Lifestyle Portal
  •   ४ बैशाख २०७८, शनिबार
steve-jobs

“भोको रहनु । मुर्ख रहनु”

१० मंसिर २०७५, सोमबार १०:४८

तपाईँहरु बिचमा अाफुलाई यहाँ पाँउदा आज म अत्यन्त गौरांभित छु। संसारकै राम्रा मध्य एक बिश्वबिधालयबाट तपाँई उतिर्ण हुदैँ हुनुहुन्छ। म आफू चाहिँ कलेज कहिल्यै सक्काउन सकिन।  सत्य! कलेज ग्रयाजुएसनको यति नजिक आएको यो मेरो पहिलो पटक हो।

आज म तपाँईलाई मेरो जीवनको तीन वटा कथा सुनाउछुँ। मात्र यत्ति! कुनै ठुला ठुला कुराहरु होईन, मात्र तीन वटा कथा।

पहिलो कथा हो जीवनका थोप्लाहरु जोड्ने बारे ।

म रीड कलेजमा पढ्न थालेको ६ महिना भित्रै कलेज छोडेँ तर अर्को १८ महिना सम्म यत्तिकै त्यहाँ भित्रै हल्लिरहेँ जस पश्चात पुरै नै छोडेँ। प्रश्न रह्यो – मैले किन छोडे त?

यसको उत्तर म जन्मनु अगावै शुरु भएको थियो। मेरो जन्म दिने आमा एक कलिलो, अविवाहित कलेज पढेने  बिधार्थी थिईन त्यसैले उनले मलाई अरु कोहि अरुलाई नै गोध भर्न दिने निधो गरिन् । उनलाई म कलेजबाट उतिर्ण भएकाले नै पाल्नु पर्छ भन्ने थियो तसर्थ म पेटमा हुदैँ मलाई एक वकिल र उन्‌को श्रिमतीको हात सुम्पिने पक्का-पक्की भएको थियो।

तर जब म जन्मे ती वकिल दम्पतिले अन्तिम क्षणमा आएर उनीहरुलाई त छोरी चाहिएको थियो भनेर मलाई लिएनन्। एक मध्यरातमा कुरुवा लिस्टमा परेका मेरो अहिलेको आमा-बाबु लाई फोन आयो, “एउटा केटा बच्चा जन्मेको छ, तपाईँलाई चाहिन्छ? उनीहरुले उत्तर दिए, “अवश्य चाहिन्छ!”

पछि मलाई जन्म दिन आमाले थाहा पाईन् कि मेरो आमाले कलेज पासै गरेका थिएनन् भने अझ मेरो बाबुले त झनै स्कुलै पास गरेका रहेन छन् । त्यसैले उनले “अडप्सन पेपर”मा हस्ताक्षर गर्न मानिन। केहि महिना पछि जब मेरो आमा-बाबुले उन्‌लाई प्रतिज्ञा गरे कि मलाई जसरी भए पनि कलेज पढाउँछन् भनेर त्यसपछि मात्र उन्‌ले मलाई मेरो बाबु-अामालई सुम्पनेगरि हस्ताक्षर गर्न मानिन्।

१७ बर्ष पछि म कलेज गँए। तर दू:खको कुरा यो थियो कि मैले झण्डै स्टानफोर्ड जत्तिकै महँगो कलेज चुनेछु र मेरा मध्यमबर्गिय आमा-बाबुका सबै बचत मेरो कलेज खर्चमै जाने भो। कलेज गएको ६ महिना पछि मैले यसरी खर्च गर्नुको औचित्य नै देखिन । मलाई मेरो जीवानमा के गर्ने थाहै थिएन र कलेजबाट पनि यसको उत्तर पाउन सक्ने देखिन। अनि यता चाहिँ  फुजुलमा मैले मेरो आमा-बाबुको जिन्दगी भरको बचत खर्च खेर फालिराखेको थिएँ ।

त्यसैले मैले निधो गरे अब म कलेज जान्न, अन्त्यमा जे हुन्छ ठिकै हुन्छ भन्ने आशा बोकी। त्यतिबेलाको  त्यो मेरो कदम एकदम त्रासलाग्दो थियो तर अहिले हेर्दा शायद त्यो मेरो जीवनको सबभन्दा महत्वपूर्ण कदम थियो होला। जन दिन देखि मैले कलेज छोडे, त्यहि दिनदेखि मैले आफूले मन नलागेका कक्षामा जान छोडे अनि मन लागेकोमै जान थाले।

यो बेला त्यस्तो रोमान्चक चाहिँ थिएन है। मसँग सुत्ने ठाँऊ थिएन त्यसैले साथीहरुकै कोठामा भुँईमा सुत्थेँ। कोकोकोलाका खाली बोटल फर्काएर आउने पाँच-पाँच पैसा जोगाई आफ्नो पेट भर्थँ। अनि हरेक आईतबार साझँ ७ माईल (११ किलोमिटर) टाढा हरे-कृष्णको मन्दिर गएर सित्तैमा हफ्ताको एक चोटी टन्न हुने गरि खाना खान्थेँ। तर यहि जीवनमा म सन्तुष्ट थिए। र यस बेला जुन जुन अाफुलाई खुल्दुली हुने र मन लाग्ने कार्यहरु मैले सिकेँ,  त्यहि नै  पछि गएर मेरो लागि अमुल्य शिक्षा भएर निस्कयो।

रिड कलेज त्यस बखत शायद सबैभन्दा राम्रो केलिग्राफी (सु-लेखन) पढ्ने ठाँऊ थियो होला । यस कलेजमा हरेक पोस्टर, हरेक लेवल चिटिक्क तरिकाले क्यालिग्राफी द्वारा सज्जिएको हुन्थियो।

मैले कलेज छाडे पछि त्यहाँ कलेजमा लिनै पर्ने क्लासहरु लिनु नपर्ने भयो त्यसैले मैले क्यालिग्राफी सिक्नको लागि कक्षा लिने निधो गरेँ। यो कक्षामा मैले सेरिफ र स्यान सेरीफ टाईपफेस (अक्षरलिपि) र यसका बारे विविध कुराहरु सिकेँ। क्यालिग्राफी बिज्ञानले बुझ्न नसक्ने किसमको एक कलात्मक सृजना थियो र मलाई यसले धरै खुशी तुल्यायो।

यसरी सिकेका कुनै पनि कुराहरुले मलाई जीवनमा मद्दत गर्ला भन्ने मैले कुनै आश गरेको थिएन। तर दश बर्ष पछि जब हामीले म्याकिन्टोस कम्पुटर सृजना गरेका थियौँ तब यी सबै कराहरु फर्केर आए। हामीले त्यसबेला सिकेका ती सबै कुराहरुलाई म्याकमा अवतरण गर्यौँ। यो नै पहिले कम्प्युटर थियो जसमा राम्रा टाईपोग्राफी थियो (क्यालिग्राफीका कारण)।

यदि मैले त्यतिबेला त्यो क्लासमा नछिरेको भए, म्याकमा यस्ता भिन्न भिन्न टाईपफेसहरु वा फोन्टहरु हुने नै थिएनन्। अनि विनडोजले म्याकबाटै चोरेरे बनाको हुनाले, कुनै पनि साधारण कम्पुटरहरुमा यस्तो गजबको टाइपोग्राफी हुने नै थिएन होला। हो त्यो बेलाको बर्तमानमा यसरी जिन्दगीका महत्वपूर्ण थोप्लाहरु जोड्न असम्भव थियो होला तर दश बर्ष पछि फर्केर हेर्दा यो एकदम छर्लङ्‍‌ग सँग जोडिन्छन्।

