपर्छ । पहिलोः सैचुरेटेड फ्याट, दोस्रोः पोली अनसैचुरेटेड फ्याट र मोनो अनसैचुरेटेड फ्याट । सैचुरेटेड फ्याट ले स्वास्थ्यलाई हानि पुर्र्याउँछ, त्यसैले यसको मात्रा जति कम भए राम्रो हुन्छ । मोनो अनसैचुरेटेड फ्याट ले शरीरलाई फाइदा गर्दछ, त्यसैले यसको मात्रा बढी हुनु राम्रो मानिन्छ । पोली अनसैचुरेटेड फ्याट को मात्रा बढी हुनु पनि राम्रो हो । मोनो अनसैचुरेटेड फ्याट लाई पोली अनसैचुरेटेड भन्दा राम्रो मानिन्छ । सैचुरेटेड र ट्रान्स फ्याट स्वास्थ्यकोलागि हानिकारक हुने भएकोले यसको मात्रा जति कम भए राम्रो हुन्छ ।

मुटुरोग विशेषज्ञ
ओलिभको तेल (Olive Oil)
यो तेल ओलिभको दानाबाट उत्पादन गरिन्छ । यो तेल धेरै महँगो हुन्छ । सुर्यमुखीको तेल भन्दा लगभग ३,४ गुणा महँगो हुन्छ । यो तेलको प्रयोग खाना, सौन्दर्य, औषधि, साबुन उत्पादन, शरीरको मसाज आदिमा गरिन्छ । यो तेल संसारभरीमै प्रयोग गरिन्छ । यो तेल मुख्यतयाः Oleic acid, palmitic acid, fatty acid मिसावटबाट बनेको हुन्छ ।
यसमा तोरीको तेल जस्तै मोनो अनसैचुरेटेड फ्याटको मात्रा पोली अनसैचुरेटेड फ्याट भन्दा बढी हुन्छ । पोषण तत्वको दृष्टिकोणले तोरीको तेल र ओलिभको तेल उस्तै उस्तै भएको पाइन्छ । तर तोरीको तेल भन्दा यो धेरै नै महँगो हुन्छ ।
तोरीको तेल (Mustard Oil)
यो तेल तोरीको बीउबाट उत्पादन गरिन्छ । यसमा ६० देखि ७० प्रतिशत मोनो अनसैचुरेटेड फ्याट हुन्छ । यसमा १५ देखि २० प्रतिशत पोली अनसैचुरेटेड फ्याट र १० देखि १५ प्रतिशत saturated Fat हुन्छ । तोरीको बीउमा प्रशस्त Omega 3 Fatty Acid, Iron, Zinc, Calcium आदि तत्वहरु पाइन्छन्, जुन स्वास्थ्यको लागि लाभकारी मानिन्छ । तोरीको तेलमा Omega 6 र Omega 3 को अनुपात सर्वोत्तम भएको तथ्य प्रमाणित छ । यो अनुपात राम्रो भएको खानेकुरा मुटुकोलागि अत्यन्तै स्वस्थकर मानिन्छ र यसले मुटुमा ब्लोकेज हुनबाट जोगाउछ । ओलिभ तेल भन्दा पनि तोरीको तेलमा Omega 6 र Omega 3 को अनुपात राम्रो भएको पाइन्छ । आयुर्वेदको अनुसार यो तेललाई शरीरको मसाज गर्न र Antibacterial को रुपमा प्रयोग गरिन्छ । यसले शरीर बलियो बनाउनुको साथै रत्तसञ्चारमा सुधार ल्याउछ भन्ने धारणा छ ।
विदेशमा गरिएको अध्ययनमा यो तेललाई नराम्रो बताइएको छ । तर यसमा पाईने पोषण तत्वहरु ओलिभको तेल सग मिल्दो जुल्दो भएको पाइन्छ । हाम्रो संस्कृतिमा तोरीको तेलको प्रयोग हजारौं वर्षदेखि भइ आएको छ र मुटुरोग पनि हाम्रो पूर्वजमा अत्यन्तै कम भएको सबैलाई थाहा भएकै कुरा हो । तोरीको तेललाई व्यापारको हिसावले तल्लो श्रेणीको देखाइएको मात्रै हुनसक्छ । हाम्रो देशमा सजिलैसग र सस्तो पाइने तोरीको तेल, जुन स्वास्थ्यकोलागि फाइदाकारी भएपनि अन्य विदेशी तेलहरुको प्रयोग हुनु स्वास्थ्यलाई मात्रै होइन देशको अर्थिक अवस्थालाई समेत असर गरेको छ ।
सूर्यमुखीको तेल (Sunflower Oil)
यो तेल सूर्यमुखी फूलको बिउँबाट उत्पादन गरिन्छ । यो स्वादमा हल्का हुन्छ र यसमा धेरै भिटामिन E पाइन्छ । यसमा प्रशस्त मोनो अनसैचुरेटेड फ्याट र पोली अनसैचुरेटेड फ्याट पाइन्छ । यसमा धेरै कम Saturated Fat हुन्छ । अहिले यो तेलको प्रयोग बढ्दै गएको छ, किनभने यो शरीरको लागि फाईदाजनक हुन्छ भन्ने धारण छ । तर यसको धेरै प्रयोग गर्नाले विभिन्न स्वास्थ्य समस्याहरु सृजना हुनसक्छ ।
यो तेलमा पनि फ्याट बढी हुने भएकोले र फ्याटले प्रशस्त क्यालोरी प्रदान गर्ने हुनाले यसको धेरै प्रयोग गर्नु हानिकारक हुन्छ । हुनत यसले शरिरमा नराम्रो कोलेस्ट्रोल त्यति बढाउँदैन, तर धेरै प्रयोगले मोटोपनाको सम्भावनाको बढाउन सक्छ । यो तेलको एकपटक प्रयोग गरिसकेपछि पुनः प्रयोग गर्नु हुदैन । अर्थात सूर्यमुखी तेललाई Reuse and Reheating गर्नुहुँदैन ।
लेखक डा. ओम मुर्ति अनिल पेशाले मुटुरोग विशेषज्ञ तथा सामान्य जीवनमा आवश्यक स्वास्थ्य क्षेत्रको शैक्षिक तथा व्यवहारीक ज्ञानहरु सामाजिक सञ्जाल तथा वहाँकै वेबवसाइट http://www.drommurtianil.com बाट विभिन्न आलेखहरु सार्वजनिक गर्दै आउनुभएको छ ।
यो पनि पढ्नुहोस्ः
हार्ट अटेकको जोखिम यसरी पत्ता लगाउनुहोस्
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकारको आर्थिक सहयोगमा काठमाडौंस्थित मदन भण्डारी स्मृति कलेजका लागि निर्मित कलेज भवनको आज
काठमाडौं– सडकपेटी नै कब्जा गरेर सञ्चालन गरिएका वर्कसपलाई काठमाडौं महानगरपालिकाले कारबाही गरेको छ। बुधबार महानगरले बिजुली बजारको आर्क ब्रिजबाट देब्रेतर्फ
मिति २०७९।११।०१ गते अं.१६;५० बजेको समयमा काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं.१६ माछापोखरी चोक स्थितमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन,
विरगञ्ज, १४ पुस छिमेकी मुलुक भारतमा कोभिड–१९ को संक्रमण फैलन थालेपछि वीरगन्ज नाकामा उच्च सतकर्ता अपनाइएको छ । इनरुवा नाकामा