
दिल्लीको छठ, पर्यावरणीय अवस्था र त्यहाँको स्वास्थ्य
२६ कार्तिक २०७६, मंगलवार १२:१४
दिल्लीको पर्यावरणीय अवस्था र दिल्लीवासीको बिग्रदो स्वास्थ्यबाट त्रसित, आक्रोशित दिल्लीवासीले सोमबार साँझ भारतको राजधानी दिल्लीमा एउटा प्रर्दशन गरे जसमा मान्छेहरुले दिल्लीको भयङ्कर वायू प्रदूशषणलाई सरकारले देखेर पनि नदेखेजस्तो गरेको आरोप लगाउँदै नारावाजी सहित प्लेकार्ड बोकेका थिए । यस पटक दिल्लीको छठको साँझ र विहानको घाटले सूर्य देखेन तर बाक्लो बिषाक्त फिजले छोपिएका पानीका मुहानहरुमा श्रद्धालूहरु डूबुल्कि मारिरहेका देखिए । नदिको किनार तथा मुख्य पानीका श्रोतहरु सेताम्मे फिजले ढाकिएको जहाँसुकै देख्न सकिन्छ ।
A toxic foam caused by sewage overflow is settling on roads and water in New Delhi, as residents grapple with dangerous levels of air pollution pic.twitter.com/v0CFVP5KOQ
— Bloomberg TicToc (@tictoc) November 12, 2019
साँझको ६ बजेर ३० मिनटमा दिल्लीको वायू प्रदुषण तह ४९७ एकाईमा थियो, यसको अर्थ हुन्छ कि त्यस हावामा २ दशमलव ५ एकाई तत्वहरु छन् जो श्वाँस फेर्दा हाम्रो फोक्सोभित्र नै छिर्न सक्ने हुन्छन् । बढ्दो शहरीकरण तथा मापदण्ड विपरितका औद्योगिकीकरणको गति दिल्लीले पछिल्लो १ दशकमा यस्तो लियो की प्रकृतिको फिल्टरले थेग्नै सकेन र आज दिल्ली संसारकै अत्याधिक प्रदूषित शहर बन्न पुगेको छ ।
लगभग दिल्लीका ७०० ठाँउहरुमा वायूको अवस्था त्यस्तो छ भनें दिल्लीका वासिन्दाहरु आकाशको रंग र सूर्यको प्रकाश नै भूलिसकेको बताँउदछन् । कैयन दिनदेखि त्यहाँ घाम लागेको छैन र वायूको प्रदुषण तहले गर्दा केहि मान्छेहरु घरबाहिर आजभोली देखिन्न, हरेक कुराहरु धमिलो छ । दिल्ली अहिलेको अवस्थामा लगभग एउटा मसिनो वायूमण्डलको सिरकभित्र लुकेको शहर भएको छ । सुरक्षित तहको प्रदूषण मापन भनेको ४० एकाई हो र दिल्लीले त्यो न्यूनतम मापनको १० गुणा बढि काटिसकेको छ । सम्पूर्ण जीवजन्तु, चराचर तथा मानव स्वस्थ्य कै लागि यो भयावह चुनौति भएको छ । मान्छेहरुमा श्वास-प्रश्वासका समस्या, बच्चाहरुमा दम र बाल मृत्यु दरको स्थिति दिल्लीमा उत्कर्षमा छ । यसका अलावा मान्छेहरु मानसिक र मनोवैज्ञानीक समस्यामा पर्ने दर पनि दिल्लीमा बढ्दो छ, उनीहरु कैयन दिनदेखि अँध्यारो र फिक्का अनि आकाश र सूर्य बिनाको जीवन बिताइरहेका छन् ।
We shud stop stubble burning. People are suffering immensely. SC has also directed. Pollution has again started increasing in Delhi due to stubble burning after some respite last week. https://t.co/jlYCHIgGWY
— Arvind Kejriwal (@ArvindKejriwal) November 11, 2019
इदको दिनमा पनि सूर्य, आकाश र चन्द्र देख्न नपाएको दिल्लीका धेरै मुसलमान समूदायले गुनासो गर्दै सामाजिक सञ्जालमा लेखेका थिए भने खोलामा छठको पूजा गर्न जाँदा पानीमा एक मिटर बढि मोटो फम (फिजको बाक्लो तह) जमेको प्रदुशित तहमा उभिएर धमिलो आकाश हेर्दै पूजा गरिएको थियो ।
दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवालले दिल्लीलाई स्वास्थ संकटको आपतकालिन स्थिती घोषणा गरेका छन्, व्यक्तिगत सवारीसाधनहरुलाई जोर बिजोर प्रणालीमा मात्र चल्न दिइएको छ । दिल्ली विश्वकै सर्वाधिक प्रदूषित शहर भएको छ ।
Pollution is still making it hard to breathe for New Delhi’s 20 million residents. pic.twitter.com/DRzuQ81b1B
— AJ+ (@ajplus) November 8, 2019
—
लाइभमाण्डू
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकारको आर्थिक सहयोगमा काठमाडौंस्थित मदन भण्डारी स्मृति कलेजका लागि निर्मित कलेज भवनको आज
काठमाडौं– सडकपेटी नै कब्जा गरेर सञ्चालन गरिएका वर्कसपलाई काठमाडौं महानगरपालिकाले कारबाही गरेको छ। बुधबार महानगरले बिजुली बजारको आर्क ब्रिजबाट देब्रेतर्फ
मिति २०७९।११।०१ गते अं.१६;५० बजेको समयमा काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं.१६ माछापोखरी चोक स्थितमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन,
एजेन्सी सीउल, १९ पुस उत्तर कोरियाली नेता किम जोङ उनले दोस्रो शक्तिशाली सैन्य अधिकारी पाक जोङ चोनलाई पदमुक्त गरेको कोरियाली