फेरि पनि भन्छु कि अाफ्ना जीवनमा बर्तमानमा अघि बढ्दा बखत यस्ता महत्वपूर्ण थोप्लाहरु जोड्न गाह्रो हुन्छ। फर्केर हेर्दा मात्र यो जोड्न सकिदोँ रहेछ। त्यसैले तपाँईले बिश्वास गर्नुहोस् कि जसो गरि पनि तपाँईका जीवनका महत्वपूर्ण थोप्लाहरु एक-आपसमा जोडिन्छन् र एक-आपसमा काम लाग्छन् भन्ने विश्वास गर्नै पर्छ  चाहे त्यो कर्म भन्नुहोस् वा भाग्य वा जीवन वा भावना नै किन नहोस्। यो विश्वासले मलाई कहिल्यै धोका दिएको छैन बरु यसैले मेरो जीवनमा अपार परिवर्तन ल्याएको छ।

मेरो दोस्रो कथा हो माया र हारको।

म एकदमै भाग्यशाली थिएँ  – मैले धेरै चाडैँ नै मलाई जीवनमा गर्न मन लाग्ने कुरा गर्न पाएँ। म २० बर्षको हुँदा ‘वोज’ (साथी) र मैले मेरो आमा-बाबुको ग्यारेजमा याप्पल शुरु गर्न सक्यौँ ।  हामी एकदमै लगनका साथ काम गर्यौँ र १० बर्षमै  याप्पल हामी दुई बाट दुई अरब कमाउने चार हजार कामदार भएको कम्पनी बन्न पुग्यो। यति बेला म मात्र ३० बर्षको थिएँ र एक बर्ष अगाडि मात्र हामीले हाम्रो सर्वश्रेष्ठ सृजना – म्याकिन्टोस बनाएका थियौँ। अनि एक्काशी मलाई आफ्नो कम्पनीबाट निकालियो !

आफैले खोलेको कम्पनीबाट आफैलाई कसरी निकालिन्छ? करा के भने याप्पल ठुलो हुँदै जाँदा हामीले यत्रो कम्पनी चलाउन एक जनालाई हाएर गर्यौँ जो मलाई लागेको थियो कि हाम्रो कम्पनी चलाउन एकदमै कुशल सक्छन्। केहि समयपछि हामी दुई बीच कम्पनी कुन दिशामा लाने भन्ने बारेमा फरक मत हुन थाल्यो र हामी बीच सम्बन्ध चिस्सियो। कम्पनीका बोर्डले उसको साथ दिए र ३० बर्षमै मलाई निकाल्लियो त्यो पनि संसारले थाहा पाउने गरि। जुन काम मेरो जिन्दगीको केन्द्रबिन्दु थियो त्यो नै म बाट छिन्नियो। म एकदमै खिन्न भएँ।

त्यसको केहि महिना सम्म त अब के गर्न भन्ने मलाई थाहै भएन। सोचेँ कि यत्रो अवसर पाएर पनि सबै गुमाएर मैले गएको पुस्ताका नवीन उद्दमी अग्रजहरुकै बेईज्जत गरेँ कि। सुप्रसिद्ध उद्दमी डेभिड प्याकर्ड र बब नोईस सँग भेटेर माफी माग्ने पनि प्रयास गरेँ।

म सर्वहारा भएको थिएँ र म सिलकन भ्यालीबाट भाग्ने पनि सोच बनाएँ।  तर बिस्तारै मलाई अनुभुति भयो कि मलाई अझै पनि आफुले गरिरहेको काम गर्न मजा लाग्थ्यो भनेर। भरखरैको त्यो तितो घटनाले पनि यो भावनालाई बदल्न सकेको रहेनछ। मलाई आफ्नो कामबाट निकाल्लियो होला तर म अझै पनि आफ्नो कामलाई माया गर्थेँ। त्यसैले मैले फेरि नया शुरुवात गर्ने अठोट गरे।

त्यस बेला मैले अनुभूति गरिन तर एप्पलबाट निकालिनु मेरोलाई सर्वोत्तम भएको मान्दछु। जित्नुको ठुलो बोझलाई नया शुरु गर्दाको हुलोकोपनले ठाउँ लियो । यस घटनाले मेरो जीवनको सबैभन्दा श्रिजनशील घडीमा छिर्नको लागि मलाई मुक्ति दिलायो।

