Lifestyle Portal
  •   १६ चैत्र २०७९, बिहीबार

ईरानले जमिनमुनी गुप्तरुपमा न्यूक्लीयर हतियार बनाँउदैछ : संयुक्तराष्ट्र संघ

२८ कार्तिक २०७६, बिहीबार ०८:०३


संयुक्तराष्ट्र संघको न्यूक्लीयर हतियार वाचडग एजेन्सीले ईरानमा यूरेनियमको मात्रा बढ्दै गएको र तेहरानले गुप्त रुपमा जमिनमुनी न्यूक्लीयर हतियार बनाउन शुरु गरेको प्रतिवेदन दिएको छ । ईरानले गत वर्ष पनि संयुक्त राष्ट्र संघको न्यूक्लीयर डिल तोडेको भएकले आफ्नो तेल बजारमा ठूलो घाटा सहनु परेको थियो । अहिले पनि ईरानलाई लाला समुन्द्र तटमा अमेरिकी पोटहरुले घेरेर त्रासमा राखिएको छ र यस कार्यमा केहि मध्यपूर्वका देशहरुले पनि पश्चिमाहरुलाई सघाइरहेका छन् ।

यसपटक त ईरानले गतहप्ता आफ्ना फोरडो भन्ने ठाँउका हिमश्रृखलाहरुमा यूरेनियम छान्न थालेको घोषणा नै गरेको थियो, यस ठाँउलाई हवाई आक्रमणमा पनि असर नहुने गरि बनाइएको छ जहाँ ईरानले सन् २००९ बाटै संयुक्तराष्ट्र संघका सुपरिवेक्षकलाई जान नदिई राखेको छ । वासिंगटनले भनें ईरानलाई मध्यपूर्वमा नै त्रास हुने गरि ब्यालीस्टिक मिसाइल बनाउन नदिन हदैसम्मको दबाब श्रृजना गर्ने बताएको छ । सन् २०१५ मा ईरानको न्यूक्लीयर कसरतहरुलाई रोकिइको हो यद्धपि केहि सेन्ट्रीफ्यूजेसहरु भनें रिसर्चका लागि भनेंर ईरानमा नै छाडिएको थियो ।

यूरोपियन यूनियनका ई ३ शक्तिराष्ट्रहरु फ्रान्स, बेलायत र जर्मनले पनि ईरानलाई थप नाकाबन्धी लगाउनुपर्ने जनाएका छन् । यद्धपी अफगानीस्तान, ईराक, सिरिया, लिविया जस्तो अब नयाँ आतंकवादको देश मानेर ईरानलाई पनि ध्वस्त पार्न खोजिएको त हैन भन्ने शंका चाँही गैर पश्चिमा देशहरुलाई लागेको छ । ईरानलाई विगतका केहि वर्षदेखि लगातार त्रासमा र नाकाबन्धीमा राखिएको छ र अहिले आएर संयुक्त राष्ट्र संघको नजरमा पनि ईरान र उत्तर कोरियालाई लगभग उस्तै नाकाबन्धीमा राखिएको हो । अमेरिकी राष्ट्रपति ट्रम्पको उत्तर कोरियाली नेता किमसंगको भेटवार्तापनि क्रमश उत्तर कोरियालाई दबाब र त्रास कम भएको मानिन्छ तर ईरानको अवस्था अत्यन्त दबाबमा छ ।

ईरान र पाकिस्तानले सिमाना राख्दछन् भनें भारतका लागि सबैभन्दा धेरै कच्चा तेल ईरानले नै पूर्ति गर्दछ । सभ्यता र संस्कार अनि साहित्यका लागि ईरान विश्वमा नै अग्रणी देश हो ।

—-
लाइभमाण्डु

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले वाग्मती सभ्यताको जगेर्ना गर्ने काम पहिलो प्राथमिकतामा हुनुपर्ने बताएका छन् । बुधबारबाट सुरु

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकारको आर्थिक सहयोगमा काठमाडौंस्थित मदन भण्डारी स्मृति कलेजका लागि निर्मित कलेज भवनको आज

काठमाडौं– सडकपेटी नै कब्जा गरेर सञ्चालन गरिएका वर्कसपलाई काठमाडौं महानगरपालिकाले कारबाही गरेको छ। बुधबार महानगरले बिजुली बजारको आर्क ब्रिजबाट देब्रेतर्फ

मिति २०७९।११।०१ गते अं.१६;५० बजेको समयमा काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं.१६ माछापोखरी चोक स्थितमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन,