लक्ष्मी बिश्वकर्मा एक प्रेमकथा भाग :- १


Bbs 3rd yr पछि अब पढ्दिन भनेर म १ महिना घुम्नको लागि दिदिको घर जाने तयारी गर्न थाले,उतै बस्छु भनेर काठमाडौं गएको म, भुकम्पले फेरि झापा मा ल्याएको थियो । अब १ महिना घुमेर काम गर्न थाल्छु यै सोचेर म दिदिको घर गएको थिए उहाँको घर धनकुटा बाट हिले अनि हिले बाट पाखरिबास र त्यहाँ बाट करिब ४ घन्टा हिड्नु पर्ने रहेछ म दिदिको घर पुगे पहाड को नाम मा ईलामको चिया वारि मात्र गएको म आज धेरै खुसी थिए त्यहाँ मैले धेरै कुरा सिके कि कसरी काचो केराको घरी माटो मुनि गाड्दा पाक्छ , र बारुलाको चाका खादा यति मीठो हुन्छ अनि राती कुलो रुङ्दा कति मजा आउँछ भनेर तर त्यो मजा मेरो लागि धेरै दिन सम्म रहेन त्यो दिन हामि सबैले पौडी खेल्ने योजना बनायौ र बिहान खाना खाएर खोला तिर गयौ मलाई पौडी खेल्न नआउने भएकाले म किनारा मा डुल्न थाले म निकै पर पुगेछु एउटा ढुङ्गा मा बसेर पहाड हेर्न थाले म बसेको माथी एउटा ठुलो भिर थियो मलाई त्यहा अलिक माथी सम्म चढ्न मन लाग्यो र म चढ्न थाले अलिक माथी मात्र पुगेको थिए कि मैले त्यहाँ एउटा डायरि भेट्टाए जुन आदि माटोमा गाडिएको थियो त्यो डायरी भरी लेखिएको कारणले म तल झरेर त्यो पढ्न थाले ।

सुरुवात मा कसैको नाम थियो :-
म बुद्धि बहादुर बिश्वकर्मा ( सबैले बिश्वकर्मा भाइ भनेर बोलाउथे ) घर काफल-३ (पाखरिबास )
मेरो उमेर २४ बर्ष मेरो बा को नाम मान बहादुर बिश्वकर्मा मेरि आमा म ४ बर्षको हुँदा भिर बाट खसेर मरिन रे अनि गाउँ बाट करिब १ घन्टा हिडेपछी मेरि आमाको चिहान मा पुगिन्छ ! मेरि आमा लाई किन नजलाको बा ? भनेर सोध्दा मलाई जहिले तेरि आमाले मर्नेबेलामा मलाई गाड्नु भनेको थि भनेर मलाई जवाफ दिन्थे तर कोहि कोहि गाउँले हरुले पहिले को समाजले त्यो पछि हामी मरेर जल्ने ठाउँमा यो तल्लो जातिकी आईमाई जलाउन दिनुहुन्न फेरि पछि हामी पार तर्दैनौ भनेर जलाउन नदेको हो पनि भन्थे । तर मैले यो कुरा बिर्सेको २४ बर्ष भयो मतलब मलाई केही याद छैन अनि म बारम्बार यो कुराहरु सम्झाएर बा को निको भाको घाउ कोट्याउन चाहान्थे सोच्थे त्यो पहिलेको समाज अशिक्षित भएर त्यसो गरो भनेर तर म जति ठूलो हुँदै गए त्यति बुज्दै गएकी मेरो समाज अहिले पनि परिवर्तन भएको छैन यदि परिवर्तन भएको भए किन मैले राम्रो काम गर्दा स्याबास भनेर मेरो टाउको छोएनन परिवर्तन भएको भए किन पानी भर्दा आफ्नो पालो अन्तिम बनाएर पर बस्नु पर्थियो अनि किन मेरा बा ले बनाको औजार र सिलाको लुगा सुनपानी छर्केर मात्र प्रयोग गरिन्छ अनि किन मैले त्यो डाडा को मन्दिर भित्र को भगवान देखेको छैन यस्तै थुप्रै प्रश्न को उत्तर खोज्दाखोज्दै १० पास गरेको २ बर्ष बितेछ धेरै दुख गरेर मेरा बा ले १० सम्म त पढाए अब उच्च शिक्षा हासिल गर्ने असम्भव थियो अनि म बा लाई नै सघाउन थाले मेरा बा औजार नि बनाउथे र लुगा नि सिलाउथे खान पुगेको थियो । सुनपानी छर्केर प्रयोग गरे पनि मान्छे हाम्रा मै आउथे हो लुगा सिलाउन आउदा चाहिँ एउटा आफ्नै मान्छे लिएर आउनु पर्थियो किन कि नाप लिदा पनि हामिले ठुला भनौदाहरु लाई छुन मिल्दैन थियो । म बेला बेला बा लाई प्रश्न गर्थे, बा कहिले सम्म यसरी बस्नु ? तिमिले जवानी मा आवाज उठाएनौ ? अनि मेरा बा मलाई हेर्दै हासेर भन्थे , खै केटा कहिले ठूलो भैयो कहिले बूढो भैयो त थाहा छैन यो त भगवान ले बनाको नियम हो । अनि म मनमनै सोच्थे मेरा बा परिवर्तन संग हैन परिवर्तन हुदा भोग्ने चुनौति संग डराउछन होला । म पनि केही भन्दिन थे जे छ चलेकै छ क्यारे मेरो एउटा साथी पनि थियो हुन त गाउँमा धेरै केटा थिए तर बले म संग मिल्थियो बलराम घिमिरे बाहुन भए पनि हामी सार्है मिल्नेथिम सानै बाट हामी संगै पढेको स्कुल छुट्टै भएपछि बएर चोरेर खान्थिउ अलिक ठुलो भैयो अनि केरा चोर्न थाल्यौं अहिले केही नचोरे पनि गोठालो जादा म पनि बले संग बेला बेला जान्छु सुखदुःख का कुरा गर्यो बस्यो अनि खरायो भेटियो भने बनमा नै पोलेर खायो । सबै ठिक थियो उनी नआउन्जेल सम्म त्यो दिन म र बले पाखरिबास बाट आउदैथिम धागो र केही समान किनेर साझ पर्न लागेको ले हामी हतारमा थिम र पहिलोपटक त्यो माथ्लो चौतारी मा उनलाई देखे कति सेति अनि कति राम्री ! ओए बले हेर कति राम्री नानी !
साझ पर्न लाग्यो चुडेल होला चुप लागेर हिड !
तेरो बाउ चुडेल हो बौला खुट्टा हेर्न सिधा छ ।
( हामि नबोली उसको अगाडि बाट गयौ ! अलिक पर पुगेपछि उनले हामिलाई बोलाइन ! )
हेलो दाजु ! ( अनि कुद्दै हामी तिर आईन र भनिन् )
तपाईहरु का जान लाग्नु भाको ?
काफल गाउँ ? किन ?
म पनि ती हो संगै जुम न ल !
हुन्छ जुम !
क्रमशः भाग – २
सोहन लुइँटेल
#साईन्सले_प्रुभ_गरेको ।


Loading comments...