त्यसपछिको पाँच बर्षमा मैले नेक्स्ट भन्ने कम्पनी खोलेँ, ‘पिक्सार’ (कम्पनी) पनि खोलेँ अनि एउटा गज्जबको महिला सँग मायाँ बस्यो जो अहिले मेरो श्रीमती छिन्। पिक्सार दुनियाँकै पहिले कम्पुटर यनिमेशन फिल्म बनाउन पुग्यो “टोई-स्टोरी” र अहिले दुनियाँकै सबैभन्दा सफल एनिमेशन स्टुडियो बनेको छ। अचम्मको के भयो भने एप्पलले नेक्स्ट कम्पनी किन्यो, म एप्पल फर्के र नेक्स्टमा बनेको टेक्नोलोजी अहिले एप्पलको सफलताको मुटु बनेको छ। अहिले लौरियन र मेरो सुन्दर परिवार छ।

म विश्वस्त छु कि यो कुनै पनि कुरा हुने थिएन यदि म एप्पलबाट निष्काशन नभएको भए। यो एउटा टर्रो ओखती थियो तर यो बिरामीलाई यहि नै चाहिएको थियो। जीवनले कहिले काहिँ  तपाईँको टाउको बेस्मारी बजार्छ। तर हरेस नखानु। म विश्वस्त थिएँ कि मलाई जीउन केवल मरो काम प्रतिको आफ्नो माया र लगनले नै उर्जा दिए। जिन्दगीमा तपाँईले आफुलाई मन पर्ने काम-कुरो  जसरी भए नि खोज्नै पर्छ। यो  धुर्व सत्य तपाँईको काम देखि प्रेमसम्म लागु हुन्छ।

तपाँईको कामले तपाँईको जीवनको ठुलो हिस्सा लिनेछ । यदि आफुले गरेको काम एकदमै ठुलो काम हो भन्ने विश्वास बोक्नुहुन्छ भने एउटै कराले मात्र तपाँईलाई सन्तुष्टि दिन्छ। ठुलो काम गर्नको लागि आफुले गर्ने कामलाई माया गर्नै पर्छ। यदि यस्तो माया गर्ने काम  भेट्टाउनु भएको छैन भने – हार नमान्नुहोस् – खोजी राख्नुहोस् । मनको हरेक कुरा झैँ जब अाफुलाई मन पर्ने काम भेट्टाउनु हुन्छ तपाँईको मनले च्याट्टै थाहा पाईहाल्छ। अनि कुनै सुमधुर सम्बन्ध झैँ समय बढ्दै जादाँ यो माया पनि अझ गाढा बन्दै जान्छ। त्यसैले नभेट्टाए सम्म खोजी राख्नुहोस्। हार कहिल्यै नमान्नुहोस् है।

मेरो तेस्रो कथा छ मृत्युको।

“यदि हरेक दिन आफ्नो अन्तिम दिन हो”  सोची बाच्यौँ भने , कुनै न कुनै दिन यो अवश्य ठिक साबित हुन्छ”। १७ बर्ष हुदाँ पहिलो पटक पढेको यो वाक्यले मलाई धेरै नै असर पार्यो र बिगतका ३३ बर्षमा हरेक दिन म  ऐना हेर्दै आफुलाई सोध्छु , “यदि यो मेरो अन्तिम दिन हो भने के म आज गर्ने काम गरि रहन चाहन्छु त ?” यदि लगातार धेरै दिनसम्म “चाहँदिन” भन्ने जवाफ आयो भने, मैले केहि  न केहि त परिवर्तनको गर्नै पर्छ भन्ने थाहा हुन्छ अाफुलाई।

