जाने हैन त बाग्लुङको सुन्तला महोत्सव ?


हिँउदका बिम्बहरुमा धेरै कुराहरु आँउदछन् हाम्रो मानसपटलमा यद्धपी सुन्तलाचाँही हिँउदको सर्वाधिक रसिलो एउटा बिम्ब अनि याद हो । बजारमा टलल टल्कीएको सुन्तलाका डोकाहरु, साना, ठूला, मझौला अनि रसिला सुन्तलाका प्रकारहरु ।

सुन्तलाको व्यवसाहीक खेती प्रवर्धन गर्ने हेतुले बाग्लुङ जिल्लाको बाग्लुङ नगरपालिका ८ सिगानामा यहि महिना पुषको ४ देखि ९ गतेसम्म सुन्तला महोत्सव आयोजना गरिने भएको छ । बाग्लुङ जिल्ला दुइवटा कुराहरुका लागि प्रख्यात छ जस्मा सुन्तला एउटा र झोलुङे पुल अर्को कुरा हो । बाग्लुङको सुन्तला महोत्सव जिल्ला भरिका सुन्तला किसानहरुलाई निम्तो दिइएको छ । बाग्लुङ जिल्लाले यहाँहरु सबैलाई सुन्तला महोत्सवमा हार्दिक निम्तो दिएको छ है ।

लाइभमाण्डु


Loading comments...