Lifestyle Portal
  •   २३ जेष्ठ २०८०, मंगलवार

मेरो गाउँ, मेरो ठाउँ सन्दर्भमा गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङसँग छलफल

४ मंसिर २०७६, बुधबार ०८:५६


एकातर्फ देशले एउटा पर्वको रुपमा पर्यटन वर्ष २०२० को तयारी गरिरहेको छ भने अर्कोतर्फ यो पर्वलाई सम्झना लायक बनाउन र देश विदेशका घुमन्ते फिरन्ते, प्रकृति तथा संस्कृति प्रेमीहरुका लागि “We Will Rise Foundation – हामी उठ्ने छौं”ले देशभरीबाट लुकेका, ओझेलमा परेका अथवा नदेखिएका पर्यटनका लागि नयाँ गन्तब्यहरु समेटेर तयार पारीएको ‘मेरो गाउँ, मेरो ठाउँ’, भिडियो च्यालेञ्जको पहिलो संस्करणको आयोजना गरेको थियो ।

“पहिलो संस्करणको अनुभव देशभरीबाट भिडियो सामाग्रीका लागि भएको ब्यापक सहभागीता तथा फरक फरक क्षेत्रका साथीहरुबाट प्राप्त हौसलाले हामीलाई दोश्रो संस्करणका लागि आत्मबल दिएको छ । यस पटक हामी नयाँ सोंच र योजनाका साथ विश्व पर्यटनमा कहलिएको चर्चित पर्यटकीयस्थल पोखरालाई दोश्रो संस्करणको आयोजनका लागि तयारी थालेका छौं ।”वि विल राईज फाउण्डेशनका संस्थापक निर्देशक निर्मल श्रेष्ठले लाइभमाण्डूसँगको कुराकानीका क्रममा बताउनुभयो ।

“यसै सन्दर्भमा ‘मेरो गाउँ, मेरो ठाउँ’, भिडियो च्यालेञ्ज बारे मंगलबार गण्डकी प्रदेशका मुख्यमन्त्री माननीय श्री पृथ्वी सुब्बा गुरुङसँग तेस्रोपटक हामीले छलफल गरेका छौं । पोखरा देशकै मुख्य पर्यटकीय गन्तव्य भएकाले पनि गण्डकी प्रदेश यससँग जोडिनै पर्छ भन्ने हाम्रो अनुरोधलाई अत्यन्तै सकारात्मक रूपमा लिएको बताउँदै उहाँले सहयोगका लागि पर्यटन मन्त्रालयलाई निर्देशित गर्नुभएको छ” निर्देशक श्रेष्ठले थप्नुभयो ।

पर्यटन वर्ष गण्डकी प्रदेशका संयोजक जुद्द गुरुगंलाई प्रस्ताव हस्तान्तरण गर्दै संस्थापक निर्देशक निर्मल श्रेष्ठ

‘मेरो गाउँ, मेरो ठाउँ’, भिडियो च्यालेञ्जका अर्थ संयोजक कसिम मियाँ समेत सहभागी रहनुभएको भेटघाटमा गण्डकी प्रदेशका पर्यटन मन्त्री विकास लम्साल, माननीय किसान श्रेष्ठसँग समेत सकारात्मक छलफल भएको छ ! पर्यटनको क्षेत्रमा कोशेढुङ्गा बन्नसक्ने यस आयोजनको लागि आवश्यक कारवाही अघि बढाउन भिडियो च्यालेञ्जको प्रपोजल पर्यटन वर्ष गण्डकी प्रदेशका संयोजक जुद्द गुरुगंलाई हस्तान्तरण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाण्डौ । काठमाण्डौमा गत आइतबार सम्पन्न भारतको प्रतिष्ठित ‘क्याप्टिभेटिङ क्रिएसन अवार्ड २०२३’को छैठौं संस्करणमा वरिष्ठ कलाकार हरिवंश आचार्य, विशिष्ट संगीतकार

भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतकी राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेटवार्ता भएको छ । भारतको राष्ट्रपति भवनमा

भारतको चारदिने औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतका उपराष्ट्रपति जगदीप धनखडसँग शिष्टाचार भेटवार्ता भएको छ । भारतको

चार दिने औपचारिक भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको विकास र समृद्धिको प्रमुख साझेदार भारत भएको बताउनुभएको छ