Lifestyle Portal
  •   १६ चैत्र २०७९, बिहीबार

कश्मिर र ईज्रेलमा समानता

१३ मंसिर २०७६, शुक्रबार ११:२०


कश्मिर तनावग्रस्त छ, केहि महिनाअघि कश्मिर मा सामान्य सुविधा सहित बन्चीत गरेर जनमानसलाई महिनौसम्म त्रासमा राखियो भनें अहिले कश्मिरमा केन्द्रिय सरकारले पैँचो तिरेको झैं शाषन ब्यबस्था आफ्नो तर्फवाट लागु गरिदिएको छ । धेरैजनाको आरोप छ, भारतको एउटा मात्र मुसलमान बाहुल्यताको प्रान्तमा भाजपा शाषित सरकारले सदैव सौतेनी ब्यवहार गरेको छ ।
अहिले भारतका न्यूयोर्कको लागि काउन्सलीट जनरल सन्दीप चक्रवर्तिको भिडियो भाइरल भएको छ, यसमा यिनले कश्मिरि हिन्दुहरु अर्थात पण्डितहरुलाई न्यू योर्कको एउटा कार्यक्रममा आमत्रण गरेका छन् । हामीले कश्मिरमा नयाँ मोडल लागु गरेर अब कश्मिरि पण्डितहरु त्यहाँ फिर्ता जान सक्ने वातावरण बनाँउन लागेका छौं, उन्को भिडियोमा स्पष्ट धार्मिक बिभेद र एकतर्फिय कुरा स्पष्ट छ ।
सन् १९८९ को दंगापछि कश्मिरबाट पण्डितहरु भागेका हुन् । सन्दीपले स्पष्टसंग भनेंका छन कि यदि मध्यपूर्वमा ईज्रेलले यो मोडल फलो गरेको छ भनें भारतले कश्मिरमा त्यही गर्दैछ । भारतको अहिलेको नेतृत्व कश्मिरि पण्डितहरुको स्थाहीत्व र न्यायका लागि केन्द्रित भएको भाव यिनको भिडियोमा छ ।
पण्डितहरुलाई अन्याय भएको हो तर सरकारको निर्णयमा बिभेद र एकतर्फीयता लगायत बदलाका भावना हुनु दुर्भाग्य भनी धेरैले कमेन्ट गरेका छन् ।
अमेरिकामा समाजशास्त्र पढाउने प्राध्यापिका मोना भानले उक्त भिडियो निकै हतोत्साही गर्ने खालको छ भनी टिप्पणी गरेकी छिन् । यस भिडियोले केवल पण्डितहरुको पूर्नवास र न्यायको मात्र पक्षमा कुरा गरेको हो, के भारतीय सरकारका लागि मुसलमान या अन्य समुदाय जो हिन्दु हैनन, उनीहरु नागरीक हैनन ?
भान आँफैपनि कश्मिरी पण्डित समुदायकी नै हुन तर यिनको बिचारमा बहुसख्यँक मुसलमान समुदायको आवाजलाई संस्थागत नगरिकन कश्मिरका शान्ती संभव छैन ।
ईज्रेललाई यता जियोनीस्ट भनी धर्मगत पहिचान र आक्षेप दिइरहेका प्यालेस्टाइनी र प्यालेस्टाइलीलाई आतंकवादी र जिहादी भनी नाम दिइरहेको इज्रेलको बिवादमा पनि धर्मकै कुरा अघि आएको छ । यता भारत र कश्मिरमा पनि सरकारी तवरबाटै धर्मको बिभेद आउनु राम्रो संकेत पक्कै हैन ।
कश्मिरि कल्चर भनेंर हिन्दु कल्चरलाई मात्र बढावा दिइनु र हिन्दु समुदायको पूर्नस्थापनामा मात्र सरकार केन्द्रित हुनुचाँही दुर्भाग्य हो भनी धेरैको तर्क छ ।

लाइभमाण्डु

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले वाग्मती सभ्यताको जगेर्ना गर्ने काम पहिलो प्राथमिकतामा हुनुपर्ने बताएका छन् । बुधबारबाट सुरु

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकारको आर्थिक सहयोगमा काठमाडौंस्थित मदन भण्डारी स्मृति कलेजका लागि निर्मित कलेज भवनको आज

काठमाडौं– सडकपेटी नै कब्जा गरेर सञ्चालन गरिएका वर्कसपलाई काठमाडौं महानगरपालिकाले कारबाही गरेको छ। बुधबार महानगरले बिजुली बजारको आर्क ब्रिजबाट देब्रेतर्फ

मिति २०७९।११।०१ गते अं.१६;५० बजेको समयमा काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं.१६ माछापोखरी चोक स्थितमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन,