मुटुमा ब्लोकेज रोक्न यि खाना न खानुस्: डा. ओम मुर्ति अनिल


के के खाना मा ट्रान्स फ्याट बढी पाईन्छ, मुटुमा ब्लोकेज रोक्न यि खाना न खानुस्ः

१) बनस्पती घ्यु
२) केक , पेस्ट्री ,पाइ, क्रिम
३) पीजा , बर्गर ,सैन्ड्विच
४) बिस्कुट, कूकिज, क्रेकर, डुनट
५) चक्लेट
६) पपकर्न
७) क्रिम कैन्डी
८) तारेको (Fried) फास्ट फुड, फ्रेन्च फ्राइ
९) फ्रोजेन फुड्स

खानामा ट्रान्स फ्याट बढी भएमा हार्ट अटेक र ब्लोकेजको सम्भावना बढी हुन्छ, ट्रान्स फ्याट अत्यधिक हानिकारक फ्याट हो।  यस्को बारेमा राम्ररी थाहा पाउनु होस् ।

डा. ओम मुर्ति अनिल
मुटुरोग विशेषज्ञ

हाम्रो दैनिक खानामा ट्रान्स फ्याटको मात्रा एक प्रतिशत भन्दा कम हुनुपर्छ । हामीले बजारमा किन्ने प्रत्येक खानेकुरामा ट्रान्स फ्याटको मात्रा हेर्ने गर्नुपर्छ र ट्रान्स फ्याटको मात्रा प्रष्ट सग नलेखिएको खानेकुरा सकेसम्म किन्नु हुदैन ।

वनस्पति घ्यूमा ट्रान्स फ्याटको मात्रा अत्यन्तै बढी हुन्छ । कुनैकुनै वनस्पति घ्यूमा ५० प्रतिशतसम्म ट्रान्स फ्याट भएको पाइन्छ ।

वनस्पति घ्यू सस्तो भएकोले शुद्ध घ्यूको सट्टामा बढी प्रयोग हुनेगर्छ । रेष्टुरेण्टहरुमा यसको प्रशस्त प्रयोग भएको पाइन्छ ।

फास्टफूडहरु यस्तै घ्यूमा बनाइएको हुन्छ । यस्तो खानाको स्वाद राम्रो हुने, बढी बिक्रि हुने र हेर्नमा पनि आकर्षक देखिने हुन्छ । तर स्वास्थ्यको दृष्टिकोणले हेर्ने हो भने यस्ता खानाहरु अत्यन्तै हानिकारक हुन्छन् ।

यस्ता खानामा पाइने ट्रान्स फ्याट र सैचुरेटेड फ्याटले हाम्रो शरीरमा कोलेस्ट्रोलको समन्वयलाई बिगारेर हृदयघात जस्ता प्राणघातक रोगको उत्पत्ति गर्नसक्छ ।

हामीले खाने कुरा किन्ने बेलामा र खाने बेलामा अलिकति बिचार गर्नुपर्ने जरुरी देखिन्छ ।

यो खानामा सैचुरेटेड फ्याट र ट्रान्स फ्याटको मात्रा कति होला, कस्तो तेल वा घ्यूको प्रयोग भएको होला, प्रिजरभेटिभको प्रयोग भएको छ कि छैन् जस्ता कुराहरु बिचार गर्नुपर्छ ।

केही नसोची यस्ता खानेकुरा निर्घक्क सग प्रयोग गर्नु असामयिक स्वास्थ्य दुर्घटनाको लागि बाटो खोलिदिनु हो ।

यो पनि पढ्नुहोस्ः
१) तोरी, सूर्यमुखी र ओलिभ तेलको के छ फाईदा र बेफाईदाहरु?
२) हार्ट अटेकको जोखिम यसरी पत्ता लगाउनुहोस्

ट्रान्स फ्याट पनि एक प्रकारको अनसैचुरेटेड फ्याट नै हो, तर यसले नराम्रो कोलेस्ट्रोल LDL लाई बढाउ“छ र राम्रो कोलेस्ट्रोल HDL लाई घटाउछ । यसले नराम्रो कोलेस्ट्रोललाई मुटुको रक्तनलीमा थुपारेर Coronary artery disease हुने सम्भावना बढाउँछ ।

ट्रान्स फ्याट सैचुरेटेड एनिमल फ्याट भन्दा पनि बढी खतरनाक हुन्छ । यसले रक्तनलीमा Blockage बन्ने संभावना पनि बढाउँछ । बजारमा पाइने धेरैजसो खानेकुरामा ट्रान्स फ्याटको मात्रा धेरै हुनसक्छ । विशेष गरेर फास्ट food , फ्रोजेन food र प्रोसेस्ड food, यसको मात्रा बढी भएको पाइन्छ । खानेकुरा किन्ने बेलामा ट्रान्स फ्याटको मात्राको बारेमा जानकारी राख्नु जरुरी हुन्छ ।


Loading comments...