
अक्टोबर २०१९ मा २४,४७७ पर्यटकहरुबाट गण्डकी प्रदेशको भ्रमण !
२१ कार्तिक २०७६, बिहीबार १४:००
गण्डकी प्रदेशका कास्की जिल्ला स्थित पोखरा विमानस्थल कार्यालय, तनहुंको आँबुखैरेनी र स्याङ्जाको गल्याङ स्थित प्रहरी चौकीहरुले संकलन गरेको अन्तर्राष्ट्रिय पर्यटकहरुको तथ्याङ्क अनुसार सन् २०१९ को अक्टोबर महिनामा गण्डकी प्रदेश भ्रमणमा आउने अन्तर्राष्ट्रिय पर्यटकहरुको संख्या निम्नानुसार रहेको छ ।
अन्तर्राष्ट्रिय पर्यटक प्रवेश बिन्दु
पोखरा विमानस्थल आँवुखैरेनी गल्याङ कुल
भारतीय १६५२ ३७३० १३३३ ६७१५
तेस्रो मुलुक १२०४९ ५६८२ ३१ १७७६२
कुल १३७०१ ९४१२ १३६४ २४,४७७
नोटः उपरोक्त संख्यामा गण्डकी प्रदेशको नवलपुर जिल्ला भ्रमणमा आएका पर्यटकहरुको संख्या समावेश छैन ।
सन् २०१९ को सेप्टेम्बर महिनामा १८३५१ पर्यटकहरु आएका थिए । अक्टोबर पर्यटकीय आगमनका हिसाबले व्यस्त सिजन भएकाले अघिल्लो महिनाको तुलनामा अक्टोबरमा आएका पर्यटकको संख्यामा ३३.३३ प्रतिशतको बृद्धि देखिएको छ ।
पर्यटक आगमनकोे प्रवृत्ति हेर्दा यस महिनामा लगभग ५६ प्रतिशत पोखरा विमानस्थलबाट, ३८ प्रतिशत पृथ्वी राजमार्ग भएर आएका छन । यसरी नै गण्डकी प्रदेश भित्रिने पर्यटकहरुमा तेस्रो मुलुकका पर्यटकको हिस्सा ७२.५ प्रतिशत छ ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाण्डौ । काठमाण्डौमा गत आइतबार सम्पन्न भारतको प्रतिष्ठित ‘क्याप्टिभेटिङ क्रिएसन अवार्ड २०२३’को छैठौं संस्करणमा वरिष्ठ कलाकार हरिवंश आचार्य, विशिष्ट संगीतकार
‘मेरो गाउँ, मेरो ठाउँ’ भिडियो च्यालेन्ज २०२३ का लागि विभिन्न दस विधामा ७० वटा वृत्तचित्र मनोनयन भएका छन् । देशैभरबाट
सोलुखुम्बु — नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले सोलुखुम्बुमा ध्यान केन्द्र र गुम्बाको शिलान्यास गर्नुभएको छ। बुद्ध जयन्तीका अवसरमा राजदूत
जारी फिल्म सुखद रुपमा चलिरहेको छ । हिजो छोरीको स्कुल जानु पर्ने थियो ब्यस्तताले जान पाईन । नानीको आमालाई छोरीसँग