Lifestyle Portal
  •   ४ चैत्र २०७९, शनिबार

गाजाका बच्चाहरुको माया लाग्दछ मलाई

४ मंसिर २०७६, बुधबार ११:४२

लोकप्रिय

गत केहि दिनदेखि ईज्रेलले गाजा क्षेत्रमा आफ्नो हमलाका श्रृखलालाई तिब्र बनाइदिएको छ । मलाई त्यहाँका शरणार्थी क्याम्पमा बसेका अनि अन्य सबै बालबालिकाको माया लाग्दछ । हुन त नेपाल र जोर्डन नदिका तटहरुमा धेरै दुरी होला तर फेरि ग्रह एउटै त हो, पृथ्वीको एक कुनामा भएका घटना र क्रियाकलापहरुले सबै कुनाहरुमा असर गर्दछ, गाजाका बालबालिका अनि त्यहाँको त्रासदीले नेपालमात्र हैन विश्वभरिका सबैलाई पीडा नदिएको हैन । त्यहाँका साना अनि भर्खर बामे सर्दै गरेका सबै केटाकेटीहरुले मध्य निन्द्रामा पनि आकाश या जमिनमा केहि आवाज र विष्फोट सुने अनि आफ्ना हातगोडा सग्लै भएको चाल पाए भनें ओछ्यानवाट उठेर लुक्ने ठाँउ या खाट अनि दराज पछाडि लुक्न सिकिसकेका छन् । तर तिनीहरुलाई के थाहा कि मिसाइल र गोलीहरुलाई भित्ता र काठका पाताहरुले छेक्न सक्दैनन भनेंर ।

निर्दयी देश, शाषक र प्यालीस्टाइनका पनि निर्दयी बिद्रोहीहरुले के का लागि युद्ध गरिरहेका हुन् कुन्नी तर वर्षौ लामो यस्ता युद्धले त्यहाँका पुस्तौं पुस्ता समापन भइसक्यो, सर्जिकल स्ट्राइकका बिच हुर्किएका बच्चाहरुको साइकोलोजी कस्तो होला र खै ?  यो युद्ध ईस्लामीस्ट र जियोनीस्ट को युद्ध हो, यता ईस्लामीस्टको गोली अनि उता जियोनीस्ट को तर बास्तवमा भन्दा बच्चाहरुको त कुनै धर्म हुन्छ र ? हुँदै नभएको धर्म र बुझ्दै नबुझेको दर्शनका लागि गाजा क्षेत्रका बालबालिकाहरुले ज्यान र जीवन गुमाइरहेका छन् ।

अनि एकातर्फ छ मौन अन्तराष्ट्रिय समुदाय, युद्ध जे सुकैका लागि होस् तर युद्ध भएपछि त्यहाँबाट बालबालिका र महिलाहरु लगायत निहत्था जनतालाई निकाल्न सबैको प्रयत्न हुनपर्ने हैन र ?

पानीको एकमात्र श्रोत हो जार्डन नदि जुन आजभोली यति प्रदुषित छ कि त्यस्लाई छोयो मात्र भनेंपनि रोग लाग्न सक्दछ । गाजा क्षेत्रमा केवल ६ देखि ८ घण्टामात्र बिजुली आँउछ, किसानहरुले अन्न उब्जाउन सक्ने वातावरण छैन किनभनें खुल्ला आकाशमा चरा भन्दा धेरै मिसाइल, ड्रोन र गोलीहरु डुलिरहेका हुन्छन् । माछा मार्न पानीमा जाल हान्न जान सक्ने अस्था छैन, गाजा क्षेत्रबाट समुन्द्र लगभग १.५ किमी मात्र पर छ तर त्यहाँ जानसक्ने अवस्था छैन । अस्पतालमा ओखती छैन, पसलमा राशन छैन, घरमा श्रोत छैन अनि धारामा पानी नआएको दशक भन्दा बढि भइसक्यो । गाजाका बालबालिकालाई चाँही अन्तराष्ट्रिय बाल दिवस कहिले लागु हुने हो ?

सुयोग ढकाल
लाइभमाण्डु

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकारको आर्थिक सहयोगमा काठमाडौंस्थित मदन भण्डारी स्मृति कलेजका लागि निर्मित कलेज भवनको आज

काठमाडौं– सडकपेटी नै कब्जा गरेर सञ्चालन गरिएका वर्कसपलाई काठमाडौं महानगरपालिकाले कारबाही गरेको छ। बुधबार महानगरले बिजुली बजारको आर्क ब्रिजबाट देब्रेतर्फ

मिति २०७९।११।०१ गते अं.१६;५० बजेको समयमा काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं.१६ माछापोखरी चोक स्थितमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन,

विरगञ्ज, १४ पुस छिमेकी मुलुक भारतमा कोभिड–१९ को संक्रमण फैलन थालेपछि वीरगन्ज नाकामा उच्च सतकर्ता अपनाइएको छ । इनरुवा नाकामा