हामी चाडैँ मर्छौँ भन्ने बोध हुनु नै मेरो लागि सबैभन्दा महत्वपूर्ण साधान बनेको छ जसले मलाई जीवनमा आउने ठुला ठुला बिकल्पहरु चुन्न मद्दत गर्छ। किनकि प्राय जसो सबै कुरा – सबै बाह्रिय अपेक्षा, सबै अभिमान, सबै लाज वा हारका डर हरु मृत्युको अगाडि पग्लिएर हराँउछ र मात्र जीवनका महत्वपूर्ण त्तत्वहरु तपाँई सँग रहन्छ। ‘केहि कुरा गुमाईन्छ कि’ भन्ने डरमा फस्नबाट रोक्ने सर्वत्तम उपाय भनेकै अाफ्नो शिघ्र मरण हुन्छ भने बोध हुनु हो। हामी पहिले देखि नै नाँगो छौँ । हामीमा कुनै कारणै छैन आफ्नो हृदयले देखाएको बाटोमा नलाग्नको लागि।

करिब एक बर्ष अगाडि ममा क्यान्सर देखियो। बिहानको साढे सात तिर स्क्यान गरियो र त्यसमा प्रष्ट रुपमा पेनक्रियासमा ट्युमर भएको पत्तो लाग्यो। त्यति बेलासम्म पनि मलाई थाहा थिएन पेनक्रियास के हो भनेर। डाक्टरहरुले यो पक्कै पनि नबिशाउने खालको क्यान्सर हो भनेर र म ३ देखि ६ महिना भन्दा धेरै बाँच्न नसक्ने स्थिति छ भनि दिए। मेरो डक्टरले मलाई घर गाई बाँकी रहेका अाफ्ना घरका दायित्वहरु सबै पुरा गर्नु भने। यो भनेको, “आफ्नो सन्तानलाई दश बर्षमा भन्छु भन्ने कुराहरु केहि महिना भित्रै भन। घरका सबै समस्याहरु सल्टाएर मर्न तयार हुनु ताकि परिवारलाई सकेसम्म सजिलो होस भन्नु।” यो भनेको “अब परिवारबाट बिदा हुन तयार हुनु।”

पुरै दिन मेरो मन यसै कुरा रुमल्लियो। त्यहि साँझ मेरो बायोस्पी गरियो जसमा मेरो घाँटी भित्र एन्डोस्कोपी छिराएर पेट हुँदै, आन्द्रा पार गर्दै पेनकृयाजमा सियो घोँचेर मेरो ट्युमरबाट केहि सेल झिकियो। म त औषधीले बेहोस थिएँ तर मेरो श्रिमतीले भने अनुसार, जब डाक्टरहरुले त्यो सेलहरुलाई माईक्रोसकपको माध्यमबाट हेरे तब उनीहरु रुन थाले। म भित्र त एउटा दुर्लभ किसिमको क्यान्सर रहेछ जुन चाहिँ सर्जरीका माध्यमबाट निको पार्न सकिँदो रहेछ। मैले सर्जरी गरे र अहिले म ठिक छु ।

यो थियो मेरो अहिलेसम्मको मृत्युसंग सबै भन्दा नजिक रहेको घटना। आशा छ केहि दशकसम्म यो भन्दा नजिक म पग्दिन होला।पहिले पहिले मेरो अाफ्नो मरणको परिकल्पना गर्दा एक उपयोगी तर बौधिक सोचमा सिमित थियो तर अब चाहिँ मेरो अनुभवले मअझ बढि विश्वास का साथ भन्न सक्छु:

“हामी कोहि पनि पनि मर्न चाहन्नौँ ! जो स्वर्ग जान चाहन्छन् ति पनि त्यहाँ मरेरै पुग्न चाहँदैनन्। तर मृत्यु एउटै त्यस्तो गंतव्य हो जुन हामी सबैको एउटै हुन्छ। कोहि पनि यसबाट उम्कन सक्दैन र यसरी नै यो रहनु पर्छ किन कि शायद मृत्यु नै सबै भन्दा चमत्कारी अाविस्कार हो जीवनको।”

जीवनको शिक्षा यहि हो । यसले नयालाई ल्याउनको लागि पुरानोलाई फाल्छ। अहिले नया भनेको तपाँई हुनुहुन्छ तर कुनै दिन भविष्यमा तपाँई पनि बुढो हुनुहुन्छ र तपाईँलाई पनि फालिन्छ। माफ पाँऊ यस्तो रुखो भएकोमा तर यहि बास्तविकता हो।

