
जापानले बनाएको बुलेट रेलले कसरी विश्व पारवहन परिवर्तन गर्यो
१२ मंसिर २०७६, बिहीबार ०५:३०
अक्टोबर १ सन् १९६४ मा जापानको टोक्योमा हल्का निलो रगं भएको एउटा रेलले खुरुरु आफ्नो ट्याकबाट लामो दुरी कम ईन्धनमा पार गर्यो । यस रेलले ओसाका सम्म आफ्नो बाटो बिस्तार गर्यो र इतिहासको पानामा पनि आफ्नो नाम सुरक्षित राख्यो । यसै रेललका बिभिन्न भर्जन र प्रविधिले आज विश्वको परिवहन र यात्रा संयन्त्रमा ठूलो भूमिका खेलेको छ ।
विश्वयूद्धबाट अघि बढिरहेको र अर्थतन्त्रमा सुधार ल्याँउदै यूद्धका खाटाहरु संगालीरहेको जापानका लागि यो बुलेट ट्रेन वरदान सावित भएको थियो, यो जापानका लागि मात्र नभएर जापानबाट शुरु भएको तर विश्वका लागि नै बुलेट ट्रेनको समय थियो । सन् १९६४ मा जापानले आयोजना गरेको ओलम्पीक्स गेम्सबाट जापानको बिभिन्न प्रविधि र अन्वेषणले विश्वबजारमा चर्चा पायो, यसमा सर्वाधिक ठूलो कुरा थियो बुलेट ट्रेन । सन् १९४५ मा विश्वयूद्धले नराम्ररी थलिएको जापान सन् १९६४ सम्म प्रविधि र संयन्त्रमार्फत फेरि विश्व अर्थतन्त्रको शक्तिशाली टेबलमा बस्ने देशहरुको सूचीमा आइसकेको थियो ।
बुलेट ट्रेनको ५५ वर्षे इतिहासमा सिनकासेन भन्ने जापानी शव्द निकै प्रयोग हुने गर्दछ, यसको अर्थ हुन्छ ट्रकं लाइन । अब यो अन्तरािष्ट्रय तवरमा नै स्पीड र ईन्धन मितव्ययीताका लागि चर्चित शव्द भएको छ । विश्व बजारमा रेलहरु उत्पादनका लागि जापान मुख्य केन्द्र हो, हिटाची र तोसिबा जस्ता जापानी ब्राण्डका रेलहरु सिवश्वभरि अरबौं डलरमा बिक्रि हुन्छ । सन् १९६५ मा नै ३२० माइलको बुलेट रेलको टोकाइडो लाइनले जापानले बनाएको थियो, यो टोकियोबाट ओसाकासम्म फैलिएको लाइन हो । यि रेलहरु ३२२ किमी प्रतिघण्टाका दरले दौडन सक्ने थिए, कोबे, क्योतो, हिरोसिमा, नागानोजस्ता शहरहरु उतिबेलै बाट रेलले जोडिएका शहरहरु थिए ।
उतिबेला अमेरिका र यूरोपमा ४ फिट र ८ दशमलव ५ ईन्चको गज भएका रेलहरु थिए तर जापानले आफ्ना बुलेटका गजलाई कम बनाँउदै ३ फिट र ८ इन्चमा सिमित गर्यो । यसो गर्दा रेल बनाउन सहज हुने र हिमालहरुमा पहाडहरुमा चढाउन सहज हुने र कम पैसामा बन्ने पक्का थियो तर सानो गजमा स्पीड भनें कम हुने पक्का थियो । पछि सिनकासेनलाई ४ फिट र ८ दशमलव ५ ईन्चको गजमा नै बनाइयो । सन् १८८९ मा टोक्योवाट ओसाका रेलमा जाँदा १८ घण्टा लाग्थ्यो, तर पनि यसअघि हप्तौं हिँडेर पुग्नुभन्दा मानछेहरुले रेल चढे । तर पछि सिनकासेन जोडिएपछि यहि यात्रा केवल ३ घण्टा १० मिनटको भयो । सन् १९४० मा नै जापानले रेलबाट रुस र प्रशान्त महासागरका किनारहरु हुन्दै टनेलहरु बाट अन्य देशहरु जोड्जे लुप लाइनको अवधारणामा काम गर्न थालेको थियो । जापानलाई आफ्नो भुकम्पीय जोखिमको डर अनि प्रतिकुल मौसमको ठाँउहरुको चुनौति पनि थियो, रेलहरु यस कुराहरुलाई ध्यानमा राखेर बनाइन जरुरी थियो । विश्वभरिका सबै ज्वालामुखीहरु मध्य १० प्रतिशत त केवल जापानमा मात्र छन् । यसै कुराहरुलाई ध्यानमा राख्दै जापानले सिनकासेन बनायो, यसको ५५ वर्ष भन्दा लामो इतिहासमा अहिलेसम्म एउटा पनि दुर्घटना या मृत्यूवरणको खबर छैन ।
यसको अर्को पुस्ताको रेल चाँही अल्फा एक्स हो जो प्रतिघण्टा ४०० किमीका दरले कुद्न सक्दछ, यसको स्पीड टेस्ट गरिरहेको जानकारी छ । अहिले अल्फा बजारमा आइसकेको छैन । पीस्टन असरबाट जोगाँउदै यी रेलहरुलाई चुच्चो नाकको स्वरुप दिइएको छ, यस रेलको आवाज भनें धेरै आउने गर्दछ तसर्थ जापानी शहरहरुमा सिनकासेन चल्दा शहरवासीहरुको गुनासो भनें आवाजसंग सम्बन्धीत हुन्छ । विश्वभरि सिनकासेनमा १० करोड मान्छेले यात्रा गरिसकेका छन् ।
लाइभमाण्डु
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
भारतीय राजदूतावास, काठमाडौंले मिति २०७९ चैत्र १० गते इण्डिया हाउस परिसरमा एक समारोहको आयोजना गरी ५८ औं भारतीय प्रविधिक तथा
भारतकी राष्ट्रपति श्रीमती द्रौपदी मुर्मु र राष्ट्रपति रामचन्द्र पौडेल बीच टेलिफोन संवाद भएको छ। हाल केरला भ्रमणमा रहनुभएकी भारतीय राष्ट्रपति
वीरगञ्ज र यस वरपरका क्षेत्रको आर्थिक विकासको लागि केही लेख्न मन लागेको छ। यस लेखमार्फत मैले लेख्न खोजेको वा भन्न
काठमाडौँ । चालु आर्थिक बर्षका लागि काठमाडौँ महानगरपालिकाले लिएको क्षेत्रगत नीति कार्यान्वयन समीक्षा गर्न प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले विभागीय