
अल्जाइमर रोगको कारण र यसबाट बच्न त्याग्नुपर्ने कुराहरु
तपाईंलाई लाग्दो हो कि हामी मानवहरु प्रविधि र प्राविधिक कुराहरुमा धेरै अगाडी बढीसकेका छौं तर जब स्वास्थको कुरा आउँछ हामी हामी अझै पछाडी त छैनौ ? कतिपय रोग तथा बुझ्नै नसक्ने स्वास्थ्य समस्याहरु अझैपनि यो २१ औं शताब्दिको लागि फरक संसार जस्तै छ । यो दौडधूपको दैनिकीलाई सहज बनाउन प्राविधिक रुपमा हामी अगाडी बढीरहेको भएपनि कैंयन किसिमका रोगहरुको नजिक पुगिरहेका छौं । यस्तै एउटा जटिल स्वास्थ्य समस्या हो अल्जाइमर । आउनुहोस् तपाईंको जानकारीका लागि यो एउटा गज्जबको तथ्य छ, र त्यो के हो भने विश्वमा हरेक तेस्रो सेकेण्डमा एकजना व्यक्ति बिर्षिने समस्याको सिकार भईरहेका छन् । डिमेंशियाकै एउटा प्रकार अल्जाइमरमा विशेषगरी वृद्धवृद्धाहरुले आफ्नो स्मरणशक्ति गुमाउँदछन् ।
तर वृद्धवृद्धामात्र हैन केटकेटी तथा युवा समेतमा यो समस्या देखिन थालेको छ । अब तपाईं सोच्दैहुनुहोला की वृद्धवृद्धाहरुहरु त आफ्नो उमेरको कारण अल्जाइमरको शिकार भएका होलान् । तर बच्चा तथा युवाहरु यो रोगको शिकार किन भइरहेका छन् त? आउनुहोस् अब लागौं यसको कारणहरुका सम्बन्धमा केही जानकारी तर्फ लागौंः
सबैभन्दा पहिलो कारण हो तनाव
यसमा कुनै शंका छैन की तपाईंको एउटा पूर्ण दिनमा तपाईंले तनावका लागि अवश्य पनि केही समय त खर्च गर्नु नै हुन्छ । केही व्यक्तिहरु त यस्ता पनि हुन्छन्, जो पुरा दिन नै कुनै न कुनै काल्पनिक सोचमा लागि नै रहेका हुन्छन् र त्यो उनीहरुको दैनिकी नै बनिसकेको हुन्छ । एउटा तथ्यले के भन्छ भने, “जति पनि रोग अथवा भनौ स्वास्थ्य समस्याहरु मानिसहरुलाई लागिरहेका छन् त्यसमा तनावको मुख्य भूमिका छ ।” त्यसकारण अल्जाइमर होस् या अन्य कुनै रोग, यदि तपाईं यस्ता स्वास्थ्य समस्याबाट पर रहन चाहनुहुन्छ भने, अनावश्यक तनाव लिने, तनावको वातावरण बन्ने काम आजैबाट छाडिदिनुहोस् ।
दोस्रो कारण हो खानपान
नेपाली समाजमा मात्रै हैन विश्व नै अहिले फास्ट फूड तथा जङ्क फूडको डरलाग्दो आनबानमा फँस्दै गईरहेको छ । फास्ट फूड तथा जङ्क फूड खानेहरुले विशेष रुपले ध्यान दिनुहोस् । किनकी फास्ट फूड तथा जङ्क फूड खाने जो कोहीलाई पनि के लाग्दो हो भने जे खानेकुरा वहाँहरुले सेवन गर्दैहुनुन्छ त्यो जिब्रोलाई गज्जबको स्वाद र मनलाई असिम आनन्द छ । तर हामीले विर्षियौं के भने जिब्रोको स्वाद तथा त्यस्ता खानेकुराहरुबाट प्राप्त हुँनेछ भन्ने असिम आनन्दको चक्करमा आफ्नो स्वास्थ्यलाई नराम्रो किसिमले बिगाडीरहेका छन् ।
यो पनि पढ्नुहोस्ः लिपिड प्रोफाइल (कालेस्टेरोलको जाँच) के हो !
फास्ट फूड तथा जङ्क फूडको सबैभन्दा ठूलो र सिघ्र देखिने समस्या भनेको मोटोपना हो, जुन कैंयन रोगहरु जस्तै मुटु रोग, डायबटीज (मधूमेह) तथा अल्जाइमर हुनुहो मुख्य कारण बन्दछ । यस कारण यस्ताखाले खानेकुरा सकेसम्म छिटो भन्दा छिटो छाड्नेतर्फ लाग्नुहोस् तथा आफ्नो नियमित खानपानका सन्तुलित आहारमा हरियो सागपात, ताजा तरकारी, ड्राई फ्रुट, दूध तथा फलफूललाई समावेश गर्नुहोस् ।
शारीरिक ब्यायामको कमी यसको तेस्रो कारण हो
अरुलाई यो भन्न बन्द गर्नुहोस् की तपाईंसंग ब्यायामका लागि पहिला समय हुन्थ्यो तर आजभोली अनेक जिम्मेवारी तथा कार्य व्यस्तताका रकाण ब्यायामका लागि समय निकाल्न सकिरहेको छैन । बुझ्नुपर्ने कुरा के हो भने जति तपाईं आफ्नो जीवनमा आफ्नो लागि कम्फर्ट जोन तयार पार्नुहुन्छ त्यो कम्फर्ट जोनले तपाईंलाई जीवनमा अघि बढ्ने सबै बाटो बन्द गरिदिन्छ । यसकारण बहाना छाड्नुहोस् र केही समय शारिरिक ब्यायामका लागि निकाल्नुहोस् । किनकी शारीरिक ब्यायामले बलिष्ठ शरिरमात्र दिंदैन तपाईंको मस्तिष्कको सर्कुलेशन पनि बढाउँछ । यो ब्लड सर्कुलेसले तपाईंको स्मरण क्षमतालाई बचाईराख्छ ।
मद्यपान (रक्सी सेवन) तथा धूम्रपान
रक्सी तथा चुरोटसँगको तपाईंको मित्रताले आर्थिक रुपमा त कमजोर बनाउँछ नै, यसका साथै तपाईं मानसिक तथा शारीरिक रुपमा समेत रोगी बन्न थाल्नुहुन्छ । कुनैपनि टशन, लत अथवा देखासिकिको चक्करमा मद्यपान (रक्सी सेवन) तथा धूम्रपान नगर्नुहोस् । यसले पैसा जोगाउने मात्र हैन तपाईंको फोक्सो, किड्नी, मुटु तथा सम्भावित अल्जाइमरको समस्याबाट पनि पर राख्दछ ।
—
लाइभमाण्डूका लागि सुयोग ढकालद्वारा alzheimer awareness बाट अनुवाद गरिएको