तपाँईको समय सिमित छ त्यसैले अरुको जिन्दगी बाँची खेर नफाल। आफ्नो जिन्दगी अरुको सोचको परिणामबाट मात्र बाँच्ने जस्ता सिद्धान्तमा नफस। अरुहरुका सोचबाट तपाँईको भित्री आवाजलाई नदबाओस। सबैभन्दा महत्वपूर्ण कुरो आफ्नो अन्तरअात्मा र अन्तर्ज्ञानलाई विश्वास गरी निडर भई अघि बड्नुहोस्। तपाँईको अन्तरआत्मालाई पहिले नै थाहा हुन्छ तपाँई के बन्न चाहनुहुन्छ। यस अघि बाँकि सबै कुरा महत्वहिन हुन्।

म युवा छँदा एउटा पत्रिका थियो, नाम “द होल अर्थ क्याटालग” जुन मेरो पुस्ताको लागि बाईबल सरह मानिन्थियो।  स्टिवार्ट ब्रान्ड नामक एक जनाले यो सृजना गरेका थिए यहाँ भन्दा थोरै टाढा मात्र होला मेन्लो पार्कमा। एउटा कुशल कविले कविता सृजना गरे जस्तै यो कृतिलाई उनले बनाएका थिए।

यो करिब १९६० को दशकको अन्तिम तिरको कुरा हो। पर्सनल कम्पुटर र देस्कटप पब्लिसिँग भन्दा अगाडि को बेला भएकोले यो पत्रिका सबै टाईपराईटर, कैँची र पोलरोईड क्यामराले बनाईएको थियो। त्यो ३५ बर्ष अघिको बेलाको कागजे गुगल जस्तै थियो जुन् एकदमै आदर्शवादी सोच र औजारले सुसज्जित थियो।

स्टिवार्ट र उनका टिमले “द होल अर्थ क्याटालोग”को धेरै अंकहरु निकाले र जब यसको कार्यकाल पुरा भयो, उनीहरुले एक अन्तिम अंक निकाले। यो बेला १९७० को बिच तिर थियो र म तपाँईको उमेरको थिए। यस अन्तिम अंकको अन्तिम पान्नामा गाँउको बाटोमा खिचिएको एका बिहानीको एउटा फोटो थियो। त्यहाँ गएर हिँडी हालु हालु लाग्ने खालको यो तस्वीर थियो।

यस फोटोको तल लेखिएको थियो, “भोको रहनु। मुर्ख रहनु” । यो उनीहरुको बिदाई सन्देश थियो।  “भोको रहनु । मुर्ख रहनु” यहि कामना  म आफुलाई जहिले पनि गर्दछु र आज जब तपाँईहरु यहाँबाट उतिर्ण हुदैँ हुनुहुन्छ र नया जीवनको शुरुवात गर्न जादैँ हुनुहुन्छ, म पनि तपाईँलाई पनि यहि कामना गर्दछु।

“भोको रहनु। मुर्ख रहनु”

तपाँई सबैलाई धेरै धेरै धन्यवाद।

 

प्रतिक्रिया दिनुहोस !
Loading comments...
सम्बन्धित खबरहरु

काठमाडौँ- मुलुकभर स्थानीय र पश्चिमी वायुको प्रभावले आज पनि देशका पहाडी तथा केही तराईका भू-भागमा वर्षाको सम्भावना रहेको छ ।

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले आज सर्वदलीय बैठक डाकेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बिहान ११ बजेका लागि

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विशेषज्ञ चिकित्सहरुलाई निजी अभ्यास नगर्ने व्यवस्था कडाइका साथ लागू गर्न माताहतका निकायलाई पत्राचार गरेको

स्वीडेन । स्वीडेनमा कोरोना महामारीका कारण पुरुषहरु अस्पताल आउने क्रम कम भएसँगै शुक्रकीट अभाव भएको छ । महामारीको जोखिमका कारण