Lifestyle Portal
  •   २४ जेष्ठ २०८०, बुधबार

को हुन अमेरिकी मुसलमानहरु ?

११ मंसिर २०७६, बुधबार ०५:३०


भर्खरै अलजजिरामा मैले अमेरिकी मुसलमानहरुका बारेमा दुईवटा लेखहरु पढ्न पाँए, एउटा लेख धेरै संवेदनशील थियो भनें अर्को त केवल परिपुरक मात्र पाँए । दुबै लेखकहरुले आआफ्ना तर्कहरु जोडदारपूर्वक लेखेका थिए, अहिले विश्वभरमा नै अमेरिकी मुसलमान अनि पश्चिमा मुसलमानका पहिचान र ईस्लामोफोबियाका कुराहरु उठिरहेका छन् ।

एउटा लेखमा भनें अमेरिकी मुसलमानहरुको राजनैतिक सहभागीतामा कुनै भूमिका नरहेको लेखिएको थियो, तर बिभिन्न अन्य लेखकहरुले जस्तै अली अल अरिगन नामक लेखकले भनें यस्तो नभएको अनि अहिले अमेरिकामा मुसलमान समुदाय, सहभागिता र सारगर्भिताले संस्थागत पहिचान र राजनैतिक अभियानमा ठूलो भूमिका खेल्दै अर्थ राख्ने कमेन्ट गरे ।

अर्का लेखक अब्बास बर्जेगरले भनें सहनशीलता र मौनताका प्रतिमुर्ति अमेरिकी मुसलमान समुदायहरु बिभिन्न आरोप, आक्षेप र बिभेदको सामना गर्दै आज यस ठाँउमा आएका अझै पनि विश्वभरि बुनिएको ईस्लामोफोबियाको भयका बिरुद्धमा लागिपरेको कमेन्ट गरे ।

मलाई घरि घरि लाग्छ किन एउटा अमेरिकी अमेरिकी मात्र हुन नसक्ने हो ? किन एउटा अमेरिकी अमेरिकी मुसलमान हुन्छ ? म पनि अमेरिकी नागरीक हुँ र म मुसलमान पनि हुँ, अब कस्लाई अमेरिकी मुसलमान भन्ने ?

नामका आधारमा या रंगका आधारमा या मस्जिद जाने हरुलाई या अमेरिकी भएर पनि अमेरिकी हुन नसक्ने समुदायलाई ?

यो अमेरिकी मुलमान भन्ने पहिचानात्मक शव्द नै अर्थपूर्ण छैन, ईस्लाम धर्म मान्नेहरुलाई मुसलमान भनिन्छ अनि त्यहि धर्म मान्ने या रोजा ब्रत राख्ने या मस्जिद जाने यदि अमेरिकामा बस्छ भनें उ समावेशी या गैरसमावेशी रुपमा भएपनि केवल अमेरिकी हुन सक्दैन, उ त केवल अमेरिकी मुसलमान हुन्छ । गत वर्षको अमेरिकी राष्ट्रपतिय चुनावमा किजर खान र उनी श्रिमती गजाला खानले हिलरीको पक्षमा अनि ट्रम्पका बिरुद्धमा बिभिन्न सभा समारोहमा बोले । अमेरिकामा यि मुसलमान जोडी निकै चर्चाम रहे, सन् २००४ को ईराक वारमा मारिएका हुमायू खानका छोराको दम्पतीलाई हिलरीले मुसलमानको भोट पाउने कार्डका रुपमा प्रयोग गरिन ।

अमेरिकाले आफ्ना नागरीकहरुमा पनि विभेद गरेको छ, यहाँ अमेरिकी यदि मुसलमान भयो भनें उ अमेरिकी मात्र नभई अमेरिकी मुसलमान हुन्छ । के हाम्रो धर्म हाम्रो लुगा या दारी या ब्रत बस्ने रितमा लुकेको हुन्छ ?

अमेरिकी समाजको इतिहासमा पहिले मुसलमान समुदाय अमेरिकी उपनिवेशमा पुगेका हुन अनि मात्र अफ्रिकीहरुलाई दास बनाएर यहाँ ल्याइयो । अमेरिकामा मुसलमानहरु काला, गोरा, खैरा, राता जुनसुकै रंगका हुन तर अमेरिकी नागरीक भइसकेपछि अमेरिकी कहलिन पर्दछ किनभनें अमेरिकी समाजको आन्दोलन, अभियान र अर्थतन्त्रमा हामी सँधै सबै संगै छौं, हाम्रो पनि बराबरीको सहभागिता र योगदान छ । हाम्रा नाम या पहिचानको मुनी अमेरिकी मात्र राखौं, अमेरिकी मुसलमान पशिचानले हामीलाई साँघुरो बनाएको छ ।

हमिद दबासीले एकजना अमेरिकी लेखक हुन्, उनले अलजजिरामा लेखेका लेखको सरल नेपाली अनुवाद ।

 

लाइभमाण्डु

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाण्डौ । काठमाण्डौमा गत आइतबार सम्पन्न भारतको प्रतिष्ठित ‘क्याप्टिभेटिङ क्रिएसन अवार्ड २०२३’को छैठौं संस्करणमा वरिष्ठ कलाकार हरिवंश आचार्य, विशिष्ट संगीतकार

भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतकी राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेटवार्ता भएको छ । भारतको राष्ट्रपति भवनमा

भारतको चारदिने औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतका उपराष्ट्रपति जगदीप धनखडसँग शिष्टाचार भेटवार्ता भएको छ । भारतको

चार दिने औपचारिक भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको विकास र समृद्धिको प्रमुख साझेदार भारत भएको बताउनुभएको छ