Lifestyle Portal
  •   ५ चैत्र २०७९, आईतवार

बालबालिकासँग सम्बन्धित युट्युबको नयाँ नीति

२८ कार्तिक २०७६, बिहीबार १०:०५

लोकप्रिय

Children Online Privacy Act (COPPA) को कारण युट्युबमा आएको नियमको फेरबदलका सम्बन्धमा धेरै प्रश्नहरु आएका छन् । समग्रमा जानेको जवाफ दिदैछु ।

युट्युबले के भन्छ ?
युट्युबले तपाईले बनाएको भिडियो केटाकेटीका लागि बनाएको भिडियो हो वा केटाकेटीका लागि होइन भन्ने छुट्याउँनै पर्छ भनेर अनिवार्य गरिदियो । यसले अमेरिकी कानुनलाई मान्छ ।

के गर्ने ?

यदि तपाई केटाकेटीहरुको लागि मात्रै भिडियो बनाउनुहुन्छ भने मेरो च्यानलमा केटाकेटीका लागि मात्रै भिडियो छन् भनेर च्यानल पुरैका लागि त्यो अप्सन छाने भयो ।

केटाकेटीका लागि छैनन् भने पनि पुरै च्यानललाई मेरो च्यानलमा केटाकेटीलाई कामलाग्ने भिडियो छैनन् भन्ने अप्सन छाने हुन्छ ।
यदि तपाईको च्यानलमा केटाकेटीका लागि हुने र नहुने दुवै किसिमका भिडियो छन् भने म हरेक भिडियोमा रिभ्यु गर्छु भन्ने विकल्प टिक लगाउन सक्नुहुनेछ ।

के फरक पार्छ ?

तपाईको छनौटले तपाईको भिडियोमा के विज्ञापन आउँछ भन्ने कुराको फरक पर्छ । केटाकेटीका लागि बनाएको भिडियोमा personalised ads देखिने छैनन् । पर्सनलाइज्ड विज्ञापनहरु प्रयोगकर्ताको ब्राउजिङ हिस्ट्रीका आधारमा देखिने हुनाले अलिक महंगा हुन्छन् । यसैले हुन्छ नै भन्न गाह्रो छ तर केटाकेटीहरुका लागि बनाइएका भिडियोहरुको कमाइ घट्न सक्छ ।

थप कुरा
फरक फरक प्रयोग गरे पछि केहि दिनमा के गर्दा ठिक हुन्छ भन्ने थाहा पाउँन सकिन्छ । नयाँ प्रयोग गर्न नछोड्नुस् ।

गणेश कार्की
MRR 

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकारको आर्थिक सहयोगमा काठमाडौंस्थित मदन भण्डारी स्मृति कलेजका लागि निर्मित कलेज भवनको आज

काठमाडौं– सडकपेटी नै कब्जा गरेर सञ्चालन गरिएका वर्कसपलाई काठमाडौं महानगरपालिकाले कारबाही गरेको छ। बुधबार महानगरले बिजुली बजारको आर्क ब्रिजबाट देब्रेतर्फ

मिति २०७९।११।०१ गते अं.१६;५० बजेको समयमा काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं.१६ माछापोखरी चोक स्थितमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन,

एजेन्सी न्युयोर्क, १९ पुस अमेरिकी अन्तरिक्ष निकाय नासाले भर्खरै नयाँ कक्ष सुरु गर्दा सूर्यको अनौठो र सुन्दर तस्बिर सेयर गरेको