ओस्कार अवार्डको सर्वोत्कृष्ट विदेशी चलचित्रमा दक्षिण कोरियाली चलचित्र प्यारासाइट चयन


यस चलचित्रलाई यस वर्षको क्यान्समा पनि पाल्मे डि ओर अवार्ड दिइएको थियो भनें यस चलचित्र यसवर्षको ओस्कारको १ वटा चयन भएका सर्वोत्कृष्ट चलचित्रमा पनि परेको छ । अकाडेमी अफ मोसन पिक्चर आर्टस एण्ड साइन्सले अकाडमी अवार्डका लागि चयन गरेको १० सर्वोत्कृष्ट चलचित्रमा प्यारासाइट चयन भएको हो । बोगं जोन हो को चलचित्र प्यारासाइटका साथै यस वर्ष पेद्रो अलमोदवारस् नामक व्यक्तिको अटोवायोग्राफीरुपी चलचित्र पेन एण्ड ग्लोरी र र अर्को चलचित्र एटलान्टीक जुन सेनेगल जस्मा इतिहासका कालखण्डहरु र सेनेगलको इतिहास समावेश गरिएको छ ।

यसवर्ष एसियाली देशको चलचित्र प्यारासाइटलाई ओस्कारको निकट दावेदार मानिएको छ, यसका साथै चलचिलाई सर्वोत्कृष्ट निर्देशक र सर्वोत्कृष्ट संवादमा पनिचयन गरिएको छ । चलचित्रको अति चर्चित गीत एक ग्लास सोजु रक्सि अर्थात अ ग्लास अफ सोजु पनि सर्वोत्केष्ट ओर्जिनलगीत को क्याटेगोरीमा चयन गरिएको छ । यस वर्ष सेनेगलकी चलचित्र निर्देशक माटी डियोप पनि क्यानसमा अवार्डका लागि चयनमा परेकी पहिलो अफ्रिकन निर्देशक हुन् र उन्को चलचित्र एटलान्टीक पनि यसवर्ष ओस्कारको चलयनमा परेको छ ।

चेक रिपब्लीकको पेन्टेड वर्ड, ईस्टोनीयाको त्रुथ एण्ड जस्टीस, फ्रान्सको लेस मिसरेवल्स, हंगेरीको दोज हु रिमेन्स लगायत अन्य चलचित्रहरुलाई पनि वलियो दावेदारका रुपमा ओस्कारमा लिइएको छ । ९१ वटा विश्वभरिका उत्कृष्ट चलचित्रबाट टप १० छानिएको हो । फेब्रुअरी ९ मा अमेरिकाको लस एन्जल्समा ओस्कार आयोजना हुँदैछ ।

पछिल्ला वर्षहरुमा रगंभेदी आरोप लागेको ओस्कार सुस्तरि मोफसलका श्रृजनाका लागि उदार भएको पाइन्छ, हेरौं यसवर्ष ओस्कार अवार्डमा कसले बाजी मार्ने हो ?

लाइभमाण्डु


Loading comments...