राजस्थानमा मारिएका १८ हजार चराहरुको मृत्यूको कारण


राजस्थानको पश्चिमी किनारा तर्फका साल्टवाटर लेकका किनारमा भर्खरै १८ हजारको हाराहारीमा चराहरुको मृत्यू भएको छ । यो दर्दनाक र रहस्यमयी पनि थियो तर भर्खरै बिशेषज्ञहरुले चराहरुको मृत्यूको कारण पत्ता लगाएका छन् ।

उनीहरुका अनुसार एभीएन बोटुलीज्मका कारणले यतिका धेरै चराहरुको मृत्यू भएको हो । भारतको जनावर र चराहरुको इतिहासमा यतिका धेरै चराहरु मारिनु सर्वाधिक दर्दनाक घटना हो । बिशेषत अन्य ठाँउवाट बसाँईसराँई गरेर आउने दुर्लभ चराहरु धेरै मरेको पाइएको छ । नोभेम्बर १० मा जयपुरबाट ८० किमी परको तालमा हजारौं चराहरु मरेको फेला परेका हुन्, अहिलेसम्म मरेका चराहरुको १८००० शरीरहरु फेला पारिएको भएतापनि अन्य ठाँउहरुमा पनि यसरी चराहरुको सामुहिक चिहान भएको बताँउदै बिशेषज्ञहरुले २५ हजारसम्म चराहरु मारिएको हुनसक्ने बताए । यस क्षेत्रमा अहिलेसम्म केवल ५५० वटा चराहरुलाई मात्र जोगाउन सकिएको छ । साइबेरिया क्षेत्रमा हिँउदका बेला हिँउ बढ्न थालेपछि चराहरु भारत आउने गर्दथे, तिनै चराहरु नेपालसम्म पनि आउने गर्दछन् । नेपाली चराहरु र बन्यजन्तु बिशेषज्ञहरुले पनि भारतको यो घटनाबाट नेपालले के सर्तकता अपनाउने भन्ने बिषयमा चनाखो हुन जरुरी देखिन्छ ।

 

लाइभमाण्डु


Loading comments...