ति ईराकी युवाहरु जो कहिल्यै फर्किनेछैनन


यूवा नेता सफा अल सरेको टाउकोको खप्परमा ग्याँसको क्यानीस्टर राखेर उन्लाई मार्न खोजिएको थियो, पछि त्यस क्यानीस्टरलाई ७ घण्टा भन्दा धेरै समय लगाएर निकालियो । तर अक्टोबर २८ को मध्यरातमा लोकप्रीय यूवा नेतालाई अस्पतालमा मृत घोषणा गरियो । अल सरे ईराकका यूवाहरु माझ चर्चित गायक, कवी र संगितकार पनि थिए ।

अक्टोबर १ बाट सत्तारुढ पार्टी र सरकार बिरुद्ध भइरहेको यूवाहरुको प्रदर्शनमा ३०० भन्दा धेरै यूवाहरु मारिइसकेका छन् । एकजमानाको शक्तिशाली, स्पष्ट अनि कडा देश ईराकमा आजभोली भ्रष्टाचार, बेथिती र सरकारको कमजोरी सर्वव्याप्त छ, यूवाहरु सुशासनका लागि आन्दोलनरत छन् तर तिनीहरुलाई सरकारले क्रुरतापूर्वक मार्दै आएको छ । आन्दोलनकारीहरुको शरीरमा दुलो पारेर ग्याँसका क्यानीस्टरहरु हालेर पटाइने गरिन्छ अनि जस्लाई आन्दोलनकारीका रुपमा सरकारले पक्रन्छ उ फर्केर आँउदैन भनेर सबैको साझा बुझाई हुन्छ ।

ईराकको स्वतन्त्र हाईकोर्टको मानव अधिकार बिशेष शाखाले अहिलेसम्म १५०० यूवाहरुलाई मारिसकेको बताएको छ । शुरुमा यूवाहरुले स्वतन्त्रतापूर्वक र शान्तिपूर्ण तठस्त आन्दोलन गरेपनि प्रहरीको दमन अति नै भएपछि कुरा बिग्रदैं गएको देखिन्छ । दु:ख लाग्दो कुरा त यस बिषयमा अन्तराष्ट्रिय समुदायको मौनता बिषयमा छ ।

धेरैजसो आन्दोलनकारी यूवाहरु करिब ९० को दशकमा जन्म भएकाहरु छन् जो ईराकको अस्तव्यस्तताले सर्वाधिक प्रभावित भए, उनीहरुलाई सरकारले चाहिने भन्दा धेरै बल प्रयोग गरेर दमन गरिरहेको छ । अस्पतालमा प्वाल पारिएका शरीरबाट ग्याँसको क्यानीस्टर निकालिन्छ तर पछि उनीहरुको मृत्यु हुन्छ ।

धेरै जसो यूवाहरु सुकुम्वासी क्षेत्र नजिकैको सादर शहरबाट आउने गर्दछन् । अल सरेलाई अब ईराकमा बिशेषत बग्दाद छेउछाउ तिर यूवा आइकनका रुपमा मानिन थालिएको छ, मृत्युपर्यन्त उनका तस्वरिहरु बिभिन्न ब्यानर र लोगोका रुपमा यूवा आन्दोलनकारीहरुले प्रयोग गर्दछन् । यद्धपि दैनिकरुपमा सरेजस्तो धेरै यूवाहरु मारिने क्रम रोकिएको छैन ।


यो पनि पढनुहोस्

टर्कीलाई मिसाइल बेच्दै रुस

ईरानले जमिनमुनी गुप्तरुपमा न्यूक्लीयर हतियार बनाँउदैछ : संयुक्तराष्ट्र संघ

ईज्रेल बिरुद्ध इराकलाई सहयोग गर्दै रुस

के ईरानले युद्ध चाहन्छ ?


Loading comments...