Lifestyle Portal
  •   २३ जेष्ठ २०८०, मंगलवार

अफगानीस्तानमा कस्ले खसाल्यो अमेरिकी हेलीकप्टर

१० मंसिर २०७६, मंगलवार १०:२१


गत हप्ताको बुधवारका दिन अमेरिकी सेनाले बिज्ञप्ती जारी गर्दै अफगानीस्तानमा आफ्नो हेलीकप्टर दुर्घटना भएको र त्यसमा दुईजना अमेरिकी स्टेट सर्भिस मेम्बरहरुको पनि मृत्यू भएको जनाएको छ । सेनाको प्रतिवेदनमा उक्त हेलीकप्टर खस्नुमा कुनै बाहिरी आक्रमणको प्रमाण नभेटिएको बताएका छन् यद्धपी स्थानीय मिडियाहरुले तालिवान आक्रमणमा यो दुर्घटना भएको जनाएका छन् । तालिवानले भनें आफूहरुले आक्रमण गरि हेलीकप्टर खसालेको जिम्मेवारी लिइसकेका छन्, गत बुधवार काबुल को दक्षिणी भागतर्फको लाहोर प्रान्तमा यस हेलीकप्टर खसेको थियो ।

तालिवानका प्रवक्ता जमिउल्लाह मुहाजिदले हेलीकप्टर तालिवनाको गढ पानग्राम तर्फ उड्दै गर्दा खसालिएको भनी ट्वीट गरेका छन् । करिब १३,००० अमेरिकी सेनाहरु अहिलेपनि अफगानीस्तानमा छन्, सन् २००१ को सेप्टेम्बर ११ को हमला पछि अमेरिकी सेनाहरुले अफगानीस्तानमा गढ बसाएका हुन् ।

लाइभमाण्डु

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाण्डौ । काठमाण्डौमा गत आइतबार सम्पन्न भारतको प्रतिष्ठित ‘क्याप्टिभेटिङ क्रिएसन अवार्ड २०२३’को छैठौं संस्करणमा वरिष्ठ कलाकार हरिवंश आचार्य, विशिष्ट संगीतकार

‘मेरो गाउँ, मेरो ठाउँ’ भिडियो च्यालेन्ज २०२३ का लागि विभिन्न दस विधामा ७० वटा वृत्तचित्र मनोनयन भएका छन् । देशैभरबाट

सोलुखुम्बु — नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले सोलुखुम्बुमा ध्यान केन्द्र र गुम्बाको शिलान्यास गर्नुभएको छ। बुद्ध जयन्तीका अवसरमा राजदूत

जारी फिल्म सुखद रुपमा चलिरहेको छ । हिजो छोरीको स्कुल जानु पर्ने थियो ब्यस्तताले जान पाईन । नानीको आमालाई छोरीसँग