सन् २०२२ को विश्वकप फुटवलबाट रुसलाई हटाइयो


टोक्योको सन् २०२० को ओलम्पीक्स र सन् २०२२ को विश्वकप फुटवलबाट रुसलाई हटाइएको छ । विश्व खेलमञ्चमा रुसका लागि यो सर्वाधिक ठूलो धक्का हो, रुस पहिल्यै देखि डोपीगं काण्डको विवादमा थियो । पछिल्लो पटक डोपीगं कमिटीका अनुसार रुसले आफ्ना खेलाडीको रिपोर्ट नै गायब गरेको, स्याम्पल नष्ट गरेको र अन्य बिभिन्न प्रमाण नष्ट गरेको आरोप लगाएको र यसका कारण रुसलाई विश्व मञ्चका खेलकुदहरुबाट हटाइदिएको छ ।

स्वीजरल्याण्डको लोसाने शहरमा विश्व एन्टी डोपिगं कमिटीको १२ सदस्यीय भेला भएको थियो, रुसले खेलाडीहरुको परीक्षण संस्थागत रुपमा नै झुठो बनाएको पाइएकाले यसो गर्नुपरेको बताइएको छ ।

रुसको झण्डा र राष्ट्रिय गानलाई रोक्दै गतवर्ष पनि हिँउदे ओलम्पीक्सका रुसका डोपींग टेस्टमा नेगेटिभ आएका एथलेट्सलाई तठस्त झण्डा मुनी दौडन र प्रतिस्पर्धा गर्न दिइएको थियो । रुसका एन्टी डोपिगं एजेन्सी प्रमुख यूरी गानुसले नै पनि रुसका डोप नगर्ने खेलाडीका लागि यो दुख्खद समाचार रहेको र अब यो निर्णय फिर्ता गर्न नसकिने बताएका छन् ।

खेलाडीहरुले खेलका समयमा राम्रो प्रदर्शन गर्न बिभिन्न स्टेरोइड्सहरु सेवन गरेर क्षमता बढाउने क्रियालाई सामान्यतया डोप भनिन्छ र यो स्वास्थ र खेल दुबैका लागि नराम्रो कुरा हो ।


Loading comments...